बाढि पिडितको बिचल्ली हुँदा मधेशी नेता गुपचुप
यति खेर देश फेरि संकटमा परेको छ । अप्ठेरो झेलिरहेको छ । केहि दिनदेखि आएको बाढीले तराईका जिल्लामा धेरैको ज्यान गयो । हजारौं मानिस बिचल्लीमा छन् । अरबौंको सम्पत्ती नास भएको छ । मानिसहरु घरबार नभएर आपतमा छन् । तर जिन्दगीभर मधेशका, तराईका जनताको नाममा राजनिति गरेका मधेशी दलका नेता यहि बेला गुपचुप छन् । ति दुला पसेका छन् ।
महन्त ठाकुर, ह्रिदयश त्रिपाठी, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका मधेशी दलका नेता पटक पटक सरकारमा गए । अनेक पार्टी बदल्दैपनि ति कुर्सीमा पुगे । मन्त्रि बने । तलब थापे । भत्ता खाए । राष्ट्रिय ढुकुटी पचाए । मधेशी जनताको नाममा अनेक आन्दोलन गरे । तिनकै नाम बिकाएर अझैपनि नेता बनिरहेकै छन् । तर तराईमा आएको बाढिले हजारौं जनताको बिल्लिबाठ हुँदा ति कतै देखिएका छैनन् । कहाँ छन् ति ?
यतिखेर सारा नेपालीहरु एकजूट भएका छन् । राहत जुटाउन, उद्दार गर्न । जसले जे सक्छ, जति सक्छ आआफ्ना ठाउँबाट नेपालीहरु जुटेर दुखिहरुको सेवा गरिरहेका छन् । विश्वभरिबाट नेपालीहरुले राहत र सहयोगको हात फैलाईरहेका छन् । त्यति मात्रै होइन, छिमेकी मुलुकहरुलेपनि यो आपतका बेला सहयोगस्वरुप साथ दिएका छन् । तर आफ्नै क्षेत्रमा यतिबिघ्न आपत पर्दा मधेशी नेताको उपस्थिति खोइ ? के यिनलाई नेपालीको बिचल्ली हुँदा मन दुख्दैन ? नेपालीहरुको गाँस न बास भएर भौंतारिँदै हिँड्दा यिनलाई चासो हुन्न ? यि मधेशी नेताको स्वार्थ के हो ? यिनको रुप के हो ? कसकालागि राजनिति गरिरहेका छन् ?
बिचल्लीमा परेको बेलासमेत लुकेर बस्न सक्ने यस्ता स्वार्थी, बेदनाहिन, क्रुर मनका मधेशी नेताहरुले कसरि यो क्षेत्रका जनताका लागिगि राजनिति गर्न सक्छन् । तराईका जनताको लागि राजनिति गर्ने भन्ने यिनको ईमान र नैतिकता कहाँ रहन्छ ? कुनै दुलामा बसेर यिनले नेपालका बिरुद्द, तराईका जनता बिरुद्द षडयन्त्र बुनिरहेका छैनन् ? नेपालीहरु रोएको देख्दा कतै यिनले खुशियाली मनाईरहेका छैनन् ? यदि त्यसो होइन भने मधेशीहरुको पार्टी कहाँ छ यति बेला ? मधेशी दलका नेता कहाँ लुकेका छन् अहिले ? कि बाढी पिडितकालागि सहयोग र उद्दार गर्नपनि यि बिहार पुगेका छन्, त्यहाँका नेतासित परामर्श गर्न ?
(फोटो स्रोत- फेसबूक)





