जनयुद्ध पछिको रुकुम (स्थलगत)
–सागर घिमिरे, पाल्पा
बिगत दुई वर्षअगाडी सम्म रुकुम र रोल्पाको यात्राको बारेमा सहजतापूर्वक लिनु जो कसैको लागि पनि कठिन थियो । १० बर्षो जनयुद्ध थालेको रोल्पा र जनयुद्धलाई पालेको रुकुम नेपालको राजनैतिक परिवर्तनको विषयमा पछिल्लो पटक इतिहासको पानामा कोरिएका अग्रस्थानका जिल्ला हुन भन्दा फरक नपर्ला । २ वर्षअघिसम्म रुकुम र रोल्पाको नाम सुन्दा म स्वयं तर्सन्थे किनकि ससस्त्र द्धन्द्ध सारा नेपालीको लागि नौलो थियो । भयभित थियो । अझ सामान्य ब्यक्तिका लागि रुकुम रोल्पा आफैमा कहालि लाग्दो थियो । तर आज जब म रुकुमको यात्राको लागि निस्के म निकै खुसि छु किनकी ऐतिहासिक रुकुम र रोल्पाका ति स्थान स्वयम हेर्न पाउनु आफैमा गौरव हो । अझ त्यसको बारेमा बुझ्न र त्यहाँ गएर जनयुद्धमा लागेका ब्यक्तिहरु संग ति दिनहरुको बारेमा प्रत्यक्ष सुन्न पाउनु अझ ठुलो कुरा थियो ।
हाम्रो रुकुम यात्राको सुरुवाद थियो गुल्मी जिल्ला । चलचित्र निर्देशक मनोज पण्डित नेपाली युवा माझ चर्चित नाम हो । पछिल्लो पटक पण्डितले नेपालको इतिहास र वर्तमानमा भारतवाट मिचेका सिमाहरुको बारेमा निर्माण गर्नुभएको ग्रेटर नेपाल “सिमानाको खोजि” नामक वृतचित्रले नेपाल सरकारलाई समेत सिमाको बारेमा सोच्न बाध्य बनायो । डकुमेन्ट्रीले अझ चर्चा त्यतिबेला पायो जव भारतिय राजदुतावासको पहलमा नेपाल सरकारले त्यसको प्रदर्शनमा रोक लगायो । त्यो नेपाल सरकारको गैरजिम्मेबारपन थियो । राष्ट्रियता माथिको प्रहार थियो । त्यहि सिमा बचाउ अभियानका चर्चित अभियानकर्ता मनोज पण्डितसंग रुकुम रोल्पा जान पाउनु मेरो लागि पनि सौभाग्य थियो । पण्डित रुकुम रोल्पा जानुको मुख्य उद्देश्य जनयुद्ध पछिको गाऊको कथा खोज्नु थियो आफ्नो अर्को चलचित्रको लागि । त्यसमा साथ दिने मेरो पनि उद्देश्य बन्यो ।
यात्राको क्रममा हामि गुल्मीको चोरकाटे, शान्तिपुर अनि आपचौरवाट वामिटक्सार हुदै वाग्लुङ्गको बुर्तीभाङ जाने अनि पैदल ढोरपाटन हुदै रुकुमको मईकोट र हुकामकोट जाने योजना बनायौ । रुकुमको मईकोट नै रोज्नु हाम्रो लागि आवश्यक थियो किनकि १० वर्षे सशस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट । त्यहाँबाट मात्रै ४८ जनाले ज्यान दिएका थिए । त्यतिमात्रै होईन गएको वर्षसम्म जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बाषिर्क करिव ५ करोड नेकपा माओबादीलाई बुझाउथे । त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट । त्यहि अनुसार हाम्रो पैदलयात्रा सुरु भयो बुर्तीभाङबाट मईकोटको लागि ।
यो यात्रा हाम्रो लागि निकै कठिन थियो किनकि बुर्तीभाङबाट ढोरपाटनको लागि पुरै २ दिन हिडनुपर्ने थियो । र ढोरपाटनबाट रुकुमको मईकोटको लागि ५ दिन । हुनत स्थानिय बासिन्दाको लागि ढोरपाटनबाट रुकुमको यात्रा २ दिनको मात्र हो । तर बिचमा ठुलो लेक काटनु हाम्रो लागि कठिन थियो । त्यसैले हामिले रोज्यौ सजिलो तर लामो बाटो । तैपनि यो यात्रालाई हामिले अवसरको रुपमा लिएका थियौ ।
बाग्लुङ्गको बुर्तीभाङ, ढोरपाटन क्षेत्र र रुकुमेलीको लागि ब्यापारिक केन्द्र नै रहेछ । दैनिक हजारौ घोडा, खच्चर र गधाको आवत जावत हुन्छ । यहाँबाट रुकुम, रोल्पा, म्याग्दि र डोल्पाको केहि स्थान र ढोरपाटनको लागि । त्यहि खच्चरहरुको हिर्डाईको आवाज, खोलाको कलकल र गोरेटो बाटोको धुलो खादै, भिर पाखा पखेरा र हिमाल हेदै यात्रा गरि नै रहयौ । खोलाको किनारै किनारै जादा त्यो स्थान देखेर लोभ पनि लाग्यो किनकि ढोरपाटनबाट बुर्तीभाङसम्म रहेको त्यो खोलामा अहिले करिव ८ वटा स्थानमा बिजुलि निकाल्ने तयारी भैरहेको छ भने कत्ति स्थानमा त्यहाँका जनताले बिजुलि बालिसकेका छन् । १६ घण्टा लोडसेडिङ्गको मार खेपिरहेका हामिलाई २४ सै घण्टा बिजुलि बलेको देख्दा लोभ पनि नलागोस कसरी ?
पैदलयात्राको पहिलो रात बाटोमा पर्ने दोगाडी भन्ने स्थानमा एकजना माओवादी कार्यकर्ताको घरमा बास बस्न पुग्यौ । बर्साई पछि दोस्रो दिन ढोरपाटनको लागि हिडयौ । त्यो यात्रा रमाईलो थियो किनकि खच्चरमा सामान ओसार्ने रुकुम मईकोटकै मानिसहरुलाई भेट्टाएका थियौ । हामिसंग भएको भिडियो क्यामरा स्ट्याण्ड र झोला बोक्नु परेको थिएन । तिनै खच्चरलाई बोकाएर रित्तै हिडेका थियौ । खच्चर लिएर हिडेका सबैजना माओवादी जनसेना हुनुहुदो रहेछ । उहाँका बिगतका कथा सुन्दै हामि अघि बढदै थियौ । मेलै मनमा लागेका जिज्ञासा सोध्धै हुन्थे । मनोज दाई ति भनाईहरु क्यामरामा कैद गर्नमा ब्यस्त हुनुहुन्थ्यो । मैले सोध्धै थिए तपाईहरुले लर्डाईको क्रममा अर्थात आक्रमणको क्रममा सबैभन्दा बढि दुःख लागेको अर्थात हार खाएको र जितेको स्थान कुन हो ? उत्तर थियो “सबैभन्दा दुःख लागेको खारा आक्रमण जहाँ हामिले २ पटक सम्म हार खानु पर्यो । र जितेको अर्थात खुसि लागेको दाङ्ग आक्रमण जसबाट हामिले तत्कालिन दुस्मनका धेरै हातहतियार हात पार्न सफल भएका थियौ” । यिनै प्रश्नउत्तर संगै बेलुका करिव ६ बजे हामि ढोरपाटनको उत्तरगङगा पुग्यौ ।
वेलुका रात परीसकेको कारणले त्यो दिन ढोरपाटनको अवलोकल गर्न सकेनौ । साथै निकै जाडो र हिऊ जमेको कारणले पनि खुल्लामा बस्नु कठिनाई थियो । सुनेको थिए त्यो ठाउँपनि स्याउको लागि प्रसिद्ध छ । त्यसैले चिसो भएपनि स्याउ खाने इच्छा घरवेटि शकंर दाईलाई ब्यक्त गरे । तर जवाफबाट दुःख लाग्यो किनकि निकासी हुन छाडेपनि त्यहाँका किसानहरुले ब्यावसाहिक रुपमा स्याउ खेति गर्न छाडेछन् । र यो पटक पानी पनि नपरेको कारणले असम स्याउ फल्न सकेन । तै पनि दुई वटा स्याउ ख्वाएर भएपनि हाम्रो इच्छा पुरा भयो । अर्को दिन बिहान दोगाडीबाट हामि संगै आउनुभएका साथिहरु लेकको बाटो जान बिहानै लाग्नुभयो । तर हामि भने लेक चड्न नसक्ने ठानि लामो बाटो ततायौ रुकुमको तक्सेराको लागि ।
म नेपाली हु र नेपाली हुनुमा मलाई गर्व छ किनकी हाम्रो देश बिश्व सामु अहिलेसम्म नझुकेको लडाकुको देश । विश्वको सबैभन्दा ठुलो उचाईमा रहेको सगरमाथाको देश । शान्तिका अग्रदुत गौतमबुद्धको देश । वस यति नै लाग्छ म नेपाली हुनुमा गर्व गर्ने ठाउँ । तर जव म ढोरपाटन र त्यस क्षेत्र वरपरका स्थानमा पुगे तब मलाई लाग्यो म नेपाली हुनुमा गर्व गर्ने ठाउँ निकै फराकिलो छ र धेरै छ । ढोरपाटन वास्तवमै सुन्दर छ । डाडां माथिको फाट साच्चिकै हेर्नलायक छ । जिवनमा एकपटक यदि नेपाली हुनुमा तपाईलाई गर्व छ भने पुग्नु पर्ने ठाऊँ हो तपाई हाम्रो ढोरपाटन ।
तर वास्तवमै यो ठाउँमा जति सुन्दरता छ त्यो सुन्दरता भित्रको विकटता भयानक छ । मान्छेहरुमा जुन नम्रता र माया छ त्यो माया भित्रको गरिवी वास्तवमै डरलाग्दो छ । खच्चड र घोडाको सहाराबाट बाचेका यस क्षेत्रका बासिन्दाको स्थिती देख्दा हाम्रा देशका नेताहरुको भाषणमा झुट र भ्रमको खेति बाहेक केहि छैन जस्तो लाग्छ । ढोरपाटन, रुकुम र रोल्पाको बिकासको नाममा काठमाडौंको पाचँतारे होटलमा बसेर गोष्ठि र सभा गर्ने ति ब्यक्तिहरुलाई ६० रुपैया मानो मोटो चामल खाने यि ब्यक्तिहरुको पेटले के भन्दो हो ? सोच्नुपर्ने कुरा हो । यात्रा गर्नु अघि मेरो मनमा रहेका प्रश्नहरु थिए । नेपालको १० बर्षो ससस्त्र द्धन्द्धलाई उचाईमा पुर्याउने त्यो ठाउँको भौगोलिक स्थिती कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान ? त्यहि युद्धमा होमिने त्यस क्षेत्रका हजारौ युवा हाल के गर्दै होलान ? युद्धमा आफ्नो ज्यान दिएका ति ब्यक्तिका परिवार के गर्दे होलान ? जे प्राप्तिका लागि युद्धमा होमिए त्यो पाए होलान या छैनन् ? यी प्रश्न संगै मनमा अर्को पनि कुरा खेलिरहेको थियो वास्तवमै नेपालका ति स्थानहरु कति सुन्दर होलान या नहोलान ? संगै मनमा केहि प्रश्नहरुको उत्तर पनि खेलिरहन्थ्यो वास्तवमै त्यो स्थानमा अहिले विकासको लहर चल्नुपर्ने हो । खोला खोलामा बिद्युत निकाल्ने र्टवाईनहरु जडान भैरहेको हुनुपर्ने हो । ठाउँ ठाउँमा डोजर र ब्यक्तिहरुले मोटरबाटो खनिरहेको दृष्यहरु हुनसक्छ ? यि र यस्तै बिचार गर्दे जव हामि ढोरपाटन, रुकुमको तकसरा, मईकोट र हुक्कामको यात्राको क्रममा जे भोग्यौ तब सबै प्रश्नहरु र जिज्ञासाहरुमा निरासता छायो ।
बाटोमा थुप्रै जनयुद्धमा लागेका जनसेना र कार्यकर्तालाई भेट्यौ । तर धेरैको मनमा यतिबेला निरासता पायौ । रुकुम दमचनका बिष्णु यतिबेला सबैसंग प्रश्न गर्नुहुन्छ “हामिले यत्रो जनयुद्ध दियौ, जनयुद्धले खै हामिलाई के दियो ? ” बिष्णु जनयुद्धको बेला छाडेर गएको आफ्नो झुप्रो घर टाल्दै हुनुहुन्छ । जति जोगि आएपनि कानै चिरेका भनेझै अहिले बनेको आफ्नै सरकारबाट समेत बिष्णुलाई आस मरेको छ । १० वर्षो जनयुद्धमा लागेका हामिहरुको भावना बुझ्न नसक्नु दूर्भाग्य भएको बताउनुहुन्छ, सहर र सुविधाको भोग विलासितताले नेताहरुले जनयुद्धको भावना र उपलब्धि बिर्सेको उहाँको आरोप छ । यतिबेला वास्तवमै जनयुद्धमा लागेकाहरु पाखा लागेका छन् । मात्र जनयुद्ध पछि माओवादीमा लागेकाहरुले फाईदा र बदनाम गरेको भान भएको कुरा बिष्णु बताउनुहुन्छ ।
यस्तै उपल्लो सेर्राका जुद्ध बुढामगर को भनाई पनि उस्तै छ । बुढा मगर विगतमा जनयुद्धताकाका फोटा हेरेर कहिले काहि टोलाउनुहुन्छ र भन्नुहुन्छ – जनयुद्धका सहिदको सपना सपनामै सिमीत हुने त होईन ?
जुद्ध बुढा मगरको घरमा पुग्ने दिन उहाँको गाऊमा मानिसहरुको बैठक रहेछ । के को बारेमा बैठक भनि प्रश्न गर्दा जुद्धको जवाफ थियो -अहिलेको सरकारले गरेको निर्णय बिरुद्धको बैठक ! हामिलाई एकैछिन अचम्म लाग्यो । आफुले जनयुद्ध गरेर स्थापित गरेको सरकार त्यहि सरकारले गरेको निर्णयबिरुद्ध बैठक । उहाँले अझ थप्नुभयो -बिरोध स्वरुप सर्वप्रथम हाम्रो हस्ताक्षर अभियान चल्नेछ, त्यसपछि प्रशासन घेराऊ । त्यसबाट पनि हामिले भने अनुसार भएन भने ससक्त आन्दोलनमा उत्रने छौ । कुरा बुझ्दै जाँदार् इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धमा रहेछ । सरकारले एकतर्फी निर्णयबाट कोल भन्ने गाविसमा कार्यालय राख्ने निर्णय गरेको रहेछ । तर अन्य तकसेरा, मइकोट, हुक्काम लगाएतका बासिन्दाको माग तकसेरामा प्रसासन राखेमा सबैलाई पाई पर्ने भन्ने रहेछ । र दवाव पनि त्यसैको बिरुद्धमा रहेछ ।
कुकुर बिराला पनि माओवादी
यात्राको क्रममा ८ दिनको हिर्डाई पछि बल्ल हामी रुकुमको मइकोटमा पुग्यौ । निकै उचाईमा पर्ने मईकोट खोलाबाट उक्लन जति गाह्रो छ पुगेपछि त्यति नै रमाईलो पनि छ । मईकोट निस्कने क्रममा बाटोमा भारि बोकेर निस्कने थुप्रै मानिसहरुलाई भेट्यौ र सोध्यौ तपाईहरु माओवादी हो ? उहाँहरुले हास्दै जवाफ दिनुभयो “के कुरा गरेको यहाँका त मान्छे मात्रै होईन कुकुर बिराला पनि माओवादी हुन” । वास्तवमै हामिलाई पनि त्यस्तै लाग्यो धेरै युवाहरु जनसेनाको कम्ब्याक ड्रेसको पाईन्ट या र र्सटमा नै भेटिन्थे । जव रुकुममा पुगेर नेपाली दाईको होटलमा बस्यौ तव केहि खुसि लाग्यो । किनकी बिजुलि बाल्न पाईयो । क्यामराको ब्याटि्र चार्ज गर्न पाईयो । जनयुद्ध पछि केहि परिवर्तन आएछ भन्ने लाग्यो । त्यहाँ माओवादीका कमाण्डर दर्शनसंग भेट भयो । दर्शनसंग भेट हुनु मेरो लागि निकै खुसीको कुरा थियो किनकी मैले प्रत्यक्ष भोगेको र देखेको पाल्पा तानसेनको आक्रमणमा माओबादीको तर्फबाट आक्रमणका आएका रहेछन् दर्शन । दर्शन पनि अहिले घर बनाउने तरखरमा छन् । जनयुद्धमा लाग्दा भताभुङ्ग भएको घर जोडन लागी पर्नुभएको दर्शन पाल्पा आक्रमणको बारेमा कुरा गर्दा सफल आक्रमण हो भन्नुहुन्छ । तर पनि आफ्ना साथिहरु बढि भएकाले कत्तिलाई अन्जानमा आफ्नै साथिले गर्दा क्षति बेहोर्नु परेको उहाँको भनाई रहेको छ ।
१० वर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट । मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए । त्यतिमात्रै होईन गएको वर्षसम्म जिवनबुटि अर्थात यर्सागुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बाषिर्क करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट । जिवन बुटि अर्थात यर्सागुम्बा टिप्न जाने प्रति ब्यक्ति ५०० रुपैयाका दरले कर उठाउने गरिन्छ । एक बर्षा करिव १० हजार भन्दा बढि ब्यक्ति जिवन बुटि अर्थात यर्सागुम्बा टिप्न आउने गरेको मईकोटबासि बताउछन् । साथै त्यो उठेको रकम माओवादीलाई सहयोग मिल्थ्यो ।
तर अव मईकोटवासी यो वर्षबाट त्यो रकम मईकोटकै बिकासमा लगानी गर्ने वताउछन् । उनिहरुको भनाई छ – त्यत्रो आर्थिक सहयोग गरेको मईकोटबासिलाई आफ्नै सरकारले खै के दियो ? मईकोटका बिरमान विश्वकर्मा भन्छन्-अहिले सम्म त्यो रकम वास्तवमै गाऊमै लगानि गरेको भए मईकोट तपाई हामिले भन्ने गरेको पेरीस र स्विजरल्याण्ड पहिले नै बनिसक्थ्यो । तर पनि देशको परिवर्तनको लागि दिएको सहयोग आज ब्यर्थ जस्तो भएको छ ।
यसरि करिव १५ दिनको रुकुमको हाम्रो यात्रा निकै कठिन भयो । तर उपलब्धिमुलक भयो यात्रा । पछि सोच्न बाध्य बनायो बास्तवमै रुकुम र रोल्पामा सरकारले तत्काल केहि गर्न सक्नु आफैमा चुनौति छ भने तत्काल केहि गर्न नसक्नु माओवादीकै भविश्यको लागि चुनौती छ ।
(घिमिरे युथ एक्सन नेपाल, पाल्पाका कार्यक्रम संयोजक हुन्) ।