राम्रो काम गर्नेलाई भन्दा गूटलाई चित्त बुझाउन मन्त्रि

प्रधानमन्त्रि नियुक्त भएको करिब डेढ महिनापछि फेरि मन्त्रिपरिषद विस्तार भएको छ । सरकारमा सम्मिलित दलहरु भित्रभित्रै को को मन्त्रि बन्ने, कसका गूट समेट्ने भन्ने बिवादले लामो समयसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेन । हिजो बिस्तारित मन्त्रिपरिषदको संख्या २७ पुगेको छ । केहि थान राज्यमन्रि थपिएक छन् । के यति सानो मुलुकलाई यति ठूलो मन्त्रिपरिषदको आवश्यकता छ ? यो मन्त्रिपरिषद भौंजाहा, चाकरिबाज आफ्ना आसेपासेलाई खुशि तुल्याउन हो की देशलाई आवश्यक हो ?

‘नयाँ अनुहारलाई मौका दिनुपर्छ’ भन्दै मन्त्रिपरिषदमा नयाँ अनुहारहरु धेरैनै भित्रिएका छन् । तर के देश चलाउन, देशको विकास गर्न, जनताका वास्तबिक समस्या पहिचान गरेर तिनलाई सुधार्न नयाँ अनुहारले पुग्छ ? वास्तवमा नयाँ अनुहार भन्दापनि जनताको सेवा गर्ने कर्मठ इच्क्षाशक्ति भएको, ज्ञान सिप र नेत्रित्व, कार्यक्षमता भएको, दूरदर्शी नेता चाहिन्छ ।

मन्त्रिपरिषदमा कोको समाहित गर्ने भन्ने तर्कनै सहि छैन । नयाँ अनुहारलाई लैजाने भनिएको छ । बिगतमा असल काम गरेका, जनताको मन जितेका सक्षमहरुलाई लैजाने भनिएको छैन । नयाँ अनुहार लैजाने भनेर हरेक पार्टीले भागबण्डा लगाएका छन् । अर्थात् आफ्नो पार्टीमा पहिले जानेहरुलाई ‘तिम्रो भाग पुग्यो, अब नयाँ अनुहारलाई जान देउ र चाख्न, मन्त्रि बन्न देउ’ भनिएको छ ।

त्यसैले माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा संयुक्त सबैले मन्त्रि परिषदमा एक पटक मन्त्रि बन्ने मौका पाओस भन्दै नयाँ अनुहार पठाएका छन् । त्यो भनेको देशको विकास गरोस नगरोस मतलव भएन । तर पार्टीमा बिरोध र द्वन्द, असन्तुष्टि र बिद्रोह नहोस भन्ने योजनाले पात्रहरु छानेका छन् ।

देउवा सरकारमा नेपाली कांग्रेसका बिभिन्न गूटबाट मन्त्रिहरु छानिएका छन् । त्यो छनौट त्यहि गुटहरुलाई भागवण्डा गर्नकालागि हो । गुटहरुलाई भागबण्डा गर्नकालागि नहुँदो हो त सर्वाधिक रुचाइ एका र जनताका पक्षमा राम्रो काम गरेका पूर्व स्वास्थ्य मन्त्रि गगन थापा जस्ता पात्रहरुपनि पर्दाहुन् । बिगतमा गतिलो काम गरेका यस्ता पात्रहरुलाई जान नदिनुको कारणनै ‘तिम्रो पालो पुग्यो, अब अर्कोलाई पालोदिनुपर्छ मन्त्रि पद चाख्न’ भनिएको छ ।

गूट, नेता, आफ्नालाई चित्त बुझाउन, बिगतमा दिएको आश्वाशन पुरा गराउन होइन भने राज्यमन्त्रि नेपालको लागि आवश्यक छैन । मुख्य मन्त्रिहरुले काम गरेर नभ्याउने, नसकिने अवस्था वर्तमान नेपालको छैन । २७ जनाको मन्त्रिपरिषदनै अनावश्यक हो अहिलेकालागि । त्यसैले सिधा भन्नुपर्दा झन राज्यमन्त्रिको पद त भागबण्डा नपुगेरन् नमिलेर, गूटहरुको चित्त बुझाउनकोलागि स्रिजना गरिएको पद हो ।

हुन त यो मन्त्रिपरिषदका मुलीनै कलंकित पात्र भएकाले त्यस्तो त यसैपनि आशा गर्न सकिन्न समग्रमा । ग्रिहमन्त्रि जनार्दन शर्मा जस्ता केहि पात्र चामलमा कनिका भने झैं हुन् । प्रचण्डको प्रधानमन्त्रित्वकालमापनि यिनै शर्मा र स्वाश्थ्यमन्त्रि बनेका गगन थापाले जनताको मन जिते । त्यसबाहेक अन्य केहि थिए । अधिकांशको काम भत्ता पचाउने र कार्यकाल सिध्याउनेमै बित्यो ।

हुन त शेर बहादुर देउवाको कार्यकालमा देशको हितका बारेमा केनै सोच्न सकिन्छ र ?यिनको मुख्य कर्म भनेकै छिमेकीहरुसितको संवन्ध चिढ्याउने । एकलाई च्याप्ने र अर्कोलाई शत्रुता गाँस्ने हो । एकातिर लम्पसार पर्ने र अर्कोलाई चिढ्याउने हो । उनको बिगतपनि त्यहि थियो । प्रजातन्त्रलाई दरबारको पगरिमा लगेर गाँठोपारिदिने । देशलाई पत्रकारहरुको जेलघर बनाउने । पार्टी फुटाउने र ५७ जना सम्मको मन्त्रिपरिषद बनाउने । आफ्ना बिगतका कुकर्म हेर्दा देउवालाई लाग्दो हो, बिगतमा ५७ सदस्यिय मन्त्रिपरिषद बनाएको अहिले २७ त के हो र ? 

यि हुन विस्तारित मन्त्रिपरिषदका मन्त्रिहरु
१.गिरिराजमणि पोख्रेल- स्वास्थ्य
२. जितेन्द्र देव – पर्यटन तथा संस्कृती
३. गोपाल दहित – भुमिसुधार
४. मोहन बहादुर बस्नेत – सूचना तथा संचार
५. रामकृष्ण यादव – कृषि विकास
६. वीर बहादुर बलायर – भौतिक योजना
७. मीन बहादुर बिक – बाणिज्य
८. यज्ञ थापा – कानुन तथा न्याय
९. भिमसेन दास प्रधान – रक्षा
१०. राजेन्द्र के सी – युवा तथा खेलकुद
११. टेकबहादुर बस्नेत – सामान्य प्रशासन
१२. शिवकुमार मण्डल – आपूर्ति
१३. महेन्द्र बहादुर शाही – उर्जा
१४. आशा खनाल कोइराला – महिला बालबालिका तथा समाज कल्याण
१५. सन्त कुमार थारू – पशु पन्छी विकास
१६. मिथिला चौधरी – जनसंख्या तथा वातावरण
१७. अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
१८. महेन्द्र यादव – खानेपानी तथा सरसफाइ
१९. सन्जय गौतम – सिचाइ

तपाइँको प्रतिक्रिया