हार्नेलाई प्रधानमन्त्री, जित्नेलाई के ?

-ददि सापकोटा

 

 c16may09नेपाली जनता असाध्यै अभागि रहेछन् । हारेको बेला त हारे नै । तर जितेर पनि हार्ने रहेछन् । जनता अहिले फेरि एक पटक हार्दै छन् । जनता सँगै मुलुकले एक पटक फेरि हार्दै छ । नेपाली समाजले हार्दै छ । त्यो मात्रै होइन, प्रजातान्त्रिक मूल्य र मान्यतालेपनि हार्दै छ । जनताले जसलाई तिरस्कार गरे उसले विजय गर्दै छ । जनताको मतलाई लत्याइँदैछ । हारलाई जित सिद्द गरिँदै छ। जित्नेहरुको अपमान गरेर हार्नेहरुलाई बिजयको माला पहिर्‍याइँदैछ । हो नेपाली जनताले गत संबिधान सभाको निर्वाचनमा दुई ठाउँबाट तिरस्कार गरेका एमालेका नेता माधवकुमार नेपाल देशकै प्रधानमन्त्री हुने करिब पक्का जस्तै भएको छ । सभासदमै नपत्याइएका यिनलाई देशको सर्बोच्च पद सुम्पेर जनमतको अपमान गरिँदै छ ।

 

गत निर्वाचनमा नेपाललाई जनताले कतैबाटपनि रुचाएनन । जहाँ जहाँ जनपरिक्षामा सामेल भए त्यहाँ त्यहाँ तिरस्क्रित भए । उनको बिचार तिरस्क्रित भयो । उनको नीति असफल भयो । अघिल्लो निर्वाचनसम्म राष्ट्रको सबैभन्दा ठुलो दल बन्न सफल उनको पार्टी गत निर्वाचनमा तेस्रो दल हुन पुग्यो । त्यो उनको असफलता थियो । उनको नीतिले हावा खाएको प्रमाण थियो । पार्टी हाँकेकै ब्यक्ति दुई ठाउँबाट असफल हुनु त्यो भन्दा असफलता र तिरस्कारको अर्को प्रमाण के चाहिन्छ ? तर लाज नभएकाहरु, अलिकतिपनि नैतिकता नभएकाहरु, जनमतको कदर नगर्ने नांगाहरुलाई त्यस्ता कुराको हेक्का हुन्न । जनताको मतको विश्वास होइन बिदेशीको पाउ मोलेर सत्तामा जानेहरुलाई त्यस्को अर्थ हुन्न । जनताका घरमा होइन बिदेशीका आँगन गोप्य रुपमा चहारेर आशिर्वाद थाप्नेलाई सत्तामा पुग्न पाए हुन्छ । जनताबाट जो तिस्क्रित छ उसैले जनताको राजनिति गर्छु भन्दै हिँडेपछि जनमतको के भाउ ? के मूल्य ? कसैलाई नमिठो लग्न सक्छ । तर वास्तबिकता अहिलेको त्यहि हो ।

 

जनताले ठुलो लडाई, त्याग तपस्या र रगत बगाएर प्रजातान्त्रिक मूल्य र मान्यता चाहेका थिए । देशको वास्तबिक प्रतिनिधि जनपरिक्षाबाट निर्वाचित होस् भन्ने चाहेका थिए । आखिर जनपरिक्षामा अनुतिर्ण ब्यक्तिले जनताको वास्तबिक प्रतिनिधित्व गर्नपनि सक्दैन । जनताबाट तिमी हाम्रा लागि अनुपयुक्त छौ भन्दै मिल्काइएकाले जनमतको कदर गर्न पनि सक्दैन । तर लोकतन्त्र जब सिमित ब्यक्तिको पेवा बन्न थाल्छ, लोकतन्त्रको परिभाषा जब अत्याचारी, लुटेरा, बिदेशीका दलाल र जनबिरोधीको मागि खाने भाँडो बन्छ तब जनताको मतले त्यहाँ कुनै अर्थ राख्दैन । अहिले भएको त्यहि हो ।

 

जनताको मतको कदर नगर्ने हो भने आखिर देशमा किन हुनु पर्‍यो निर्वाचन ? किन छान्नु पर्‍यो प्रतिनिधि ? किन राख्नु पर्‍यो भोटका डिब्बा ? जनताले मत दिएका ब्यक्तिहरु जनताका वास्तबिक प्रतिनिधि हुन नपाउने, जनताले चाहेका ब्यक्तिले देशको नेत्रित्व गर्न नपाउने हो भने, प्रजातन्त्रमा जनताको मतको कदर नहुने हो भने के काम ?

 

निर्वाचनमा जित्छु भनेर सहभागि हुने । जनताले मलाई परिक्षा गरुन भनेर जाने होइन निर्वाचनमा उम्मेदवार हुनु भनेको ? असफल भएपछिपनि जित्न पाइने, पद ओगट्न पाइने भए किन जाने निर्वाचनमा ? के परिक्षा दिएर अनुतिर्ण भएको ब्यक्ति माथिल्लो कक्षमा उक्लिन पाउँछ ? उसले पुन परिक्षा दिनु पर्दैन ? हार्नेले त प्रधानमन्त्री पाउँछ भने जित्नेले झन बढि पाउनुपर्ने होइन ?

 

सभासदमा हार्ने नाथेले सम्पूर्ण देशनै कसरि चलाउने ? १० हजार जनताले नपत्याएका नालायकलाई दुई करोड ५० लाखले कसरि पत्याउने ? एउटा क्षेत्रको सभासद बन्ने हैसियतसम्म नभएकाको प्रधानमन्त्रीनै बन्ने हैसियत के ? एउटा चुनावी क्षेत्रका जनतालाई त विश्वासमा पार्न नसक्नेले समग्र देशभरिकै नागरिकलाई कसरिलिने विश्वासमा ? अनि दुई ठाउँबाट हारेकाले प्रधानमन्त्री पद सजिलै पाउने हो भने दुई ठाउँबाट जितेका देव गुरुङ, प्रचण्ड, उपेन्द्र यादव, शेर बहादुर देउवा लगायतका नेताले पाउने के ? के प्रजातन्त्र, लोकतन्त्र भनेको हार्नेका लागि हो ? हार्नेको हालिमुहाली र जित्नेको अपमान हुँदानै फस्टाउँछ प्रजातन्त्र ? (फोटो-नयाँ पत्रिका दैनिक) ।

 

संबन्धित ब्लग

 

ईतिहासकै नालायकलाई प्रधानमन्त्रीको प्रस्ताब

 

-वामपन्थि दबाउन एमाले हतियार

 

-शत्रुको शत्रु कहिलेसम्म मित्र होला र ?

 

-नेपालमा भारतीय मूलको प्रधानमन्त्री !

तपाइँको प्रतिक्रिया