कांग्रेसले लिनु पर्दैन यो हत्याको जिम्मेवारी ?

nepali-congress-party-flag-nepalplus.jpgराजतन्त्रको पिछलग्गु, खुंखार भ्रष्टाचारी, मन्डलेको नाईके र ज्यानमाराका रुपमा चिनिएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले हिजो दाङमा अनाहकमा झण्डै आधा दर्जन यूवाहरुको ज्यान लिए। चाहे ति जो सुकैका किन नहोउन ति नेपाल आमाका छोराहरु हुन। निर्वाचनको अनुगमनकालागि खटिएका। चाहे त्यो जुनसुकै पार्टीका किन नहोउन।   सधै राष्ट्रीय ढुकुटीको खोलो बगाएर उनले चुनावमा पैसा बाँड्थे। भाला, खुकुरी, हसिया, खुडा र बन्दुक उसको चुनाव का माध्यम थिए। नेपाली कांग्रेसले त्यसलाई मौन समर्थन गर्थ्यो। राजतन्त्र उसको शिउर थियो।  त्यसैको निर्देशनमा नाच्थे उनी। अहिलेपनि तिनै साधनको लर्को बोकेर गएका थिए दाङ। त्यसैगरि जितौंला भन्ने थियो उनलाई यसपटकपनि।  नेपाली जनताका सामु हजारौं पटक गन्हाएको त्यो लाछीलाई फेरि पनि प्रजातन्त्र भन्ने शब्द सम्मपनि आफ्नै पेवा ठान्ने नेपाली कांग्रेसले उम्मेदवार बनायो। फेरीपनि उ जिल्ला जिल्लाका मन्डले, गुण्डा र ज्यानमाराको समूह लिएर चुनावी बुथ कब्जा गर्न दाङ गएको बेला माओवादीका कार्यकर्ताले समाते। प्रहरीलाई बुझाउन खोजे। निर्वाचन आचार संहिता बिपरित बाहीरी जिल्लाका मण्डले र गुण्डाहरु पैसाको बिटो र हतियारको भारी बोकेर गएपछि त्यस्तालाई पक्रनु सोह्रै आना जायज थियो। पैसा र प्रशासनका बलमा सत्ता दुरुपयोग गरेको उसले आफ्नो कर्तुत खुल्ने भएपछि एकाएक गोली दाग्ने निर्देशन दियो। डन्डा बाहेक अरुको भाषा नबुझ्ने नेपालका प्रहरी न हुन। भकाभाक ज्यान लिए।   

जतिसुकै फूलबुट्टा भरेपनि सत्यलाई बांगो पार्न सकिन्न। प्रहरी तर्फ कसैको खुट्टो पनि नकोतरिनु तर माओवादीका भने झण्डै आधा दर्जन मारिनु र त्यसको दोब्बर घाईते हुनुले प्रहरी प्रशानको दुरुपयोग ठहर्छ। यसबाट नेपाली कांग्रेसले यो निर्वाचनमा कति दुरुपयोग गरेको छ सत्ता र शक्तिको भन्ने पनि प्रष्ट पार्छ। एकातिर अन्य दलका कार्यकर्ताले झण्डा बोकेको बिरोध गर्नु तर अर्कोतिर नेपाली कांग्रेसको उम्मेदवारले त्यत्रो प्रहरी प्रशासनको दुरुपयोग गर्न पाउनु। ग्रिह मन्त्री नेपाली कांग्रेसका। रक्षा र प्रधानमन्त्री उसैको। के ग्रिह मन्त्रीको निर्देशन बिपरित त्यो संभव छ ?

अहिले आफ्नो अपराध, कर्तुत, दादागिरी र सत्ता दुरुपयोगको ढाकछोप गर्न पूर्ण सुरक्षाका साथ उनी नेपालगञ्ज गएर बसेका रहेछन। र त्यहीबाटै निर्वाचन रद्द गर्नुपर्ने हाँस्यास्पद आव्हान गर्दै रहेछन यि भ्रष्टाचारी। चाहे जे होस यो हत्याको पछाडी सिंगो ग्रिह प्रशासनको सहयोग छ भन्ने कुरा छर्लङ्गै छ। त्यसैले यसको दोष खड्कामाथी मात्रै लगाएर नेपाली कांग्रेस र ग्रिह प्रशासन उम्कन पाउने ठाउँ छैन। यदि यस्तै घटना नेपाली कांग्रेसका कार्यकर्तामाथि भएको भए के हुने थियो?

उसले सत्ता, शक्ति र बिदेशीको आड लिएर उत्तेजित र आतंकित पार्ने थियो। कम्तिमा नेकपा माओवादी यो मामिलामा सुझबुझपूर्ण देखियो। नेकपा (माओवादी) का नेता बाबुराम भट्टराईले यो घटनाको बदला लिने तर अहिले नलिने भनेर सुझबुझ देखाए। यदी निर्वाचन आचार संहिताको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन भने, राज्य शक्ति र ग्रिह प्रशासनको दुरुपयोग भएको छैन भने, नेपाली कांग्रेस हत्या र हिंसामा विश्वास गर्दैन भने, गुण्डागर्दीका भरमा खड्कालाई चुनाव जित्न आशिर्वाद दिएको थिएन भने उसले खड्कालाई तुरुन्त समातेर कारवाही गरेर देखाउन सक्नुपर्छ। होइन भने यस्तो घटनाको जिम्मेवारी नेपाली कांग्रेस स्वयंले लिनु पर्छ।

तपाइँको प्रतिक्रिया