अस्ताउँदै गएको पहिचानको मुद्दा
-भिम छन्त्याल
अहिले दोस्रो स्थानीय तहको निर्वाचनसम्म आई पुग्दा सबैभन्दा कृयासिल बन्दै गएको लिम्बुवान मुद्दा अब झन कम्जोर बन्दै गइरहेको देखिन्छ । अहिले जतिपनि पुर्वी पहाडी जिल्लामा लिम्बुवान पार्टीलाई भोट नदिनेमा प्राय लिम्बूहरु नै छन् । जतिपनि यहाँ पहिचानको कुराहरु उठाउँछ्न ती प्राय हङकङ, लन्डन, बेलायत, युके, युरोप, अमेरिकातिर बसोबास गर्ने नेपालीहरुको जमातनै बढी देखिन्छ । तमुवान, मगरात, ताम्सालिङ, नेवा, थारुहट, खसान माग्नेहरुपनि अहिले गुमनाम जस्तै देखिन्छन् ।
त्यो किनभने हरेक निर्णय जनताको हातमा हुन्छन् । केही कोठे राजनीतिक दल खोलेर पहिचान प्राप्त गर्छु भन्नू चाहिँ मुर्खता नै हो । किनकी अहिलेको जनता अविवेकशिल छैन ।यो डिजिटल युग हो । जनताले सम्मान अधिकारहरु खोजेका छन् । पहिचान हैन । पहिचान भनेको हामी आफैले बनाउने हो । र कसैले पहिचान दिँदैमा पहिचान जिवित रहने कुरा पनि हैन ।
हाम्रो पहिचान भित्र हाम्रो धर्म संस्कार रिति रिवाजहरु हुन्छन् । त्यसलाई बचाउनको लागि हामी आफै सक्रिय हुनुपर्छ । आज हामी आफ्नो धर्म संस्कृति छाडेर बिदेशी धर्म संस्कृति तिर बढी आकर्षक भएको जगजाहेर नै छ । आज हाम्रो देशको हरेक ठूलो ठूलो चर्चहरुमा पापादरी हेर्ने हो भने प्राय बाहुन क्षेत्री देखिन्छन् । किनकी एनजिओ, आइ एजिओहरुले उनिहरुलाई मोटो रकम दिएर पालेर राखेको हुन्छन् ताकी हिन्दु धर्म भित्र भएको कुसंस्कारलाई भड्काउन सजिलो होस् । अनि हाम्रो जनजातीहरु तिनकै पछि भेडा भएर लाग्छन् ।
आज हामीले जति हिन्दु राष्ट्र माग्दा बिरोध गर्छौ त्यतिनै पहिचानको माग गर्दा बिरोध गर्यो भनेर किन ? चित्त दुखाउनु पर्ने कारण हरु छैन । किनकी हाम्रो देश बहु भाषिक बहुसंस्कृति बहुपहिचान भएको देश हो । २,४ जना बाहुन क्षेत्रीले हिन्दु राष्ट्र माग गर्दैमा हिन्दु राष्ट्र हुने हैन । २,४ जना पहिचानवादीहरुले पहिचानको माग गर्दैमा पहिचान प्राप्त गर्ने पनि हैन । किनकी यो जनतामा भर पर्ने कुरा हो । यो निर्णय भनेको ब्यालेटबाट छिनोफानो हुन्छ ।
आज हिन्दु राष्ट्रको मुद्दा बोकेर चुनाव लडेको कमल थापा अब आउँदो दुईवटा चुनाव सम्म लोप हुने पक्का पक्की जस्तै देखिन्छन् भने उता लिम्बुवानको हालत पनि त्यस्तै हुने निश्चित जस्तै देखिन्छ । किनकी त्यहाँ जनताको लागि हैन आफ्नै स्वार्थको लागि राजनीतिक गरेको देखिन्छ । अहिले ती पार्टीहरु फुटेर कति चिरा परेका छन् त्यो स्वयम् लिम्बुवानलाई नै थाहा होला । र त्यस्ता कोठे पार्टी हरुलाई जनताले पत्याउने कुरा पनि हुँदैन । त्यसैले तमाम पहिचानवादी राजनीतिक दलहरु क्षेत्रीय राजनीतिक छाडेर मुलधारको राजनीतिकमा आउनुपर्छ । र मुलधारकै राजनीतिबाट आफ्नो एजेन्डाहरु पेश गर्नुपर्छ । नत्र बाहुनले मात्रै प्रधानमन्त्री खायो, हामीले खान पाएन भन्नुको कुनै अर्थ छैन । किनकी देशको नेतृत्व गर्नको लागि राष्ट्रिय राजनीतिक दलको आवस्यकता पर्छ ।
क्षेत्रीय राजनीतिकले हुँदैन भन्ने कुरा आम पहिचानवादी नेता कार्यकर्ताहरुले बुझ्नुपर्छ । कुनै समयको चर्चित नेता अशोक राई एमालेको पार्टी अध्यक्षमा भिड्नु पर्ने मान्छे आज क्षेत्रीय राजनीतिमा सिमित छन् । २१ चोटि चुनाव हारेका रामचन्द्र पौडेल अझै हरेस खाएका छैनन् भने हाम्रो पहिचानवादी नेताहरुलाई देशको नेतृत्व तहमा पुग्नको लागि अझै १०० बर्ष नलाग्ला भन्न सकिन्न । त्यसैले बेलैमा बुद्धि पुर्याए कसो होला ।
(लेखकको फेसबूकबाट लिएर बहसकालागि राखिएको।)





