भूमिगत शैलीमा मन्त्रिपरिषद बैठक, मन्त्रिनै बेखबर

संकटकालिन अवस्थामा भूमिगत शैलीमा बैठकहरु बस्थे । राज्य बिरुद्द राजनितिक यात्रा गर्ने दलहरुले । नत्र राज्यले झ्याउँकुटी पारेर लैजान्थ्यो । हरेक राजनितिक निर्णयह्रु बन्द कोठामा, लुकेर सट्याकसुटुक गर्नुपर्थ्यो । अहिले त्यहि पारा निकालेको छ माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकारले । मन्त्रि परिषद बैठकनै भूमिगत शैलीमा गर्न लागेका छन् । मन्त्रि परिषदको बैठकबारे मन्त्रिहरुनै बेखबर हुन थालेको मन्त्रिलेनै हाकाहाकी बताउन थालेका छन् ।

मन्त्रिपरिषद बैठक हिजो बसेछ । मन्त्रि परिषदको बैठकमा के सबै मन्त्रिलाई खबर गरिनु, उपस्थित गराउनु पर्दैन ? तर जब सरकार निकम्मा सावित हुन्छ तब खबर गर्नुपर्दैन । देश र जनताकोलागि अहित गर्ने उद्देश्य बोकेकाहरुको जमात ठूलो भयो भने केहि गर्छु भन्नेहरु चेपुवामा, दमनमा पारिन्छन् । हिजोको मन्त्रि परिषद बैठकमा त्यहि भयो । स्वास्थ्य मन्त्रि गगन थापाले सुइँकोसम्म त पाए तर मन्त्रिपरिषद बैठकमा गएर होइन । पत्रिका पढेर । गगन थापा स्वयंले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्-

“मन्त्री परिषदले आज महानगरपालिका थप गरेको हो ?

उत्तर : मन्त्री परिषद बैठक बारे त जानकारी पाईएन निर्णय के थाहा !!”

किन खबर गरिएन गगन थापालाई ? कुरो स्थष्ठ छ । गगन थापा स्वास्थ मन्त्रि हुनु अघि घाटमा पुग्नै लाग्दापनि राज्यकोषबाट करोडौं लिएर बिदेशमा उपचार गर्न जाने, तलब र भत्ता दुबै लिने गर्थे मन्त्रिहरुले । राज्यको महत्वपूर्ण ओहदामा बस्ने अन्यले । जब उनी स्वास्थ्य मन्त्रि भए तब यो सबै रोक्न थाले । अन्तिम ढुकढुकी रहुन्जेलसम्म करोडौं करोड राज्य कोषबाट औषधी खर्च लिने, बिदेशका आलिशान अस्पत्तालमा उपचार गराउनेका बिरुद्द जम्मा १५ लाखभन्दा लिन नपाउने बनाइदिए उनले  । स्वदेशमा उपचार नहुने ग्यारेन्टि भएमात्रै चिकित्शकको सिफारिसमा बिदेश जान पाउने बनाइदिए ।  त्यहि १५ लाख लिनकालागिपनि ।

उनको यो निर्णय देशको हित सोच्नेकालागि जति प्रिय छ देशलाई भड्खालामा पारेर लुट्नेहरुकालागि उत्ति अप्रिय भैरहेको छ । उनले स्वास्थ्य क्षेत्रमा गरेका सुधारले जति स्यावासी पाइरहेको छ राज्य लुट्न नपाउनेहरुले उनलाई उत्तिनै धारेहात लगाइरहेका छन् । कांग्रेसका उपल्लो दर्जाका नेता र अन्य दलका राजकोष दोहोन गर्न चाहनेकालागि गगन थापा विष जस्तै बनेका छन् । जनताका पक्षमा राम्रो निर्णय गरेकाले हाकाहाकी थापाका बिरुद्द केहि गर्न नसकेका मात्रै हुन् । घाटमा लैजाने सिफारिसपनि नेपाली डाक्टरले लेखेर नहुने बिदेशकै अस्पतालबाट लेखिदिनुपर्नेहरु कम्ति मुर्मुरिएका छैनन् स्वास्थ्य मन्त्रिको निर्णयले । त्यसैले उनलाई सकेसम्म अबज्ञा गर्न खोजिन्छ । हिजो भएको मन्त्रिपरिषदको बैठकमा उनलाई जानकारि नदिनुको परिणामपनि त्यहि हो । राम्रो गर्छु भन्नेको हालत यस्तै हुन्छ ।

मन्त्रिपरिषदको बैठकले नगरपालिका थप गर्दा के त्यहाँको स्वास्थ्य अवस्था बुझ्नुपर्दैन ? थपिने नगपालिकाका जनतालाई स्वास्थय चौकी, चिकित्शक, अस्पत्तालको अवस्थाका बारेमा स्वाअस्थ्यमन्त्रिले जानकारि दिनुपर्दैन ? स्वास्थ सुबिधा पुर्‍याउन सकिने नसकिने, सके कसरि सकिने भन्ने जानकारि स्वास्थ्य मन्त्रीले दिनुपर्थेन ? यति महत्वपूर्ण क्षेत्र ओगटेका मन्त्रिलाईनै बिना सूचना मन्त्रिपरिषद बैठकले थप नगरपालिका स्रिजना गर्ने निर्णय गैह्र जिम्मेवार छ कि छैन ? स्वास्थ्यका क्षेत्रमा यो सरकारका अन्य मन्त्रिहरु कति जिम्मेवार छन् भन्ने यहिँबाट बुझिन्न र ?

तपाइँको प्रतिक्रिया