रेणु दहालको मनोबल गिराउँदै माओवादी कार्यकर्ता

माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार छ । निति, बिधान, आदर्श र पार्टीको मूल उद्देश्य (लिखित) कहिँ कतै मेल नखाने दुई पार्टीहरुबिच कुर्सीकालागि एक भए । चुनाव गराउन राजि भए । प्रधानमन्त्रीले आफ्नी पुत्री रेणु दहाललाई आफ्नो ग्रिह जिल्ला प्रमुख देख्न चाहे । उता शेर बहादुर देउवाले आफ्नो कुर्सी बलियो बनाउन चाहेकाले प्रधानमन्त्रीका सामु मेयरको पद त्यागिदिए । स्वभाविकै हो, प्रधानमन्त्रिकै पुत्रि उपमहनगरपालिकामा मेयर पदको उमेदवार भएपछि चर्चा धेरै बटुल्यो । राज्यशक्तिनै त्यहिँ लाग्यो । तर पुरै राज्यशक्ति लाग्दापनि सरकार सन्चालन गर्ने दललाईनै के पुगेन ? किन मतदान गणना स्थलमै गएर मतपत्र च्यातियो ?

भरतपुरमा भएको मत गणनामा अब धेरै लुकाउनुपर्ने केहि देखिन्न । किनभने सरकार नेपाली कांग्रेस र माओवादी केन्द्रको छ । निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित गराउने सरकारको काम हो । ग्रिहमन्त्रि विमलेन्द्र निधि नेपाली कांग्रेसकै हुन् । सुरक्षा दिने, मतपत्रलाई सुरक्षित राख्ने ग्रिह मन्त्रालय उनैको मातहतमा छ । उनैको सुरक्षा निकायका अधिकारीलेनै बास्तविकता बोलिसके । मतपत्र च्यातेकाे घटनाबारे चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले दुई जना माओवादी केन्द्रका द्रोण शिवाकोटी र मधु न्यौपाने हुन् भनेर किटान गरिसके ।

प्रधानमन्त्रीकि पुत्रि भएकालेपनि प्रत्यक्ष अप्रत्यक्ष  भरतपुरको निर्वाचनमा राज्य शक्ति पुरै लागेको थियो, रेणु दहालका पक्षमा । प्रधानमन्त्री स्वयं गएर निर्वाचनकालागि आव्हान गरे । मत मागे । सरकार सञ्चालन गर्ने मुख्य दलको पार्टी सभापति शेर बहादुर देउवा स्वयं गएर सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ता, स्थानिय नेता र पार्टी पंक्तिलाई निर्देशन दिए, रेणु दहालका पक्षमा मतदन गर्न । पार्टीको निति बिरुद्द जानेलाई कारवाहिको धम्किसम्म दिएका हुन् । यो निर्वाचन रेणु दलालले लडेको नभएर प्रधानमन्त्रि प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवा बिरुद्द एमाले उमेदवार देवी ज्ञवाली उत्रिएको जस्तो देखिएको हो । यति गर्दापनि सरकार सञ्चालन गर्ने दलकै कार्यकर्ताले मतपत्र च्यात्छन् भने के भने ? देशका अन्य ठाउँमा बिना धाँधली निर्वाचन भयो होला भनेर कसरि पत्याउने ?

अचम्म त के छ भने प्रतिपक्षी दलका तर्फबाट उमेदवर बनेका देवी ज्ञवाली र उनको पार्टीले यतिखेर भरतपुरमा पुन मतगणनाको माग गरिरहेको छ भने माकेले पुन मतदान । जुनबिन्दूसम्म मत गणना गरिएको थियो त्यो बिन्दूसम्म दुबै पक्ष सहमत थिए । अकस्मात मत पत्र च्यातेपछि फेरि मतदानको माग गर्नु कति उचित हुन्छ ? यसैगरि मतपत्र च्यात्दै जाने र पुन मतदानको माग गर्ने हो भने के संभव हुन्छ ? हार्ने अवस्था स्रिजना हुनासाथ वा पराजय भोग्नेहरुले मतपत्र च्यातेर पुन मतदानको माग गरेभने के त्यो संभव छ ?

उछ्रिङ्खल कार्यकर्ताहरु जुन पार्टीमापनि हुन सक्छन् । बुझेका, राजनितिक नैतिकता भएका र बुद्दिजिवीहरुले यतिखेर के गर्नुपर्ने हो ? माओवादी केन्द्र गंभिर हुन्थ्यो भने त्यस्ता कार्यकर्तालाई कारवाही गर्नुपर्ने हो । प्रमुख र तेसो पार्टीको तर्फबाट संयुक्त उमेदवार हुँदापनि किन मत कम आयो ? प्रधानमन्त्रि र प्रमुख दलका सबहपतिनै आफ्नो पक्षमा लाग्दापनि किन जनताले सोचे अनुरुप मत दिएनन् ? यसमा आत्मसमिक्षा गर्नुपर्ने हो । मतदानको क्रमलाई सहजताका साथ अगाडि बढाउन दिनुपर्ने हो । सर्वसम्मतिले पुन मत गणनापनि त गर्न सकिन्थ्यो । तर माओवादी केन्द्रका मेडिया र बुझक्किभन्नेहरुलेनै घटनालाई तोडमरोड गरिरहेका छन् । उनीहरुले जति आफ्नो गल्ति स्विकार गर्नुको साटो घटनालाई बंग्याउँदै लैजान्छन् उति उनीहरुलाईनै घाटा हुने हो । तर सत्ता र शक्तिको भरमा तिनको यो बुझेको देखिन्न ।

सनकका भरमा मतपत्र च्यात्दै जाने र जनता फेरि आएर मतदान गर्नुपर्ने किन ? जनताले दिएको मतको कदर नगर्ने, जनमतलाई अनादार गर्ने र पटकपटक जनता मतदानमा उत्रिनुपर्ने किन ? पार्टीका चटकेहरुले गरेको गल्तिको सजायँ जनतालाई किन दिने ?

माओवादी केन्द्रले भुलेको एउटा पक्ष के छ भने मतपत्र च्यातेर, हाट्ट र हुट्ट पारेर, तनाव स्रिजना गरेर रेणु दहाललेनै बिजय हासिल गरिन् भनेपनि उनको कद जनताका अगाडि उँचो हुने छैन । मतपत्र च्यातचुत पारेर बिजयी हाँसिल गरेपनि जनताले कसरि हेर्लान् ? पार्टीका चटकीहरु त लाखापाखा लाग्लान् । ब्यक्तिगत वा पार्टीकै हितकालागिपनि ति अाअफ्ना जिम्मेवारीमा फर्किन्छन् । तर जनतासित प्रत्यक्ष बसेर काम गर्नुपर्ने रेणु दहालले न हो । मत पत्र च्यातेर हात पारेको पदले कसरि जनताका अगाडि उभिएर काम गर्ने मानसिक बल दिन्छ ? यतिखेर माओवादी केन्द्रका कार्यकर्तानै उनको मनोबल गिराउन तल्लिन छन् । यो यथार्थता जति ढिलो बुझ्छन् उति घाटा माओवादी केन्द्रलाईनै हो ।

तपाइँको प्रतिक्रिया