भारतसितको समझदारि अनुसारनै राजिनामा : द हिन्दुस्तान टाईम्स

भारतबाट प्रकाशित हुने द हिन्दूस्तान टाईम्स दैनिकले प्रचण्डले किन राजिनामा दिए भनेर खबर छापेको छ। त्यसमा प्रचण्डले भारतकै इशारामा प्रचण्डले राजिनामा दिएको उल्लेख गरेको छ । शक्ति बाँडफाँडको आर्किटेक्ट भारत भएको र त्यहि अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मिलाएको हिन्दूस्तान टाईम्समा छ ।  द हिन्दुस्तान टाईम्सकालागि प्रशान्त झाले लेखेको समाचारमा त्यस्तो उल्लेख गरेको हो ।

द हिन्दुस्तान टाईम्सले प्रकाशित गरेको समाचारमा चिनले अघिल्लो सरकार भएका बेला केपी ओलीसितै रहेर ‘वामपन्थी एकताको’ सरकार बनाओस् भन्ने चाहेको तर भारतले भने ओलीलाई हटाउन चाहेकोपनि उल्लेख छ । भारतले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशीहरु सम्मिलित सरकार चाहेको थियो । ओलीलाई हटाउन चाहन्थ्यो । ओलीले भारतिय बिरोधी राष्ट्रवादलाई उरालेकोपनि पत्रिकामा उल्लेख छ । ओलीले अलगाववादी संविधान बनाउन खोजेको आरोपपनि लगाएको छ । कस्तो अलगाववादी संविधान हो भन्ने स्पष्ठ नलेखेपनि उसले मधेशमा अलग राज्यसरह माग गर्दै आएका मधेशी दलहरुको मागलाई संवोधन नगरि पेलेर संविधान बनाउन खोजेको भन्ने संकेत दिन खोजेको हुन सक्छ ।

प्रचण्ड भारततिर ढल्किएको र शक्तिको साझेदारीकालागि  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासित मिलेकोपनि द हिन्दुस्तान टाईम्सले आरोप लगाएको छ । शक्तिमा साझेदारी गर्ने त्यो सहमति कस्तो थियो त ? मधेशी दलहरुले उठाएका मागहरुलाई संवोधन हुनेगरि संविधान संशोधन गर्ने ।

मधेशीहरुले माग राखे अनुसार संविधान संसोधन गरेर अर्को चरणको निर्वाचन गर्ने सहमतिमा सरकारको नेत्रित्व गरेपनि संविधान संसोधन गरेर मधेशीका माग संवोधन नगरि नेत्रित्व छोडेकाले प्रचण्ड सफल नभएकोपनि द हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया