बेरोजगार युवाहरुलाई मोबाईलमा चुनाव
चुनावले युवाहरुलाई अनेक पार्टी, समूह, जात र वर्गमा बिभाजित गरेको छ । बेरोजगार युवाहरु कुनै न कुनै दलका झण्डा बोकेका छन् । तिनलाई चासो छ, चुनावमा के हुन्छ ? कहाँ के भैरहेको छ । कुन दलका उमेदवारको अवस्था के छ ? आफ्नो अपर्टीको कुन नेता कहाँ गयो ? के भाषण गर्छ ? रोजगारी भएको भए दलका चुनावी नारामा भुल्ने समय र चाख हुन्थेन । बेरोजगारभएपछि दिनभरि के गरेर बस्नु ? मोबाईलमा चुनावको गतिबिधि नियालेर दिन कटाउनु अहिले गाउँ गाउँमा युवाहरुको काम हो ।
गाउँमा ईन्टरनेटको सुबिधा छैन, शहरमा जस्तो। मोबाईल भने टोलटोलमा पुगेको छ । त्यहि मोबाईलमा डाट किन्यो, बिभिन्न वेभसाईट र फेसबूक लगायतका समाजिक सञ्जालमा चुअनवी चलपहल हेर्यो । निर्वाचनको गतिबिधि नियाल्यो । यहाँ राखिएका तस्विर गोरखाको धार्चे गाउँ पालिका अन्तर्गत वडा न ४ लाप्राक गाउँको हो । यहाँका युवा नेपाली काङ्ग्रेस पार्टीको चहलपहल हेरिरहेका छन् । यसरि मोबाईलमा चुनावी गतिबिधि हेर्ने युवाहरु देशभरि छन् ।
(फोटो- ठुले गुरुङ)






