राष्ट्रहितका लागि अत्यावश्यक परराष्ट्र र कुटनीति पाईला पाईलामा ध्वस्त पारिँदै

  • द्रोण प्रसाद लामिछाने

drona-prasad-lamichhane
बोआओ फोरममा प्रधानमन्त्रिले ‘नेपाल जस्तो भूपरिवेष्ठीत मुलुकले व्यापार तथा पारवहन अधिकार सहज हुनपर्यो’ भन्दै मन्तव्य दिन्छन् । व्यापार तथा पारवाहान संन्धि फ्रीज बनाएर राख्ने, प्रधानमन्त्रि बने लगतै चीनले ओविओआरको विषयमा नेपालको धारणा माग्दा महिनौ जबाफ नदिई चीनलाई चिढीयाउने सरकारको नेतृत्व आफै गरेको संझाईदिने कस्ले होला ?

रेल ल्याउनको लागी पैसा कहाँ छ भन्ने उनी आफै हुन् । चीनियाँ रेल ल्याएमा पयावरणीय नोक्सान हुन्छ भन्ने उनकै सरकारका प्रवक्ता हुन् । आधादर्जन पटक भारत भ्रमणमा गएका प्रराष्ट्रमन्त्रि कीन चीन नगएको भन्दा चीन गएमा वान बेल्ट वान रोडमा हस्ताक्षर गर्न भन्छ भन्ने । अशोजमै चीनियाँ राष्ट्रपति नेपाल आउन सक्ने अवस्थालाई बातावरण नबनाउने । चीनतर्फ कुनै संझौता गर्न नपरे हुन्थ्यो भनेर पिठीयु फर्काएर बस्ने गरिरहेका छन्।

राष्ट्रहित अनुकुल कुनै संझौता गर्नुनपर्ने अवस्थामा हाम्फालेर कुद्ने । तर भन्ने बेलामा प्रतिबद्ध छौं, संम्बेदनशिल छौं, चाहान्छौं भन्दै भाका लगाउँदै छन् । नौ महिने तमसुकको भाका सकिएपछि अब जति प्रतिबद्धता जनाएपनि भयो । भाका अनुसारको काम गर्नुपदैन् ।

चीनले बोलि र व्यवहारको तादम्यतालाई विश्वास गर्छ । १५ मिनेटको राष्ट्रपतिसँगको भेटमा दुईपक्षिय हितका कुनै गहन विषयमा छलफल हुनसक्ने देखिँदैन । राष्ट्रहित र राष्ट्रका लागि अत्यावश्यक परराष्ट्रनीति र कुटनीति पाईला पाईलामा ध्वस्त पारिँदै छ ।

(स्रोत- लामिछानेको फेसबूक)

तपाइँको प्रतिक्रिया