राजसंस्था पूनर्स्थापनाकालागि घुमाउरो कसरत
नेपाललाई हिन्दू राज्य घोषणका लागि आवाज उठिरहेको छ । केहिले हिन्दू राज्य घोषणा हुन्छपनि भन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका केहि दल त्यसमा लागिरहेकैपनि छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता बक्तब्य मार्फतबाट भएपनि बढेको छ । त्यसैले हिन्दू राज्य घोषणा गर्ने कसरत हल्ला मात्रै होइन । त्यसकालागि भित्रि कसरत जारि छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह पूर्खाको बिरासत भन्दै हिन्दू राष्ट्र घोषणाकालागि भित्रि रुपमा कसिएकै छन् । आफूले राजगद्दी त्यागेपछिका दिन निराशायुक्त, राष्ट्रियता र भौगोलिक अखण्डतामा संकट परेको उनैको बक्तब्यले स्पष्ठ पार्छ । सिधा राजसंस्था पूनर्स्थापना भन्नु भन्दा घुमाउरो पाराले हिन्दू राष्ट्र घोषणाकालागि उनले पहलकदमी गर्ने । हिन्दू राष्ट्र घोषणा भैसकेपछि हिन्दूहरुका एक मात्र राजा, विष्णुका अवतार भन्दै राजसंस्था पूनर्स्थापना गर्ने दाउमा पूर्व राजा, राजावादी र हिन्दू राष्ट्र घोषणाका पक्षपतीहरु छन् । सिधै राज संस्था पूनर्स्थापित गर्ने भन्ने माग लिएर जाँदा बिरोधको सामना बढि गर्नुपर्ने हुनाले घुमाउरो बाटो तिनले रोजेका छन् ।
उता धर्म निरपेक्ष राष्ट्रका पक्षमा उभिएको एमालेको अडानपनि बदलिएको हो की भन्ने छनक मिलेको छ । एमाले पार्टीले सिधै हिन्दू राज्यका पक्षमा वकालत नगरेर आफ्नो भात्रि संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघलाई अघि सारेको छ । संघका अध्यक्ष महेश बस्नेतले धर्म सापेक्ष वा निरपेक्षताका पक्षमापनि राष्ट्रिय जनमत संग्रह हुनुपर्छ भन्ने माग उठाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलेपनि यसलाई सार्वजनिक रुपमै उठाएका हुन् ।
विश्लेसकहरुका अनुसार यति खेर माओवादी केन्द्र र नेपाली कांग्रेस बाहेकका दलहरु भारतीय दबाब र पेलानका कारण भारतलाई पन्छाएर अगाडि बढ्ने मानसिकतामा छन् । एमाले सबैभन्दा अग्रणी देखिएकै छ, खुल्ला रुपमै । एमाले अध्यक्ष केपी ओली भारतको हेपाइ र पेलानका बिरुद्द खुल्ला रुपमै देखिएका छन् । सरकारमा माओवादीसितको गठबन्दन भारतले भाँडेर माओवादी केन्द्र र कांग्रेसलाई जोडिदिएकालेपनि एमाले भारतसित आजित बनेको छ ।
उता नेपाली सेनापनि अहिले सरकार सन्चालक दलहरुको भारत परस्त क्रियाकलापबाट खुशि छैन । सेनाले भरपर्दो आड खोजिरहेको विश्लेशकहरुको भनाइ छ । एमाले यसैपनि यतिखेर चिनसित निकट छ । पूर्व राजा ज्ञानेन्द्र भारतसितभन्दा चिनसितै निकट छन् । भारतकै आडले आफ्नो राजगद्दी च्युत भएको बुझाई ज्ञानेन्द्रको छ । भारत आफ्नो स्वार्थकालागि हरेक पार्टी, नेता र संस्थालाइ गुलाम बनाउने र प्रयोग गरिसकेपछि मिल्काउने गर्छ भन्ने उनलाई जानकारि हुनेनै भयो । माओवादी केन्द्र र कांग्रेसको भारतसितको अनावश्यक निकटता र चिनलाई बेवास्ता गर्ने नितिले चिनपनि ति दुई दलसित चिढिएको बेला छ ।
वर्षौं देखिको भारतको पेलान, हेपाइ र हस्तक्षेप सहेको एमाले माओवादी र नेपाली कांग्रेसको भारत परस्त निति भन्दा बरु राजसंस्था स्थापना भए होस् भन्ने बुझाईमा पुगेको धेरैको भनाई छ । यहि मेसोमा चिनले समर्थन र सहयोग गर्ने, नेपाली सेनाले साथ दिने र पूर्व राजा ज्ञानेन्द्रपनि सम्मानित राजसंस्थाका रुपमा बस्नेगरि सहमति हुनसक्ने अवस्था छ । यसकालागि भित्रिरुपमा ग्रिहकार्य भैरहेको छ । पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रपती बिध्यादेवी भण्डारीको छोरीको बिवाहमा निमन्त्रणा गर्नु । त्यसमा एमाले र राप्रपा नेताले भेटघाट गर्नु तर कांग्रेस र माओवादी केन्द्रका नेतासित भेटघाट नहुनुपनि त्यहि निकटताको रुपमा धेरैले हेरेका छन् । ज्ञानेन्द्रले जारि गरेका दुई बक्तब्यमा कांग्रेस र माओवादी केन्द्रका नेताले जसरि एमाले नेता आलोचनामा नौरिनुपनि त्यहि निकटताको रुपमा हेरिएको छ ।
भारतलेभने कुनैपनि हालतमा यस्तो समिकरण बन्न दिन्न । उसले जुनसुकै हतकण्डा अपनाउने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेपनि भारतमा हिन्दू धर्मका बिरोधीहरुलाई पेलानको निति लिएका छन् । भित्रभित्रै हिन्दू धर्मका बिरोधीहरुलाई ठेगान लगाउन ब्यापक रुपमा गुप्तचरहरु परिचालन गरिएको छ । नरेन्द्र मोदी हिन्दू राष्ट्रका पक्षमा देखिएकाले यता नेपाललाईपनि हिन्दू राष्ट्र घोषणा गर्ने पक्षमा सहयोग गर्न सक्छन् भन्ने विश्लेशकहरुपनि देखिएका छन् । तर बिगतमा पूर्व राजा ज्ञानेन्द्र चिनतिर बढि ढल्किएकाले भारतले विश्वाश गरिहाल्न गाह्रो भएको बुझाई धेरैको छ । परिस्थिति कता मोडिन्छ यसै भन्न सकिने अवस्था छैन । राजावादी, हिन्दूवादी, एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र चिनको आआफ्नै भित्रि कसरत जारि छ । तर कुनैपनि तरिकाले पूर्व राजा ज्ञानेन्द्रलाई फेरि राजगद्दिमा बसालेर राजतन्त्र फर्किन सक्ने सम्भावनापनि छ । नेपाली सेनाले सहयोग गरे त्यो सम्भावना अझ बढि छ ।





