भारतीय गुप्तचर ‘र’ को योजनामा साथ दिने तिन प्रमुख पार्टी

बिक्रम सुब्बा

bikram-subba

घोषणा मात्र हुन बाँकि छ । हरेक प्रधानमन्त्रिले दिल्ली जाँदै एक थोक एक थोक बेच्दै आएका छन् । यो उहिले राणा काल देखिनै चल्दै आएकोछ । भारतले आनाको २ लाखका दरले हिसाब गरेर लगानी गर्दै आएकोछ । मधेशीलाई पेल्दा पेल्दा अब नेपाल भित्र बस्नुभन्दा उतै मिले राम्रो भन्ने मनस्थितिमा पुर्‍याइसके । थारुलाई पेल्दा पेल्दा भारतमै मिले बरु कल्याण हुने रहेछ भन्ने मनस्थितिमा पुर्‍यादिईसके । लिम्बुले लिम्बुवानको कुरा गरेको यसरी पेले यसरी पेले यसरी पेले कि नेपाल त हाम्रो देश होईन रहेछ । बरु भारतले सिक्किममा स्कुलदेखि सिक्कि विश्वविद्यालयसम्म आफ्नो भाषा, साँस्कृति, दर्शन, साहित्य पढ्न लेख्न पाइन्छ । नेपालमा त केही केही केही पनि दिँदैनन् । त्यसैले लिम्बुवान पनि दिन्छ भने सिक्किमसँग मिल्दा बरु हाम्रो पहिचान कायम रहन्छ भन्ने मनस्थितिमा पुर्‍याइसके ।

कर्णालीका खसहरूलाई यसैपनि नेपाल सरकारले बेवास्ता गरेको र भारतले हरेक घरमा कम्तीमा एक जनालाई रोजगारी दिँदै आएको युगौँ बितसक्यो । उनको ईमान्दारिता (Loyalty) नेपाल सरकारप्रति रहने कुनै कारणै छैन । शेर्पाहरुलाई “भोटे” भनेर जुगजुगदेखि खस सरकारले हेप्दै आएको देखिएकै छ ।  मनांगेलाई पनि नेपालको खस सरकाले कहिल्यै नेपाली नागरिक ठानेन । उनीहरू बरु तिब्बततिर मिस्सिन पाए आफ्नै “वोन” धर्म त मान्न पाइन्छ भन्ने अवस्थापा पुगिसके ।

काठमाण्डु खाल्डोका नेवारहरुले नगरपालिकामा आफ्नो भाषा चलाउँन खोजेको सर्वोच्च अदालतले नै रोक लगायो । नेपाल बनेको नेवारहरुको होइन खसहरूको मात्र हो भनेर गहिरो संदेश गएकोछ । तामाङहरूलाई सेनाको “फिपा” बाहेक यो खस सरकारले केही रोजगारी दिँदैन । अब पहाडे खसहरूले मात्र शासन गर्ने अरु सँधै अपहेलित हुने । नेपालको सेकेण्ड क्लास नागरिक हुनु पर्ने भएपछि कसरी राष्ट्र बन्छ ? कुनै पनि सरकारी कार्यालयमा सेवा लिन गयो भने खस पहाडे बाहेक सबैलाई अनुहार हेरेरै बिभेद गर्न थाल्ने पाले हरु हरेक ढोकामा मात्र होइन चर्पीमा समेत बसेर आफ्नो मानिसलाई पहिले पालो दिन्छन् । नेपाल भनेको खस पहाडे बाहेकको निम्ती त सासै थुन्ने भयंकर जेल भएकोछ । यस्तो अवस्था सृजान गर्ने अनि राष्ट्रियताको गफ दिनेहरू नेता भएकाछन् ।

यसरी हेर्दा भारतको ‘र (RAW)’ ले सृजना गर्न चाहेको अवस्था सृजना गर्न यिनै पहाडे खसहरूले काम गरेका छन् । यिनले लिम्बुवान दिएनन् । थरुहट दिएनन । मगरात दिएनन् । तमुवान दिएनन । तर मधेश दिए । किन ? किनभने यी  ‘र (RAW)’ को ईसारमा चलिरहेछन् । यो देशलाई टुक्रा टुक्रा पारेर एक एक चोक्टा बनाएर (Dr Subramanian Swamy को डक्ट्रिन अनुसार – नेपाल र पाकिस्तानलाई निल्ने रणनिति) भारतमा बिलय गराउँने ‘र (RAW)’  को योजनामा साथ दिने अहिलेका १, २, ३ नं का पार्टीहरू नै हुन् । कांग्रेस त जन्मैदेखि भारतको दलाल हो, पछि आएर एमाले पनि १०० % कांग्रेसको पुच्छर भइसकेको जगजाहेरछ भने माओवादी पनि भारतले नै जन्माएर हुर्काएको बढाएको र उस्कै रिमोट बटनले चल्ने भनेर सबैले थाहा पाइसकेकै कुरा हो । नेपाललाई बेचेर पार्टीका मठाधीशहरूले महल खडा गर्ने भए र अहिलेका पार्टिहरू नेपालको ईतिहासमा देश बेचुवा पार्टीका रुपमा नाम अंकित गरेर अमर हुने भए । चेतना भया ।

(सुब्बाले फेसबूकमा राखेको कमेन्ट)

तपाइँको प्रतिक्रिया