युरोप आएरपनि कांग्रेसले कांग्रेसलाईनै यस्तरि पेल्ने ?

15492309_1386914564675179_1491007152801590912_nनेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको भात्रि संस्था । नेपालमा त दलहरुको जात्रा हुन्थ्यो । पेलानमा पर्थे नेता र कार्यकर्ता । बलियो गूटले कमजोरलाई बेस्सरि पेल्थ्यो । तर यता युरोप आएरपनि नेपाली कांग्रेसका कार्यकर्ता नराम्रोसित पेलानमा परेछन् । वार्षिक उत्सवमै पेलान गरिएछ । कार्यक्रम आयोजना गर्नेलाईनै पेलान दिएपछि बिज्ञप्ती जारी गरेरै कांग्रेसका कार्यकर्ताले दुख पोखेका छन् ।

नेपाली जन सम्पर्क समिति जर्मनीले आफ्नो १० औ वर्षको वार्षिक उत्सब जर्मनीको फ्र्यांकफर्टमा आयोजना गरेको थियो । त्यसमा सहभागि हुन विश्वभरिकै कांग्रेस कार्यकर्ता, भात्रि संगठनलाई निम्तो दिएको थियो । सहभागिहरुकोलागि  जन सम्पर्क समिति युरोपले कार्यक्रमको स्थल, रात्रिको होटलको व्यवस्था र ११ डिसेम्बरको डिनरको व्यवस्था गर्ने  सहमति भएको थियो । १२ डिसेम्बरको दिवभोज (लन्च) आयोजक राष्ट्र नेपाली जनसम्पर्क समिति जर्मनीलाई जिम्मेवारी दिएको थियो । अन्तिम अवस्थामा आएर जन संपर्क समिति युरोपले न त बस्ने होटेलको ब्यवस्था गर्‍यो । न खाने ब्यवस्थाको जिम्मेवारि लियो । जिम्मेवारीबाट युरो कांग्रेस हटेपछि रातारात अर्को ब्यवस्था गरेका थिए । सहमति अनुसार नेपाली जन सम्पर्क समिति जर्मनीले पूरा गरेको थियो । युरो कांग्रेसले ११ डिसेम्बरको रात्रि भोज नदिएपछि एन आर एका उपाध्यक्ष कुमार पन्तलाई गिहारेर स्पोन्सर गर्न लगाए ।होटेलमा बसेको भने ब्यक्ति पिच्छे आफैंले तिरे ।

नेपाली जनसम्पर्क समिति जर्मनी र नेपाली जन सम्पर्क समिति युरोप बिच ११ डिसेम्बरमा सबै जम्मा हुने, अनौपचारिक आपसी छलफल गर्ने र १२ डिसेम्बर १२ बजे देखि नेपाली जनसम्पर्क समिति जर्मनीको १० औ वर्षको वार्षिक उत्सब २ घन्टामा सकेर नेपाली जन सम्पर्क समिति युरोपको बन्द सत्रको कार्यक्रम गर्ने भद्र सहमति भएको थियो । तर पछि युरो कांग्रेस (नेपाली जन संपर्क समिति युरोप) ले पेलेर जबर्जस्ति कार्यक्रम गरिदियो । जनसंपर्क समिति जर्मनी हेरेको हेर्‍यै भयो । जनसंपर्क समिति जर्मनीले बिज्ञप्तीनै जारि गरेर त्यो दादागिरिको पर्दाफास गरेको छ ।

समितिको प्रेस बिज्ञप्तीका अनुसार त त्यहाँ भौतिक लडाइँ समेत भएको थियो । यस अघि नेपालप्लस डकमले जर्मनीमा भएको कांग्रेस भेलामा लडाई भएको खबर सम्प्रेषण गरेको थियो ।

जन संपर्क समिति जर्मनीकासभापती शिखर खड्काको नाममा जारि गरिएको बिज्ञप्तीमा त्यो भेलामा लडाई भएको पुष्टिनै गरिएको छ । उनले त्यस घटना प्रति खेद प्रकट गरेका छन् । दुवै पक्षबाट लागेका आरोप तथा प्रति आरोपको पुष्टि गर्न नेपाली जन सम्पर्क समिति युरोपका सभापतिलाई स्वतन्त्र जाचबुझ आयोग गठन गरेर घटना क्रमको जाच बुझ गरी सत्य तथ्य यथाशिघ्र नेपाली काँग्रेसको केंद्रीय कार्यालय,आयोजक राष्ट्र तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सार्वजनिक रूपमा जानकारी गराउन अनुरोध गरेका छन् । उनले दोषीलाई कार्बाहीको लागि पार्टी केंद्रीय कार्यालयमा सिफारिस गर्ने उल्लेख गरेका छन् ।

नेपाली जनसम्पर्क समिति युरोपले १२ डिसेम्बर बिहान नेपाली जनसम्पर्क समिति जर्मनीको कार्यक्रमको रुपरेखालाईनै धोति लगाइदिएछ । नेपाली जन सम्पर्क समिति जर्मनीको ब्यानरलाई अपमान गर्दै पेलेको भरमा हटाएर कार्यक्रम गरेछ । विधान परिमार्जन समितिमा हचुवाको भरमा नेपाली काँग्रेसको विधान विपरीत एकात्मकबादी र सत्ता लुप्त प्रबृतिबाट विधान बनाउन खोजिएछ । कार्यक्षमता, बरिष्ठता र अनुभव लाई मध्यनजर गरिएन । समानुपातिक एबम समाबेसीक तरिकापनि अपनाइ एन । निरङ्कुश तरिकाले समिति गठन गरेको भन्दै खड्काले आफ्नो बिज्ञप्तीमार्फत घोर आपत्ति जनाएका छन् । उनले पार्टीको भातृसंगठनले लोकतंत्रको धज्जी उडाएको, धेरै गूटौपगूड बनेको, राजनीतिक तथा सामजिक सद्भावको सह अस्तित्व समाप्तितिर पुगेको र नेपाली जनसम्पर्क समिति युरोपको आवश्यकता र महत्वलाई अस्तित्वको घेराबाट फुटको संघारमा पुर्‍याउने काम गरेको पनि उल्लेख छ ।

नेपाली जन सम्पर्क समिति युरोपले बृहत्त साधारण भेलामा मुख्य एजेण्डाहरू के हुन भन्ने गोप्य राखेको, यूरोप भरीको जनसम्पर्क समितिहरुलाई गुमराह बनाउने काम गरेको, १० वर्ष पछि आयोजना गरेको कार्यक्रकको रुपरेखानै तयार नपारेको, कार्यक्रमको फ्लोरबाट पास भएका विषय बस्तुलाई पूर्वाग्रही बनेर घोषणा पत्रमा उल्लेख पूर्वाग्रह राखेर प्रस्तुत नगर्नु, संस्था र पार्टी भन्दा व्यक्ति हावी भएकोपनि जोडतोडले बिज्ञप्तीमा उठाइएको छ ।

नेपाली जनसंपर्क समिति जर्मनीको प्रेस बिज्ञप्ती हेर्नुस्

आदरणीय अग्रज तथा साथीहरू

जय नेपाल!
नेपाली जन सम्पर्क समिति जर्मनीले आफ्नो १० औ वर्षको वार्षिक उत्सबको उपलक्ष्यमा ११ र १२ डिसेम्बर का दिन आयोजना गरेको कायक्रममा नेपाली काँग्रेसका केंद्रीय सदस्य आदरणीय नेता सुरेंद्र राज पाण्डेको प्रमुख आतिथ्यमा सफल सम्पन्न भएकोछ। नेपाली काँग्रेसका सभापति पार्टीका अविभावक आदरणीय नेता शेर बहादुर देउवाले कार्यक्रमको सफलताको लागी शुभकामना संदेश पत्र पठाएकोमा नेपाली जन सम्पर्क समिति जर्मनीले पार्टी सभापति ज्यु र प्रमुख अतिथि तथा केंद्रीय सदस्य ज्युलाई हार्दिक आभारका साथमा धन्यवाद ज्ञापन गर्दछ।

नेपाली जन सम्पर्क समिति जर्मनीले समितिका संस्थापक सभापति तथा बरिष्ट सल्लाहकार आदरणीय दिल बहादुर गुरुङ्ग,विशिष्ट सल्लाहकार पुष्प थापापूर्व सभापति शरण केसी,उषा शर्मा,निबर्तमान सभापति विजय मोक्तान, सल्लाहकार श्याम खनाल,निबर्तमान उपासभापति सुरेन्द्र प्रधान, निबर्तमान महामन्त्री टंक लम्साल, निबर्तमान महाधिवेशन प्रतिनिधि दया राम पौडेल, रमेश आर्यल लाई सम्मान पत्र सहित सम्मान गरिएकोले सम्मानित ब्यक्तीत्वहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ। समितिका सल्लाहकार सूर्य तिवारी, उपासभापति रीता दाहाल, बायर्न क्षेत्रीय समितिका सभापति कृष्णा शर्मा रिजाल,केंद्रीय सदस्य रामजीवी पन्त, नीमा अर्याल, लोकमणि ढकाल, नारायण अधिकारी, पबित्रा पौडेल, सानु गुरूंग,नेपाली जन सम्पर्क समिति जर्मनीका पंजीकृत तथा क्रियाशील सदस्य, महाधिवेशन सदस्य एवं प्रतिनिधि, उपस्थित महिला तथा सज्जन सम्पूर्णले कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा हार्दिक आभारका साथमा धन्यवाद ज्ञापन गर्दछ।

नेपाली जन सम्पर्क समिति जर्मनीको निमन्त्रणालाई स्वीकार गरी यस समारोहमा अतिथिको रूपमा सहभागी हुने बेल्जियम,लक्जमबर्ग ,नेदरल्यान्ड,पोर्तुगल, स्पेन, बेलायत, डेन्मार्क,स्विस,स्विडेन,नर्बे,फ्रान्स,लगायत का नेपाली जन सम्पर्क समितिका आदरणीय अध्यक्ष लगायत नेपाली काँग्रेस का महासमिती सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं जन सम्पर्क समितिमा आबद्ध सम्पूर्ण नेता ज्युहरुलाई नेपाली जन सम्पर्क समिति जर्मनीले हार्दिक आभारका साथमा धन्यवाद ज्ञापन गर्दछ।

नेपाली जन सम्पर्क समिति जर्मनीको निमन्त्रणालाई स्विकारी विशेष अतिथिको रूपमा उपस्थित एनआरएनएका उपाध्यक्ष कुमार पन्त, अथितिको रूपमा एनआरएनए जर्मनिका अध्यक्ष नवराज रोस्यरा, उपाध्यक्ष रण बहादुर साऊद , एनआरएनए इटालिका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठ, पोर्टुगलका अध्यक्ष भीमकमल केसी, प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, नेपाली प्रगतिशील मञ्चका अध्यक्ष सागर पोखरेल र सम्पूर्ण सङ्घ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरूलाई नेपाली जन सम्पर्क समिति जर्मनी हार्दिक आभारका साथमा धन्यवाद ज्ञापन गर्दछ। पत्रकार चिरन शर्मा, गुण राज शर्मा,ओम शर्मा र सम्पूर्ण मेडिया कर्मीहरुलाई नेपाली जन सम्पर्क समिति जर्मनी हार्दिक आभारका साथमा धन्यवाद ज्ञापन गर्दछ। विशेष धन्यवाद होटेल होक्सहोफ र नेपाली किचन फ्रांकफोर्टलाइ

कार्यक्रमको सफलताको लागी नेपाली काँग्रेस केंद्रीय कार्यालय,नेपाली जन सम्पर्क समितिहरू पोलैंड यूएई, क्यानडा, कोरिया,मकाउ,भारत,क़तार,अमेरिका,महासमिति सदस्य विश्व आदर्श पंडित, नेपाली दूताबस बर्लिन,जर्मनीको वाणिज्य दूत राम प्रताप थापा, एनआरएनए प्रमुख संरक्षक जीबा लामिछाने, अध्यक्ष डा. शेष घले, उपाध्यक्ष भवन भट्ट, यूरोप संयोजक कुल आचार्य, उपसंयोजक प्रेम गुरूंग, जानकी गुरुंग,योगेन क्षेत्री, नवराज शिवकोटी सबैले नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्ष वार्षिक उत्सबको शुभकामनाको सन्देश पठाएकोमा नेपाली जन सम्पर्क समिति जर्मनीले हार्दिक आभारको साथमा धन्यवाद ज्ञापन गर्दछ।

नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्षको वार्षिक उत्सब र जन सम्पर्क समिति युरोपको बृहत् साधारण भेला संयुक्त रूपमा आयोजना गरेकोमा कार्यक्रमको रुपरेखामा देखा परेका केही अन्तरविरोधका आक्रोषहरुलाई स्पष्ट गर्न धेरै साथीहरूको अनुरोध आए अनुसार आयोजक देशको नाताले सत्य तथ्य हामी दुई समितिहरू बिच भएका भद्र मौखिक सहमतिहरुलाई संक्षेपमा जानकारी गराउने जमर्को गर्दैछु।

नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वार्षिक उत्सव र नेपाली जन सम्पर्क समिति यूरोपको बृहत् साधारण मेला संयुक्त रूपमा आयोजना गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। फ्रांकफोर्ट सबैलाई आउन जान सजिलो पर्ने देखिएकोले कार्यक्रमको स्थान सुविधाको लागी फ्रांकफोर्ट नै तोकिएको हो जसनूसार जन सम्पर्क समिति युरोपले कार्यक्रमको स्थल, रात्रिको होटलको व्यवस्था र ११ डिसेम्बरको डिनरको व्यवस्था गर्ने भद्र सहमति भएको थियो। नेपाली जन सम्पर्क समिति जर्मनीले पत्राचार द्वारा नेपाली काँग्रेसको केंद्रीय कार्यालय तथा संसार भरी छरिएर रहेका सबै नेपाली जन सम्पर्क समितिहरू, सम्पूर्ण अतिथि, विशेष अतिथिहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी र १२ डिसेम्बरको दिवभोज (लन्च) आयोजक राष्ट्र नेपाली जन सम्पर्क समिति जर्मनीलाई जिम्मेवारी दिएको थियो। भद्र सहमतिलाई नेपाली जन सम्पर्क समिति जर्मनीले पूरा गरेकोमा गर्व महसुस भएकोछ। जस अनुरूप जन सम्पर्क समिति युरोप आफ्नो जिम्मेवारीबाट टाढा रहेर ११ डिसेम्बरको रात्रि भोज NRNA का उपाध्यक्ष कुमार पन्त ज्युबाट स्पोंसर गराईयो भने होटेल कोठाको इण्डिभिजुअली सहभागिहरुले चुक्ता गरेकाछन। डिनर स्पोन्सरको लागि कुमार पन्त ज्युलाई धन्यवाद।

नेपाली जन सम्पर्क समिति जर्मनी र नेपाली जन सम्पर्क समिति युरोपको बिच भद्र सहमति भए अनुसार ११ डिसेम्बरमा सबै जम्मा हुने, अनौपचारिक आपसी छलफल गर्ने र १२ डिसेम्बर १२ बजे देखि नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्षको वार्षिक उत्सब छिटै २ घन्टामा सके पछि नेपाली जन सम्पर्क समिति युरोपको बन्द सत्रको कार्यक्रम गर्ने भद्र सहमति भएको थियो तर त्येसो नभएर जन सम्पर्क समिति जर्मनीलाई बाइपास गरी नेपाली जन सम्पर्क समिति जर्मनीको सभापतिको उपस्थिति बिना बल जबस्ती ११ डिसेम्बरमा बेलुका ८ बजे देखिनै कार्यक्रम सुरुगरियो। बाईपास गरेको अवस्थालाई नेपाली जन सम्पर्क समिति जर्मनीले दुःखका खेद प्रकट गर्दछ।

नेपाली जन सम्पर्क जर्मनीमा आपसी सद्भाव र बीपिका आदर्शहरुलाई राजनीतिक चिंतन सिद्धान्त तथा समाजवादी दर्शनको अनुयायीहरुमा सधैँ मेलमिलाप कायम गरी अनुशरणीय, स्वच्छ प्रतिविम्बित छविलाई धमिलाउन गरेको दुस्प्रयासलाई नेपाली जन सम्पर्क जर्मनीले भर्त्सना गर्दछ। सामाजिक सञ्जाल र अनलाइन मेडियामा सार्वजनिक भएका समाचारले नेपाली जन सम्पर्क समिति जर्मनीको धनाकर्षण भएको छ। लोकतांत्रिक वैचारिक पार्टीको एउटै सङ्गठन एउटै राजनीतिक बिचार र सिद्धान्तले आबद्ध व्यक्तिहरूको बिचमा भएको भौतिक लडाइले पार्टी र सङ्गठनको वैचारिक धारणाको विकासलाई अलोकतान्त्रिक बनाएकोमा धेरै दुखित महसुस भएकोछ। सामाजिक सञ्जाल र डिजिटल मेडियामामा सम्प्रेषण भएका समाचारहरू ११ डिसेम्बर राती घेटको घटना प्रति खेद प्रकट गर्दै दुवै जना मान्यजनहरुमा लागेको आरोप तथा प्रति आरोपको पुष्टि गर्न नेपाली जन सम्पर्क समिति युरोपका सभापति ज्युले एउटा स्वतन्त्र जाचबुझ आयोग गठन गरी घटना क्रमको जाच बुझ गरी सत्य तथ्य यथाशिघ्र नेपाली काँग्रेसको केंद्रीय कार्यालय,आयोजक राष्ट्र तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सार्वजनिक रूपमा जानकारी गराउन हार्दिक अनुरोध गर्दछु। नेपाली जन सम्पर्क समिति जर्मनीको सामाजिक र राजनीतिक सद्भावको स्वच्छ छवि धमिलाउने र एकतालाई खलबलाउन खोज्ने दोषी जो कोही भए पनि नेपाली जन सम्पर्क समिति जर्मनीले कार्बाहीको लागि पार्टी केंद्रीय कार्यालयमा सिफारिस गर्नेछ।

नेपाली जन सम्पर्क समिति युरोपले १२ डिसेम्बर बिहान नेपाली जन सम्पर्क समिति जर्मनीको कार्यक्रम सेडुवललाई बेवास्ता गर्दै नेपाली जन सम्पर्क समिति जर्मनीको ब्यानरलाई अपमान हेपुवाको भरमा हटाएर कार्यक्रम गरियो। दुर्भाग्यवश विधान परिमार्जन समितिमा हचुवाको भरमा नेपाली काँग्रेसको विधान विपरीत एकात्मकबादीको सत्ता लुप्त प्रबृति जस्तै कार्यक्षमता,बरिष्ठता र अनुभव लाई मध्येनजर नगरी तथा समानुपातिक एबम समाबेसीक बिना निरङ्कुश तरिकाले समिति गठन गरेकोमा घोर आपत्ति छ । लोकतंत्रको ऐतिहासिक पृष्ठ भूमि बोकेको पार्टीको भातृसंगठनले लोकतंत्रको धज्जी उढाएकोमा नेपाली जन सम्पर्क समिति युरोपमा धेरै गुट तथा उपगुटहरुको हलचलले राजनीतिक तथा सामजिक सद्भावको सह अस्तित्व समाप्तिको साथमा नेपाली जन सम्पर्क समिति युरोपको आवश्यकता र महत्वलाई अस्तित्वको घेराबाट फुटको संघारमा पुराने कुलक्षणले सुरुवाद देखिएकोले दुःख मान्नु पर्दछ।

जन सम्पर्क समिति युरोपले बृहत्त साधारण भेला आयोजना गर्नु सकारात्मक पक्ष भए पनि भेला सुरु हुनु भन्दा पहिला मुख्य एजेण्डाहरू के हुन भन्ने गोप्य राख्नु अप्रजातांत्रिक भएको निष्कर्ष निस्कन्छ। यूरोप भरीको जन सम्पर्क समितिहरुलाई गुमराह बनाउने काम गरेकोछ। १० वर्ष पछि आयोजना गरेको कार्यक्रकको रुपरेखा नै छैन। कार्यक्रमको फ्लोरबाट पास भएका विषय बस्तुलाई घोषणा पत्रमा उल्लेख गर्न नसक्नु पूर्वाग्रही पनाले यूरो काँग्रेस जनलाई निराश बनाउने काम गरिएकोछ। संस्था र पार्टी भन्दा व्यक्ति हावीभएको व्यवहारले लोकतान्त्रिक मूल्य मान्यतालाई शून्य बनाएको देखियो। त्यस कारण बिपिका विचारहरू छायामा परेकाछन।

नेपाली जन सम्पर्क समिति युरोपले आफ्नो कार्यक्रम सकिए पछि छाडेको थोरै समयमा बाचेको थियो। नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्षको ऐतिहासिक उत्सवको कार्यक्रम तोकिएको समय भन्दा धेरै ढिला सुरु गर्न बाध्यता भएकोले कार्यक्रम हलमा खाली कुर्सीहरू धेरै देखिन्थिए। टाढाबाट जन सम्पर्क समिति जर्मनीको १० औ वर्षको वार्षिक उत्सव मनाउन आएका सहभागीहरू नसकी आ आफ्नो गन्तव्य स्थान तीर प्रस्थान भई सकेकाथिए। पहिलो पटक नेपाली जन सम्पर्क समिति जर्मनीको इतिहासमा यो अति दुःख लाग्दो क्षणको अनुभव भयो।

कार्यक्रम सकिए पछि तुरुन्त नेपाली जन सम्पर्क समिति युरोपले धन्यवाद ज्ञापन गर्दा आयोजक राष्ट्रको नाम उच्चाहरण गर्न पनि नसक्नु कति सम्म हेपाई र पेलाईमा नेपाली जन सम्पर्क समिति जर्मनी परेको रहिछौ । आफै मूल्याङ्कन गर्नसकिन्छ।
अन्त्यमा,
नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्ष उत्सवको उपलक्ष्यमा सहभागी नेपाली जन सम्पर्क युरोपका सम्पूर्ण पदाधिकारीहरुलाई नेपाली जन सम्पर्क समिति जर्मनी हार्दिक आभारको साथमा धन्यवाद ज्ञापन गर्दछ। आयोजक राष्ट्रको नाताले नेपाली जन सम्पर्क समिति जर्मनीको १० औ वर्ष उत्सवको उपलक्ष्यमा कार्यक्रममा भएका कमी कमजोरी प्रति हार्दिक क्षमा प्रार्थीछ । धन्यवाद ! जय नेपाल

शिखर खडका

सभापति, नेपाली जन सम्पर्क समिति,जर्मनी

बक्युम, जर्मनी

सम्पर्क +४९१५७३२७०६६५७

ईमेल [email protected]

तपाइँको प्रतिक्रिया