आप्रवाशीले पेपर पाउन अब फलाम चपाए जस्तो : पोर्चुगिज वकिल
एमानुयल प्यानो पोर्चुगलका कानुनबिद हुन् । उनले नेपाली त धेरै होइन तर धेरै अफ्रिकीहरुको पक्षमा कानुनी परामर्श दिएका छन् । अदालतमा आप्रवाशीकापक्षमा मुद्दा लडेका छन् । उनी आप्रवाशीका मामिलामा बनेका कानुनका ज्ञाता हुन् । उनले पोर्चुगिज सरकारले आप्रवाशीका लागि आवाशिय भिसा र कामगर्ने अनुमति (वर्किङ परमिट) मा कडाई गरेको बताए । भने ‘अब आप्रवाशीले पोर्चुगलमा पेपर पाउने भनेको फलाम चपाए जस्तै हो ।’
टेलिफोन सम्पर्कमा उनले नेपालप्लसलाई भने –
पोर्चुगलमा अबैधानिक रुपमा कामदार राख्ने कामलाईनै अब अपराधको रुपमा लिने निर्णय गरिएको छ । खेतीमा काम गर्न भन्दै अफ्रिका, एशियाबाट कामदार ल्याउने गरिन्थ्यो । तिनलाई नोकर जस्तो बनाएर, प्रशासनका आँखा, कार्यालयबाट निकै टाढा दास जस्तो बनाएर राखिन्छ भन्ने कुरो स्पष्ठ भयो । त्यसै गैह्र कानुनी तरिकाले कामदार ल्याएर नाफा कमाउने, मानव अधिकारको अनादार गर्नेहरु अहिले पोर्चुगि सरकारको सजायँ भोगिरहेको सत्य हो ।
बुझ्नुपर्ने मुख्य कुरो के हो भने अहिलेकै कानुनले गैह्र कानुनी रुपमा रहेका, बसेका कुनैपनि ब्यक्तिले पोर्चुगलमा आवाशिय परमिट भनुँका आवाशिय भिसा भनुँ त्यो नपाउने प्रावधान छ । यसको अर्थथ् पोर्चुगल आउनेहरु जो खेतीमा काम गर्छन् तिनलाई सिमित कमयको कन्ट्र्याक बनाएर ल्याएको हुन्छ र ति त्यो कन्ट्र्याक सक्किएपछि आफ्नो देश फिर्ता हुनुपर्छ । कम्पनीले लम्ब्याउन सक्छ तिनको भिसा अवधी । त्यसको अर्थ फेरिपनि तिनको समय सक्किएपछि फिर्ता जानुपर्छ ।
कम्पनीले पोर्चुगलका नागरिक पाइएन वा कुनैपनि युरोपिय मुलुकका मानिस आफूले मागेको पदमा काम गर्न पाइएन भनेर अर्को देशबाट कामदार ल्याउने हो । त्यस्तो अवस्थामा पोर्चुगि नागरिक र त्यसपछि अन्य युरोपेली देशका नागरिक नपाएको अवस्थामा यहाँ भिसा दिएर राख्न पाउने प्रावधान छ ।
पोर्चुगल आउने अधिकांश आप्रवाशीहरु ति अफ्रिकी मूलका होउन वा नेपाली, भारतीय, बंगलादेशी ति गैह्र कानुनी नै हुन् । किनकि ति अन्य देशमा बिध्यार्थी भिसा सकिएर, पर्यटकिय भिसा सकिएर वा शरणार्थी मुद्दा सक्किएपछि पोर्चुगल आ उने गरेका छन् । त्यसको बारेमा पोर्चुगिज प्रशासनलाई राम्रो जानकारि छ । तरपनि बिगतमा तिनलाई पासपोर्ट भएको र कर तिरेको आधारमा वा शरणार्थी बन्न योग्य देखेकोले आवाशिय भिसा र अनुमति दियो । अबको अवस्था त्यो छैन । हुन त पोर्चुगलको कानुन बदलिन सक्छ । त्यस्ता ब्यक्तिलाई भिसा दिन सक्ला । तर अहिलेको कानुनी अवस्था स्पष्ठ रुपमा के हो भने पोर्चुगल आइपुगेका कुनैपनि गैह कानुनी ब्यक्तिलाई पोर्चुगिज सरकारले आवाशिय भिसा दिने प्रावधान छैन। कानुनी केहि प्रवाधानलाई समातेर, कमजोरीहरुको बुँदामा टेकेर, कानुन ब्यवशायीको पहलमा धेरैले पेपर पाए । त्यो कमजोरी केहि हदसम्म रहन सक्छ । तर अब आप्रवाशीका मुद्दामा पोर्चुगलक अंुख्य दलहरु एकै ठाउँमा आ एका छन् । अब पोर्चुगललाई आप्रवाशीहरु चाहिएको छैन भन्नेमा मुख्य दलहरु एक मत भए र त्यसलाई मन्त्रि परिषदबाटै पास गरियो । यहि बिबाद रहेकाले गएको सेप्टेम्बरदेखिनै आप्रवाशीका अधिकांश फाईल पोर्चुगिज सरकारले रोकेर राखेको थियो । तिनलाई आवाशिय भिसा दिएको थिएन । अब ति फाईलवालाहरु मध्ये केहिलाई छानेर भिसा दिन सक्छ । तर अधिकांशलाई झुलाउने निति लेला । बिस्तारै तिनलाई भिसा दिँदैन ।
किनकि पोर्चुगलमा जागिर छैन । पोर्चुगलकै ४० हजार जति नागरिक सन् २००८ मा आर्थिक मन्दि शुरु भएदेखि ब्राजिल गए, कामको खोजिमा । आफ्ना नागरिक काम नपाएर अर्को देश जाने । आप्रवाशीहरुले धमाधम काम पाउने कसरि सत्य हुन सक्छ ? धेरैले भरेको कर नक्कली हो । पेपर पाउनैकालागि कर तिर्ने । पोर्चुगल नबसिकै कर तिर्ने । कि अर्को देशमा बसेर गैहकानुनी तरिकाले काम गर्ने । अनि अन्यत्र कमाएको पैसाले पोर्चुगलमा कर तिर्ने रकम पठाउने । वा तिनले पेपर पाउनैकालागि पेपर पाउने अवधिसम्मकालागि मात्रै कर तिर्ने गरेका छन् । त्यसपछि ति नागरिक पोर्चुगल छोडेर अन्यत्र देश जाने गरेका छन् । यसो गर्दा युरोपका अन्य मुलुकलाई बाधा परेको छ ।
यसका बारेमा जर्मनी, फ्रान्स, बेल्जियम, नर्वी, फिनल्याण्ड, स्विडेन सरकारले, त्यहाँको प्रशासन र प्रहरीले पोर्चुगल प्रशासनलाई बारम्बार ताकेता गरेको छ की तिम्रो देशका आप्रवाशीहरुलाई नियन्त्रण गर । तिम्रो देशमा अनियन्त्रित रुपमा आप्रवाशीले पेपर पाउँदा हामीलाई असर गर्यो, तिम्रो देशबाट हाम्रा देशतिर धेरै आप्रवाशी आए, आप्रवाशीको संख्या अनियन्त्रित भयो भनेर कम्प्लेन गरेको धेरै भैसक्यो । युरोपेली युनियनको एक सदस्य भएकाले पोर्चुगललेपनि ईयुका कानुन र निर्देशनलाई लयाउन मिल्दैन ।
शरणार्थीहरुका मामिलामा केहि लचिलो हुन सक्छ । किनकि अन्य देशमापनि त्यो प्रवधान छ । तर त्यसमापनि अब एकरुपता ल्याउँछ । पोर्चुगिज सरकारले केहि विशेष परिस्थिति र फाईल हेरेर, शरणार्थी बन्न योग्य र पोर्चुगलमा कामदार नपाउने अवस्थामा मात्रै अब आवाशिय भिसा दिनसक्ला । नत्र अहिलेको आप्रवाशीहरुको फ्लोलाई नियन्त्रण गर्छ । आप्रवाशीका पक्षमा मुद्दा लडिरहेका कानुन ब्यवशायीहरुलाई यो कुराको जानकारि दिईसकेको छ ।
(पोर्चुगलका नेपलाप्लसका सहयोगि मार्फत लिएको हो )




