नर्वेमापनि नेपाली कांग्रेसका गूटहरुबिच घम्साघम्सी, प्रशासनमा उजुरी
नेपाली जन संपर्क समितिको नाममा स्थानिय सामाजिक संस्थाको रुपमा दर्ता गर्ने । त्यसपछि नेपाली कांग्रेसको राजनिति गर्ने । नेपाली कांग्रेसको राजनितिपनि कांग्रेसका क्रिष्ण प्रसाद सिटौला, शेर बहादुर देवा वा रामचन्द्र पौडेलको गूट समातेर गर्ने । नेपाली कांग्रेसको नाममा बिबाद र घम्साघम्सी गर्ने क्रम बेल्जियम, पोर्चुगल, स्पेन र जर्मनी हुँदै अहिले नर्वे पुगेको छ । नर्वेमापनि नेपाली कांग्रेसका सदस्य हौं भन्नेहरुले बिबाद गर्ने, आफ्ना गूटका नेतालाइै अधिवेशनमा अतिथिका रुपमा निम्त्याउन मरिहत्ते गर्ने र आफ्नो अनुकुल नहुँदा घम्साघम्सीनै गरेपछि नर्वेको प्रशासनमा उजुरी परेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति नर्वेमा समेत त्यसको बैधानिकता र नेतृत्वको बिषयलाइ लिएर तीब्र बिबाद छताछुल्ल भएको छ । पोर्तुगाल हुँदै जीविकाका लागि नर्वे आइपुगेका केहि पदलोलुप कांग्रेस कार्यकर्ता र अध्ययनको शिलशिलामा ओस्लो आसपास रहेका कांग्रेसका शुभचिंतकहरु द्वारा २ बर्ष अघि गठन गरेको भनिएको नेपाली जनसंपर्क समिति नर्वे को दोस्रो अधिबेशन क्रिसमसको बिदा पारेर आगामी डिसेम्बर २४ मा हुने भनिएको छ । क्रिसमसको लामो र पट्यार लाग्ने छुट्टीको मौक़ा छोपी अधिबेशन गर्दा फुर्सदमा रहेका नेपालीको उपस्थितिले केन्द्रबाट आउने नेतालाइ प्रभावमा पार्न एकथरी लागि परेका छन भने अर्काथ्रि आफुलाई खाँटी,निष्ठावान र कांग्रेसको केन्द्रमा पहुँच राख्ने कांग्रेसी भन्न रुचाउनेहरु छन् । तिनले कांग्रेसको नाममा नर्वेमा पनि बेथिति,नीति एवम बिधिहीनता र लज्जास्पद कार्यहरु भईरहेकाले त्यो सच्चिनुपर्ने मागमा तीब्र बिबाद देखिएको छ । विवाद नसुल्झिएपछि स्थानीय प्रशासन गुहारेका छन । नाम बताउन नचाहने नर्वेस्थित एक कांग्रेस कार्यकर्ताका अनुसार पोर्तुगालको कागज़ बनाउँदै नर्वेमा अहिले अत्याधिक नेपालीको ओइरो लागेको छ । उनीहरुकै मत नर्वेको जूनसुकै नेपाली संघ संस्थामा निर्णायक बन्छ । तर कांग्रेसको बिधानले भने नेपाली कांग्रेसमा आस्था राख्ने नेपाली नागरिक जनसंपर्क समितिको सदस्य बन्न पाउने स्पष्ट ब्यबस्था छ ।
अर्को कुरा एक पक्षले संस्था दर्ता गरेर नर्वे ब्यापी सहभागितापछि मात्र गतिबिधिलाइ अघि बढाउने मागमा चरम बिबाद, गाली गलौच र घम्साघम्सी समेत भएपछि असंतुष्ट पक्षले स्थानीय प्रशासन गुहारेको बुझिएको छ । यसैगरी यो अबैधानिक संगठनमा मुश्किलले राजधानी ओस्लो आस पास बस्ने एक दर्जन कार्यकर्ता भएपनि आन्तरिक रुपमा कांग्रेसको गुटगत अभ्यास तीब्र भैरहेको छ । पोर्तुगाल हुँदै नर्वे आएका हालका जनसंपर्क समिति अध्यक्ष प्रबीन शाही देउवाको समर्थन गर्ने भएकाले उनले आफ्ना भाई जीतेन्द्र शाहीलाइ पद सुम्पिने लगभग पक्का जस्तै भए पछि पौडेल र सिटौला,खुम ब। पक्षले बिद्यार्थी नेता केशव पूरीलाई अघि सारेको छ । अधिबेशन हुने नहुने एकिन भई नसकेता पनि उम्मेदवारहरुको सक्रियता भने बढेको छ । निकट भविष्यमा हुने भनिएको अधिबेशनका लागि शाही पक्षले देउबा निकट गोपाल मान श्रेष्ठलाई निम्ता गरेको छ भने अर्को पक्षले युवा नेता प्रदीप पौडेललाइ निम्तो पठाएको बुझिएको छ ।
संभवत नर्वे सरकारलेपनि आर्काको देशको राजनितिक संगठन खोल्न दिँदैन । यसरि राजनितिका नाममा घम्साघम्सी गर्ने छुट भने नर्वेमा छैन । गैह्र कानुनी तरिकाले राजनितिक संगठन खोलेर मारपिट गर्न थालेपछि नर्वे प्रशासनले पक्कैपनि नेपालीहरुलाई छुट दिने छैन । झन स्थानिय प्रशासनमै उजुरी परेपछि नर्वेको प्रशासनले यस्ता घटनामा त्यत्तिकै छुट दिने अवस्थापनि देखिन्न ।





