कांग्रेसको युरोप भेलामा झण्डै कुटाकुट, रक्सीले मातेर तथानाम गाली
नेपाली कांग्रेसको भेलामा अलिअलि झगडा नभए त केहि न केहि नपुगे जस्तै हुन्छ । जाँडपानी को मज्जा लिएपछि मुख छोडेर गाली गलौज नहुने भनेको त झन दूर्लभनै भैहाल्यो । सोमबार जर्मनीको फ्र्यांकफोर्टमा भएको भेलामापनि राति जाँड खाएर अपशब्दहरु बोल्दै कुटाकुट गर्न तम्सिएका थिए, कांग्रेसका केहि कार्यकर्ता । एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम पक्षले राति जाँड पिएर ‘अपशब्द बोल्दै, लड्न आइज’ भन्दै नेपाली जनसंपर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटालाई राति गाली गर्न थालेपछि भिडन्त हुन खोजेको थियो ।
किन भयो झगडा ?
सोमबार नेपाली जनसंपर्क समिति जर्मनीले युरोपभरिका कांग्रेसको भेला राखेको थियो । भेलामाको कार्यक्रम सञ्चालक एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम थिए । गन्यमान्यहरुले बोले । आफ्ना भनाई राखे । जनसंपर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाको पालो आयो । उनले अरुले भन्दा बुँदागत रुपमा दह्रा प्रश्नहरु उठाए । नेत्रित्वकर्मी, नेताहरुलाइै केहि यक्ष प्रश्न राखे । नेपाली कांग्रेस समन्वय समिति भन्ने थियो पहिले । अहिले कसरि, केका आधारमा कसले नेपाली कांग्रेस युरो भन्ने बनायो ? यो युरो कांग्रेस भनेको युरोप चलाउने हो की नेपाल चलाउने हो ? बिदेशमा यो कांग्रेस संस्थाको उद्देश्य के हो ? दश वर्षसम्म के गर्यो यो कांग्रेसले ? कांग्रेस भनेर चलाउन युरोपमा मिल्छ ? यसले कांग्रेसको राजनिति मात्रै गर्ने हो की सामाजिक सेवापनि गर्ने हो ? बिधानमा नेपाली जनसंपर्क समिति भन्ने छ तर कार्यक्रममा युरो कांग्रेस भनिएको छ । यो किन ? उनले नेत्रित्वलाई यस्ता प्रश्नको जवाफ दिन माग गरेका थिए ।
सापकोटाले गंगाधर गौतमलाई आफ्नो मन्तब्यका क्रममा सोधेको प्रश्ननै साँझा जाँडपानीको रमरमले उचालेपछि झगडाको कारण बन्यो । उनले गौतमलाइ भनेका थिए ‘दिल गुरुङले आफ्नो अध्यक्ष पद पूर्ण हमाललाई जिम्मेवारी दिए । उनी एन आर एनमा भएकाले । तपाई एन आर एन बेल्जियमको अध्यक्ष भएपछि किन नेपाली जनसम्पर्क समिती युरोपको महामन्त्री पदमा बसिरहनु भएको ? दिल श्रेष्ठले झैं तपाईलेपनि अन्य कसैलाई कार्यभार सुम्पिन सक्नुहुन्थेन ? के युरो कांग्रेसमा महामन्त्रि पद सम्हाल्न सक्ने अरु सक्षम ब्यक्ति कोहि छैन ? उनले यस्तो प्रश्न गर्दा निकैले तालि बजाएका थिए ।
अन्य बक्ताहरुले पालैपालो बोले । कार्यक्रम सकियो । चिन्तामणी सापकोटा लगायतका ब्यक्तिले बोलेका विषयमा छलफल गरौं । युरो कांग्रेसको अधिवेशनकालागि मिति तोकौं भन्ने सल्लाह गर्न युरो कांग्रेसका उनका उपस्थित मित्रलगायत केहि कांग्रेस सदस्यहरु बसेका थिए । साँझ जाँड पिएर गंगाधर गौतमसहित उनको टोली आइपुग्यो । उनीहरुले बिबाद गर्न थाले । ‘मैले दुई मिनेट समय दिएको बोल्न, किन चार मिनेट बोलिस?’ भन्दै चिन्तामणी सापकोटासित गंगाधर तात्तिए ।
युरो कांग्रेसको अधिवेशन लम्ब्याउन नहुने पक्षमा चिन्तामणी सापकोटा र उनीसित छलफलमा बसेकाहरु थिए । तर गंगाधर पक्षले भने अनेक निहुँमा अधिबेशन लम्ब्याउन खोजेको थियो । यो विषयमापनि ति दुई पक्षबिच भनाभन भयो । सापकोटा संयम भएरै बसेका थिए । तर रक्सीको नसामा रहेका गंगाधर गौतम र उनका समर्थकहरुले तथानाम गाली गर्न थालेको भनाई सापकोटाको छ । भनाभन हुँदै जाँदा गंगाधर आफैंलेपनि ‘अपशब्द प्रयोग गर्दै सक्छस् भने लडम आइज’ भन्दै धम्क्याउन थालेको प्रत्यक्षदर्शीहरुले बताए । गौतम पक्षले साह्रै पेल्न लागेपछि लड्ने भए लडौं न त भन्दै चिन्तामणी सापकोटालेपनि चुतौती दिए । कुटाकुट र मारमुंग्री हुनसक्ने देखिएपछि सापकोटासित छलफलमा बसेका उनका समर्थक मित्रहरुले ‘यस्ता इज्जत नभएकासित लड्नुहुन्न, आफ्नै इज्जत जान्छ, भेलालाई असर पर्छ, त्यसो नगरौं, बुद्दीले लडेर जितौंला’ भन्दै तानेर अन्तै लगि झगडा साम्य पारेका थिए ।
‘मैले नेपाली कांग्रेसको निति, बिधि र बिधानमा रहेर नेत्रित्वकर्ताहरुलाई प्रश्न गरेको थिएँ । मैले बहसकालागि यस्ता प्रश्न राखें जुन मसित अपशब्द प्रयोग गर्दै झगडा गर्न उत्रिनेकालागि पच्न सकेन । त्यसैले आफ्ना कमजोरीहरु लुकाउन र जबर्जस्ति आफ्ना कुरा लाद्न कुटपिटको घटना रच्न खोजिएको थियो । मपनि कसैसित डराउने मान्छे हैन । तर साथीहरुले आफैं संयम बनौं भनेकाले चुप बसेका हौं । उनीहरुको उद्देश्य झगडा र कुटपिट गरेर भेला भाँड्ने थियो जुन हामीले सफल हुन दिएनौं । हामी संयम नभएको भए नराम्रो घटना हुन सक्थ्यो’ चिन्तामणी सापकोटाले नेपालप्लससित भने ।
तर यो घटनाको बिरोध गर्दै पार्टीको संवन्धित निकायमा जानकारि दिएको सापकोटाले बताए ।
(फोटो स्रोत – पवित्रा खनाको फेसबूक)










