अबैधानिक ‘नेपाली कांग्रेस युरोप’ को जर्मनीमा लुकि लुकि भेला
नेपाली कांग्रेस युरोप भन्ने संगठन युरोपमा कहिँ कतै देखिन्न । आधिकारिक रुपमा । यो युरोपिय मुलुककालागि भूमिगत संस्था जस्तै हो । युरोपको कानुनले आर्काको देशको राजनितिक संगठन खोल्न बन्देज गरेको छ । त्यसैले नेपाली कांग्रेस भन्ने पार्टी जर्मनीमा भूमिगत, गैह्र कानुनी हो । तर यहि भूमिगत संस्थाले जर्मनीमा भेला आयोजना गरेको छ । भेलामा युरोपका केहि देशबाट कांग्रेस समर्थक, नेपाली ठग्ने ठगहरु, एन आर एनका अभियन्ता र सदस्यहरुले समेत भाग लिएका छन् । भेलाले एउटा गज्जबको, निर्णय गरेको छ । नेपाली कांग्रेस नेपाली कांग्रेस भन्दै तिनले सोमवार फ्रयांकफोर्टको होक्टरर्स होफ होटलमा दुई दिन भेला गरे । भेलाले घोषणापत्रपनि जारि गरेको छ । घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसबिरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्णय गरिएको छ। नेपाली कांग्रेस युरोपको भेला भएपनि तिनले नेपाली जनसम्पर्क समितिको नामबाट कार्यक्रम गरेका हुन् ।
यो भूमिगत भेलामा नर्वे, स्विडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्जेम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्डबाट प्रतिनिधि आएछन् । प्रतिनिधी कोको थिए भन्ने सूची चाहिँ देखिएको छैन । यो भेलाले गरेको सामूहिक प्रतिवादको निर्णय बदनियतपूर्ण छ । किनकि यो स्वतन्त्र लेखनका बिरुद्द गरिएको निर्णय हो । हुन त यिनले के सामूहिक प्रतिकार गर्ने ? यिनको संस्थानै आधिकारिक छैन । युरोपमा बसेर नेपालको राजनितिक पार्टी यता खोल्नै पाइन्न ।
यिनले राजनितिक कार्यक्रम गरेको । सामाजिक संस्था खोलेर त्यसका नाममा राजनिति गरेको उजूरी जर्मनीमा परेमा पनि यिनमाथि छानी छानि कारवाही हुन्छ । भेलामा सहभागिहरुका तस्विर हेरेर, सूचना लिएर प्रहरीले कारवाही अगाडि बढाउँछ ।
युरोपिय मुलुकहरु आप्रवाशीहरुमाहि नियन्त्रण गर्नुपर्ने मनशायमा छन् । आप्रवाशीहरुका मामिलामा नियम र कानुनहरु अझ कडा पारिँदै लगिएको छ । त्यो भन्दा अझ बढि आतंकबादी हमला र सांगठनिक गतिबिधीमा युरोपेली सरकारहरु चनाखो बनेका छन् । युरोपमा एक पछि अर्को गर्दै आतंकवादी हमलाहरु भएपछि यस्ता राजनितिक संगठनका नाममा गरिने कार्यक्रममा फ्रान्स, जर्मनी, बेल्जियम, ईटाली, स्पेन, पोर्चुगल जस्ता देशहरुले निगरानी गर्छन् ।
त्यसरि राजनितिक दल नै खोलेर भेलाहरु आयोजना गरेको पाएमा कडा कारवाही गर्न सक्छन् । त्यहि जानेर होला, नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेपाली जनसंपर्क समितिका नामबाट कांग्रेसको भेला आयोजना गर्ने गरेका छन् । यसरि कांग्रेस पार्टीको राजनिति गैह्र कानुनीरुपमा गर्ने र सामाजिक सञ्जालमा प्रतिकार गर्ने भन्ने कांग्रेसी निर्णय तिनैकालागि घातक छ । यहि उजुरी जर्मनीको प्रशासनलाई दिएपनि तिनमाथि छानी छानी कारवाही हुन सक्छ ।
घोषणापत्रको पूर्ण पाठ
नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत कार्यकर्ता भेला जर्मनीको फ्रयांकफोर्टमा ११, १२ डिसेम्बर २०१६ मा भब्य रुपमा सम्पन्न भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ लगायतको विषेश उपस्थित थियो । यूरोपस्थित नेपाली जनम्पर्क समितिका १२ देशका प्रतिनिधिहरुको सहभागीमा सम्पन्न भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई अझ सशक्त पार्दै यूरोपका अन्य मूलुकमा समेत जनसम्पर्क समिति बिस्तार गर्ने निर्णय गर्दै यो भेला निम्नानुसारको फ्रयांकफोर्ड घोषणा पत्र जारी गर्दछ।
१. भेलालाई भब्य रुपमा सम्पन्न गर्न यूरोपका बिभिन्न देशबाट सहभागी प्रतिनिधि, संयोजनको जिम्मा लिएको नेपाली जनसम्पर्क समिति जर्मनी, गैरआवासीय नेपाली संघका अग्रज तथा नेपाली कांग्रेस नेता तथा कार्यकर्ताप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ।
२. नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको असरमा पठाउनु भएको शुभकामना सन्देशका लागि भेला धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाको मार्गदिशालाई आत्मसाथ गर्दै अगामी दिनमा जनसम्पर्क समिति यूरोप अगाडी बढ्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ।
३. नेपाली जनसम्पर्क समिति यूरोपको विद्यान आगामी २ महिना भित्र तयार गर्न नारायण आचार्य संयोजक, सहसंयोजकहरु भिम केसी, राजकुमार त्रिपाठी, सदस्यहरुमा झलक केसी, पुष्प थापा, चिन्तामणी सापकोटा, बाबुराजा लामा, योसदा थापा, हरी पौडेल र बिमलबावु उपाध्याय रहेको एक विद्यान समिति गठन गरियो। यो भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेसको औपचारिक रुपमा बैधानिक बनाउन नेपाली कांग्रेस केन्द्रिय विद्यानमा समेट्न पार्टी समक्ष जोड्दार माग गर्दछ।
४. नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेसन नेपाली कांग्रेस केन्द्रिय समितिसँग समन्वय गरी आगामी ३१ जुलाई २०१७ भित्र गर्ने यो भेला सर्वसम्मत निर्णय गर्दछ। सो अधिवेसनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रिको नाम संयोजक तोकिएको छ।
५. विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन बिभिन्न देशमा गठन भएका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिसँग सहकार्य गर्दै आगाडि बढ्ने यो भेला प्रतिवद्धता जाहेर गर्दछ।
६. देशमा भैरहेको राजनैतिक अन्योलका कारणले नेपाल आर्थिक तथा सामाजिक रुपमा अझै पछि धकेलिदै आएको भेलाले ठहर गर्दै राजनीतिक निकासका लागि संसदमा प्रस्तुत संविधान संसोधन विधेयकलाई संसदबाट पारित गरि तत्काल स्थानीय निर्वाचनको घोषणा गर्न यो भेला सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ।
७. नेपाली समूदायको बाक्लो उपस्थिति रहेको स्पेन र प्रोतुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष यो भेला जोडदार माग गर्दछ।
८. मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछ। आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेस माथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ।
१२ डिसेम्बर २०१६, फ्रयांकफोर्ट, जर्मनी
(फोटो- नागरिक न्युज)





