शत्रुको शत्रु कहिले सम्म मित्र होला र ?

-राजभानु-

भारतीय कठपुतली कांग्रेसले एमालेलाई आफ्नो कठपुतली बनाएको हो यो | निरंकुश कांग्रेसी हुकुमी सभापति गिरिजाले शेर बहादुरलाई प्रधानमंत्री बन्न नदीनलाई यसो गरेको हो | नत्र दोश्रो ठूलो दलले तेश्रो दललाई किन नेत्रित्व दिने ? गिरिजाको ढीठ्ले एकपल्ट टुक्रिएर ३६ र ४७ माँ बिभाजित भएको पार्टी उस्तै ढीठ्ले गर्दा पुनः मतभेद नआउला भन्न सकिन्छ र ? यो  गठबन्धन प्रजातन्त्रको कुन मोडेलसंग मेल खान्छ ? प्रजातन्त्रको कुन मोडेलले हारेको उम्मेदवार प्राधानमन्त्रिको हकदार हुन्छ भन्छ ? हारेको मान्छेलाई नै देश हांक्न लगाउने हो भने जनताको सर्बोच्चताको मूल्य के रहन्छ ? प्रजातन्त्रको अर्थ के बांकी रहन्छ ? की सबैले जाने बुझेको प्रजातंत्रको ब्याख्या नेपालमा लागू हुदैन ? नेपालले कहाँको र कस्तो प्रजातन्त्रिय मोडेलको अनुसरण गरिरहेको छ त्यो बारेमा देशका तथाकथित “ठूला” नेताहरुले प्रष्ट पारिदिए हामी साधारण जनताको भ्रम निवारण हुने थियो, अन्यौलको कालो बादल हामी जस्तो अज्ञानीको मानसपटलबाट धूमिल हुने थियो |

“बहुमतको शासन” प्रजातन्त्रको आधार हो | बहुमतले समेत शासन गर्न नसक्नु नै नेपालको दुर्भाग्य त होइन ? ठुलो आशा र बिश्वाशका साथ सन १९९१ माँ एउटै दललाइ जनताले बहुमत दिलाए तर परिणाम ? आफ्नै अंतरद्वन्दको भूमरीमा तहसनहस भएर ढल्नुबाटै हालको यो बिषम परिस्थिती निम्तिएको त होइन ? आखिर डढेलो एउटा झिल्का बाटै त सुरु हुन्छ नि ! बिऊनै कतै, कहिं, कसैले नरोपि फल लाग्ने कुरा त आउँदैन नि ! अंतर्द्वन्दबाटै ढल्ने भन्दा पनि आतंरिक समस्यानै समाधान गर्न नसक्ने पार्टीबाट देशलाई उन्नतिको पथमा डोर्याउन खोज्नु हाम्रो भूल होइनकी नादानी शिद्ध भएको हो |

आजीवन पार्टी प्रमुख भैरहनु कत्तिको प्रजातांत्रिक हो ? सफल राष्ट्रप्रमुख, सफल पार्टी आदिको उदाहरण बिश्व ईतिहासमा अनगिन्ति भेटिन्छन तर त्यस्ता राष्ट्रप्रमुख, त्यस्ता पार्टीप्रमुख आमरण नेतृत्व गरेको उदाहरण बिरलै भेटिन्छ | भेटीनेहरु पनि प्रजातांत्रिक बिरलै कहलिएका छन बरु त्यस्तालाई सारा बिश्वाले “तानाशाह” को नामले चिन्छन | के गिरिजा प्रसाद कोइराला तानाशाह होइनन ? प्रश्न बिचारणिय छ |

हालसम्मको उनको कार्यहरू र यदाकदा लाग्ने गरेको “परिवारबाद” को आरोपले त्यही दिशातिर ईंगीत गर्दछ | लामो ईतिहास बोकेको “नेपाली कांग्रेस” जस्तो पार्टीले प्रजातंत्र बोल्न र भाषण गर्न मात्र प्रयोग गर्नु,  बर्षौँसम्म पनि पार्टी सभापति चुन्न नसक्नु, एकल शासनलाइ प्रश्रय दिनु निश्चय पनि निंदनीय छ | देशका ठूला र पुराना दलहरुले आफ्ना यस्ता कमी कमजोरिहरू सुधार नगरी अरु पार्टीहरुलाई “अप्रजातांत्रिक” को संज्ञा दिनु, आफुमात्र प्रजातांत्रिक भएको खोक्रो ध्वांस दिनु र नयाँ नेतृत्वलाइ स्थान नदिनुले सकारात्मक सन्देश प्रवाह गरिरहेको छैन |

नेपालमा गठबंधन सरकारको इतिहास गतिलो र टिकाऊ छैन |सन १९९५ को गठबंधनको घृणित खेलमा एक-आर्कालाई बेला बेलामा ढाल्ने यीनै कांग्रेस र एमाले हुन | अहिले यीनिहरू “शत्रुको शत्रु मित्र हुन्छ” भन्ने  आधारमा अंकमाल गरिरहेका न हुन | तर  कुकुर र बिरालो कतिन्जेलका लागि मित्र भैराख्नसक्छन त्यो पनि मासुको ठूलो टुक्राको लागि जून बिगतमा दुबैले चाट्न भ्याईसकेका छन ?

सब भन्दा ठूलो पार्टिलाई अलग्याएर सरकार चल्न सक्ला र ? सर्बदलिय सहमतिको सरकार चुनौती र आवश्यकता रहिआएको हालको अवस्थामा मधेशी जनअधिकार फोरम वा तमालोपालाई पनि सरकारमा सामेल नगर्ने हो भने कुनै हालतमा सरकार टिक्ने देखिंदैन |

(ईतिहासकै नालायकलाई प्रधानमन्त्रीको प्रस्ताब शिर्षकको लेखमा आएको प्रतिक्रियालाई लेखका रुपमा प्रकाशित गरिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया