६० हजार नागरिकता रद्द गरेर लाखौंको संरक्षण गर्ने लालबाबुको राष्ट्रियता कसको पक्षमा ?
लालबाबु पण्डितप्रति शंका गरिहाल्ने ठाउँ छैन, थिएन । उनी ईमान्दार छन् । राष्ट्रवादी छन् । नेपाल र नेपालीको चिन्ता गर्छन् । आफ्नो कार्यकालमा उनले ईमान्दारिताका साथ कार्य गरेर देखाए । सादा जिवन बिताए । भ्रस्टचार र अनियमितताबाट टाढै रहे । तर त्यसो भन्दै उनी हरेक विषयबाट पन्छिन मिल्दैन । ब्यक्तिको भूमिका सधैं एकै रहन्छ भन्नेपनि छैन । उनी अमेरिकामा रहेका ६० हजार नेपालीको नागरिकता रद्द गर्नुपर्छ भन्दै त्यसमा खुब केन्द्रित भएका छन् । भारतीयले लिएका नागरिकताका बारेमा चाहिँ बोल्दैनन् । किनहोला ?
२५ लाख भारतीयले पाएको नेपागरिकताका बारेमा कहिँ बोलेको सुनिएन । अंगिक्रित नागरिकता लिएर मुख्य पदमा जान पाउने प्रावधानबारेपनि खासै बोलेको सुनिन्न । अहिले संविधान संशोधन गरेर नागरिकता कागजको खोस्टोझैं बाँड्न खोजिएको नियत र प्रयासमाथिपनि उनी बोलेका छैनन् ।
लाखमा बाँडिने, संविधान संशोधन गरेर नागरिकता पाउनेहरु तत्कालै नेपाल आएर लाभ लिन्छन् । सताउँछन् । ढुंगामुढा गर्ने र सिमामा सताउने, आगो बाल्ने तिनै हुन्छन् । अमेरिका बसेर आफ्नो गरिखाएका, फेसबूकमा राष्ट्रिय राष्ट्रियता भन्दै यस्सो कुर्लिनेबाहेक अरु सरोकार नराख्ने ६० हजार नेपाली बारे किन उनलाई बढि सरोकार, चासो र त्रास होला ?
असल नेताहरु बिकेका, झुकेका, झुकाईएका र बदलिएका धेरै उदाहरण हाम्रै देशमा छन् । के उनी त्यस्तै भएका हुन् ? अर्थात् बाहिर राष्ट्रियता र नागरिकताका चर्चा भाषण दिने तर भित्रि रुपमा उनको भूमिका फरक त छैन ? होइन भने अ मेरिकामा मतदान गर्ने ६० हजार नेपालीका नागरिकता रद्द गर्नुपर्छ भनेर पटक पटक आवाज उठाउने पण्डितले किन भारतीयले लिएका लाखौंका संख्याको नागरिकताको बारे बोल्दैनन् ? के छ यसमा यिनको स्वार्थ ?
अमेरिकामा मतदान गर्ने ६० हजार नेपालीले नेपाललाई खासै सताउँदैनन् । तिनका परिवार नेपालमै छन् । आफ्ना परिवार दुखजिलो गरेर बिदेशको कमाईले पाल्छन् । घरजग्गा यतै भएकाले कर तिर्छन् । सरकारले नागरिकलाई दिनुपर्ने कतिपय सुविधा ति आफ्नो परिवारलाई आफैं दिन्छन् । तिनले कम्तिमा नेपाललाई सताउँदैनन् । अमेरिकामा मतदान गरेपनि तिनले नेपाल आएर राजनिति गरेका छैनन् । मुख्य पद ताकेका छैनन् । तिनले नेपाललाई सताउने भनेको यदाकदा नेपाली नेतालाई गालि गर्छन् । नेपालको राष्ट्रियताका बारेमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक सञ्जालमा नेपाल, नेपाली, नेपाली राष्ट्रियताका बारेमा चिन्ता ब्यक्त गर्दै आफ्ना असन्तुष्टि जाहेर गर्छन् । बास यत्ति हो ।
आफ्नो देशमा जायजेथा भएको, देशले तोकेको कर र तिरो तिरेको, आफ्ना परिवार पालेको ब्यक्तिले यति असन्तुस्टिपनि जाहेर गर्न नपाउने लालबाबु पण्डित ? किन नेपालको नागरिकता लिएर पारिपट्टिबाट नेपालतिर ढुंगा वर्षाउने भारतीयप्रति लालबाबु गुनासो गर्दैनन् ? नेपाली नगरिकता लिएकैदिनदेखि हातमा राँको बोकेर नेपालतिर झोस्नेहरुको बिरोध किन गर्दैनन् लालबाबु ? नेपाली नागरिकता लिएर नाकाबन्दि गर्न उक्साउने, नेपालमा धन्दा गर्नेप्रति उनी किन नरम बनेका छन् ? अमेरिका बसेर मतदान गर्ने ६० हजार नेपालीले राष्ट्रिया सिध्याउने लालबाबुको दिमाखले देख्दा लाखौं भारतीयले लिएको नागरिकता किन देख्दैन उनको दिमाखले ? ६० हजार नागरिकता रद्द गरेर लाखौंको संरक्षण गर्ने लालबाबुको राष्ट्रियता कसको पक्षमा छ ? कसको स्वार्थमा छ ?
नागरिकताको विषयमा के हो लालबाबु पण्डितको धारणा ? अमेरिकामा मतदान गर्ने ६० हजार नेपालीको बिरोध गर्ने तर ६० लाख भारतीय नेपाल हुनेपनि हुन्छ भन्ने हो ? अमेरिकामा मतदान गर्नेकोमात्रै किन ? अर्काको देशमा मत हाल्ने सबै देशका नागरिकको रद्द गरिदेउ । भारतीयकोपनि रद्द गरिदेउ, हुति छ । किन बोल्दैनन् लालबाबु ?





