सांसदले बढाए तलब र भत्ता

Nepal parliment

जनताले जतिसुकै बिरोध गरेपनि हाम्रा सांसदहरुले आफ्नो तलब, भत्ता र सुबिधा बढाएरै छाडे । आज बसेको ब्यवस्थापिका संसदको बैठकबाट सांसदको तलब, भत्ता, फर्निचर किन्ने खर्च, डेरा भाडा, महँगी भत्ता लगायत धेरै शिर्षकमा रकम बढाएर लिने विधेयक पास गरेका हुन् ।

कुनै कुनै शिर्षकमा दोब्बर भन्दा बढि, कुनैमा पाँच गुणाका दरले रकम बढाएर रकम लिने निर्णयमा सबै दलका सांसदहरु सहमत भएका छन् । बैठक भत्ता दुई सय रुपैयाँ लिँदै आएकोमा एकैचोटि बढाएर एक हजार लिने भएका छन् । संसद चलेका बेला लिने गरेको १५० रुपैयाँ भाडा अब दैनिक एक हजारका दरले लिनेछन् ।

सभामुख, उपसभामुख, प्रमुख सचेतक, बिपक्षी दलका प्रमुख सचेतक, सत्तापक्ष दलको सचेतक आदि प्रमुख पदका ब्यक्तिहरुकालागि यात्रा विमा १० लाख रुपैयाँ बनाएका छन् । लाजै मर्दो त के छ भने अब पैदल हिँडेबापतपनि साभामुख, अध्यक्ष, सचेतक, उपसभामुख, उपाध्यक्षले भत्ता लिने छन् ।

उनीहरुले पारिश्रमिक लिएपछिपनि विशेष भत्ता, बैठक भत्ता भन्दै रकम असुल्ने निर्णय गरेका छन् । निजि सचिवालयको बन्दोबस्तदेखि गार्डघरकालागि समेत रकम दिनुपर्ने छ । हरेक शिर्षकमा लिँदै आएको रकममा अत्यधिक रकम बढाइएको छ ।

सांसद, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभा र राष्ट्रिय सभामा विपक्षी दलका नेता,   सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव विधेयक सभामुख ओनसरी घर्तीले पेश गरेकि थि ईन् । खासगरि यस्ता विधेयकहरुलाई संसदीय समितिमा पठाउनुपर्थ्यो । त्यहाँ छलफल गरेर मात्रै पास गराउनुपर्ने हो । तर क्रान्तिकारी पार्टीका तर्फबाट सभामुख बनेकी ओनसारी घर्तीले सांसद र अन्य अन्य उच्च पदका नेताको सुविधा भएकाले प्राथमिकतामा राखेर फास्टट्रयाकबाट सीधै संसदको पूर्ण बैठकमा लगिन् । त्यहाँ छलफल गराएर निर्णयकालागि पेश गरिन् ।

त्यसमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राखेको संशोधन पारित भयो । आफ्नो तलब, भत्ता र सुविधा बढाउने प्रस्ताव भएकाले सांसदहरुले बेजोडसित ताली पिट्दै पास गरे ।

तपाइँको प्रतिक्रिया