क्रान्तिकारि नेताले देश चलाउँदा झन भड्खालोतिर

  • राज कुमार कार्की

writer_iconक्रान्ति गर्नु र देश चलाउनु दुइ अलग बिषय हो । जो क्रान्ति गर्न सिपालु छ त्यो देश चलाउन नसक्ने पनि हुन सक्छ ।

पुराना पुस्ताले त्याग र परिबर्तन त ल्याए । तर देश हाँक्ने अनाड्डी सबारीचालक भएको कारण तुरुन्तै देशलाई दुर्घटना गराए । रातारात सामन्ती भए र भ्रस्टाचारमा चुर्लुम्म डुबे । तेसैले नयाँ पुस्ताले तिनमाथि गर्ब गर्ने ठाउ राखेनन् । तिनलाई धेरै जस दिएर नयाँ पुस्तालाई धेरै भन्न पनि मिल्दैन ।

जेल बस्नु, धर्ना दिनु, जुलुस गर्नु, भासन गर्नु बन्द हर्ताल गर्नु र परिबर्तन ल्याउनु (क्रान्तिकारी नेता) र त्यो परिबर्तन पछि देश हाँक्नु (कार्यकारी नेता) दुइ अलग दक्षताका कुरा हुन् ।

‘क्रान्तिकारी नेता’ जनता परिचालिना गरि देशमा परिबर्तन ल्याउने दक्षता राख्छ भने ‘कार्यकारी नेता’देशलाइ कता तिर लाने, प्रशासन कसरि परिचालन गर्ने, देशको भिजन कस्तो हुनु पर्छ । कस्तो आर्थिक रणनीति लिने भन्ने बिषयमा दक्षता राख्छ ।

तर नेपालमा ‘क्रान्तिकारी नेता’ नै ‘कार्यकारी नेता’ को कुर्सि कब्जा गर्छ र उसको मनमा जे आयो त्यही अनुसार हाँक्छ । उसंग कार्यकर्ता परिचालन बाहेक केहि सिप, भिजन हुँदैन । खाली जेल बस्ने, धर्ना दिने र भाषण गर्न मात्र जान्दछ । तर एकदम सिपालु झैँ अभिनय गरि आफन्तको आडमा देश हाँक्छ । स्रोत जथाभाबी पार्टी स्वार्थमा खपत गर्छ र देशलाई आजको दुर्घटनाको स्थितिमा पुर्याउँछ । भट्टराईले त्यही गरे । गिरिजाले त्य्ही गरे र अहिले प्रचण्डले त्यही गर्दैछन ।

आजको युगमा क्रान्ति समाप्त हुनासाथ राज्य चलाउन ‘कार्यकारी नेता’ जो वर्तमान-शिक्षा, बिश्वको वर्तमान अवस्था, ब्यवस्थापन, कर्मचारीतन्त्र र अर्थतन्त्र परिचालनका आधारभूत ज्ञान र दक्षता भएको हुनुपर्छ । तर नेपालमा जो “क्रान्तिकारी नेता’ उही सर्बज्ञ्ता भएर आजको अवस्था आएको हो ।

क्रान्ति गर्नु र देश चलाउनु दुइ अलग बिषय हो । जो क्रान्ति गर्न सिपालु छ त्यो देश चलाउन नसक्नेपनि हुनसक्छ ।

तर नेपालमा बिगतको क्रान्तिको घिउ, ब्याज र सावा खान हतार गरेर देशको ‘क्रान्तिकारी नेता’ ले समातेर चलाएको हुँदा देश भडखालोतिर जाँदैछ ।

अझै सामन्ती सोच, नेताले जे बोल्यो त्यसैलाइ ‘हस हजुर’ भन्ने, ‘हुन्छ सर’ भन्ने, चाकडी बजाउने दास संस्कारले अझ नेतालाई जथाभाबी गर्न मलजल गर्छ । अनि ति कुर्सि ओगटेका ‘क्रान्तिकारी नेता’ नेता रातारात चन्द्र समशेरमा परिणत हुन्छन र केहि दिनमै भ्रस्टचारको आहालमा डुब्छ ।

देशलाई नयाँ युवा, नयाँ युगको शिक्षा लिएको, वर्तमान बिश्व र अर्थशास्त्रको ज्ञान भएको कार्यकारी प्रमुख चाहिन्छ । जेल मात्र बसेको, भाषन मात्र जानेको र घिउ मात्र खाने आश बोकेकोले देश डुबाउँछ ।

(कार्कीले ईमेल ग्रुपमा ब्यक्त गरेको भनाई)

तपाइँको प्रतिक्रिया