सधै लोकमान र भारत मुद्दामानै समय बिताउने ?

  • तेजकुमार कार्की

nepal-parliament-001212345

कहिले प्रचण्डको भारत यात्रा विवाद, कहिले लोक मान विवाद त कहिले पार्टी पार्टी बीच सरकार गिराउने विवाद ।यसलाई पत्रकार ले चम्काउने अनि जनता र रमित हेर्ने । अनि नेता मंच वा संसद मा भासन प्रबचन दिएर मनोरंजन गर्ने अनि तगडा हिरो नेता हुने ।

जनतालाई मनकै कुरो गरिदिए जस्तो गर्ने । त्यसपछि सोसल मेडिया फेसबुक मा ‘वा’ ‘वा’ हुने अनि कमेन्ट हेर्ने । ओहो सर हजुरले त धेरै राम्रो बोल्नु भो, अब चुनाबमा तपाई नै प्रधामन्त्री हुनुपर्छ आदि आदि ।   

यत्तिकैमा देश अल्मलिएको छ । तर नया बिकाश योजना र नीति बारे संसदले कहिले कुरा उठाउने । के सधै लोकमान र भारत मुद्दामा नै संसदहरु समय बिताउने ।

संसद किन चिन-नेपाल पारबहन र रेल बारे प्रस्न गर्दैनन् । किन यसबारे काम कहाँ पुग्यो र के के कम भैरहेको छ भनेर सोद्दैनन ।

नेपालमा सडक दुर्घटना रोक्ने, अपराध नियन्त्रण गर्ने, प्रसासनिक काम छिटो गर्ने, विदेश मा नेपाली कामदार को जिबन सुरछा गर्ने आदि आदि तम्माम मुद्दाहरु छन् ।

तर यिन्लाई मानिस दुर्घटनामा मरेको कुरा सामान्य झिंगा मछाड जस्तै भैसक्यो । सरकार आयोग खडा गरि एक नाटक गर्छ, झारा टार्छ । तर संसद खै आयोग को प्रतिबेदन भनि प्रस्न गर्दैन । लाग्छ नितान्त स्वार्थी, लोभी र असुद्ध मन भएका मानिसको जमात जस्तो छ संसद|

प्रचण्ड र बाबुरामले आफु छिटै माथिलो राज्य सत्तामा पुगी धनि वर्ग हुन को लागि माओबादी (जात, समाबेसी, सनघिएता धर्म निरपेछाता) आवरण लिएका हुन् । जब उनीहरुको अभिस्ट (प्रधानमन्त्री कलास) पुरा भयो, बाबुरामले छोडिदिए अनि प्रचण्ड अरबौ सम्पतिबाट नब धनाढ्य बने । उसबेला प्रचण्ड अमुर्त थिए, उनको “मुट्ठी उज्येको इस्काप लगाएको” पोस्टर हेर्दा मानौ लेलिन पो हुनकी भने झैँ भान परेको थियो । त्यो सब नाटक रहेछ । बास्तबमा यिनि त धेरै ल्यानते, नितान्त स्वार्थी र कुनै अडान नभएको बेक्ती पो रहेछन ।

बास्तबमा आफु प्रधानमन्त्री कलासमा पुग्न इनले यस्ता जटिल कुरा थोपरेका थिए र यो देश सदियौंसम्म स्मबिधन, सिमांकन, समाबेसी (जात भात, धर्म) कुराहरुमा लडाई गरेर बस्ने र भारतले खेल्ने, देश नै टुक्रा पर्ने नत्र भारतमा गावने खतरा सम्ममा पुर्याएका छन् । तर यिनई सरम छैन । आफै बसेर बनाएको संविधानको आफै बिरोध गर्छन । हिजो एउटा कुरा र आज बेग्लै कुरो गर्ने यिनिहरुको चरित्र हो ।

यस्ता ब्यक्तीहरुले समानुपातिकका नाममा धेरै समाजका लोभी पापी हरुलाई साम्सद बनाए । तिनीहरु यिनिहरुका अमुक कैदी जस्ता छन् र यिनिहरु बिकाशका प्रस्न भन्दा राजनीतिक गाइजात्रा बारे संसदमा बोलेर समय र राज्यको कर बर्बाद गरेका छन ।

अब कसरि यस्ता जमात बाट देश लाइ अगाडी लाने ?

मुलकुरा अस्थिरता लाइ दोष दिने होइन यसलाई जिबन प्रक्रियाको अंग मान्ने । अस्थिरतामा बिकाश हुन्दैन भनेर नबस्ने ।

अस्थिरतामा पनि कसरि बिकाश गर्ने भन्ने बारे बहस हुनुपर्छ । बिकाशको गति र बहस अटुट रुपमा चालु हुनुपर्छ ।

संबिधान बिबाद वा राजनीतिक अस्थिरताले) एउटा ट्रयाक मा चालोस र बिकाश अर्कोमा वा समानान्तर चलोस् । र संबिधान बिबादले बिकाशको गाडीको गतिलाई रोक्न नसकोस ।

सभासदलाई राजनीतिक बिबादमा भन्दा बिकाश एजेन्डामा बढि बोल्न, प्रस्न गर्न र सरकारलाई झझक्याउन दबाब दिनु पर्छ ।

उनीहरु किन चिन-नेपाल सम्झौता कार्यन्वयनबारे सरकार लाइ दबाब दिदैनन । यसैकारण सरकारपनि लापरबाही तरिकाले चलेको छ यो मामलामा ।

कर्मचारीलाइ बिकाशका नयाँ एजेन्डा र कार्यान्वयनमा हस्तक्षेप नहुने र ति कर्मचारीको मुल्यांकन उपलब्धिको आधारमा हुने (घाम तापेकोमा होइन) ब्यवस्था मिलाउनु पर्छ ।

सार्बजनिक, बौद्धिक, प्रसासनिक र कानुनि क्षेत्रमापनि, “यो अस्थिरतामापनि बिकाशको गतिलाइ कसरि तिब्र पार्न सकिन्छ” भनेर बहस हुनु जरुरि छ । नत्र स्थिरता कुरेर बस्यौं भने नेपालको बिकाश धेरै बर्ष लाग्ला किनकि यस्ता विवादहरु घुसाइएको छ कि तेस्लात्यसलाई जुग लगाएरपनि सफल नहुन सक्छ ।

यस्तो सानो देशले तेस्त प्रयोग धान्न स्रोत र समय छैन । हामीले बभएकै पद्दतिमा बिकाश गर्ने हो । चीनले प्रजातन्त्र सुधार्ने प्रयास नगरे पनि आर्थिक बिकाशले बिस्तारै स्थिरता र प्रगति भयो ।अहिले धेरै मच्चिने भन्दापनि बिकाश एजेन्डामा केन्द्रित हुनु आवश्यक छ ।  अब बिकाश निर्माणको एजेन्डा वा काम रोकेर संविधानको बखेडामा मात्र समय खेर फाल्न पाइदैन ।सबहसदहरुले यस मुद्दामा बढि बहस र समय दिनु जरुरि छ ।

(ईमेल बहसमा ब्यक्त बिचार)

तपाइँको प्रतिक्रिया