सरकारको प्रस्ताब आउनासाथ एमालेमा भाँडभैलो

नयाँ सरकार बनाउने प्रस्ताब के गरेको थियो नेपाली कांग्रेसले एमालेमा भाँडभैलो शुरु भैहाल्यो । नेपाली कांग्रेसले एमालेको नेत्रित्वको सरकारलाई समर्थन गर्ने भन्नासाथ नेकपा एमालेको तिन पटक भन्दा बढि बैठक बसिसक्यो । तर सारा पार्टीलाई साथ लिएर विश्वासमा अगाडि बढ्नुपर्नेमा आफ्नै पार्टीमा तानातान र अविश्वासको खाडल गहिरिएको छ । पहिलो बैठकले नेता माधव कुमार नेपाललाईलाई प्रधानमन्त्रीको प्रस्ताब गरेको थियो र उनैको नेत्रित्वमा नेपाली कांग्रेस संलग्न सरकार बनाउने निर्णय गरेको थियो । तर त्यति अजिलै किन चल्थ्यो एमालेमा । त्यहि रातबाट खेल शुरु भए । अर्को बैठकमा पार्टीमा छलफल गर्ने र माओवादी सबैभन्दा ठुलो दल भएकाले उसलाईपनि संलग्न गराएर राष्ट्रिय सरकार बनाउने छलफल गरे

 

दोस्रो बैठकमा माधव नेपाललाई प्रधानमन्त्री बनाउने कुरामा झलनाथ खनाल पक्षले आनाकानी गर्‍यो । प्रधानमन्त्री कसलाई बनाउने भन्ने बिकल्प खुला राख्ने भन्न थाले । यहिँबाट पार्टी अध्यक्ष झलनाथ खनालको पनि आफैं प्रधानमन्त्री बन्ने आकांक्षा प्रकट हुने थाल्यो । र नेपालको नामलाई छायाँमा पार्न थालियो । केपी ओली लगायत माधव नेपाल पक्षले आफ्नै नेत्रित्वमा सरकार गठन हुनुपर्ने भनेर लबिङ शुरु गरे । उता नेपाली कांग्रीस पक्षले खनालहरु माओवादी निकट देखिएकाले नेपाल पक्षलाई समर्थन देखाए । कांग्रेसको समर्थन देखिनासाथ नेपाल र ओली पक्ष आफ्नै नेत्रित्वमा सरकार गठ्न हुनुपर्ने भन्दै चम्किन थाले । तर संसदिय समितीमा आफ्नो बहुमत भएका खनाल पक्षले किन माधव नेपाल र ओली पक्षलाई नेत्रित्व गर्न दिन्थ्यो ?  खनालका समर्थकहरुले उनको नेत्रित्वमा सरकार गठन हुनुपर्ने भन्दै लबिङ गर्न थाले । यसपछि पार्टीमा दुई पक्षबिच तानातान हुन थाल्यो ।

 

 

हिजो शुरु भएको एमाले केन्द्रिय कमिटीको बैठकमा त झन नेपाल र ओली पक्ष चित् खाए । खनाल पक्षका कुराले जिल्लाराम भए । बैठकमा सरकार निर्माण बारे छलफल भयो । केपी ओली र नेपाल पक्ष अब ढिला नगरि नेपालको प्रधानमन्त्रीत्व र एमालेको नेत्रित्वमा सरकार बनाईहाल्नुपर्ने भन्दै अघि सरे । तर खनाल पक्षले फेरिपनि माओवादीकै नेत्रित्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने भन्दै माधव नेपालको नेत्रित्व अस्विकार गर्‍यो । संसदमा सबैभन्दा ठुलो दल माओवादी रहेको र संबिधान निर्माणकालागिपनि राष्ट्रिय सहमती आवश्यक रहेकाले माओवादी सरकारमा सहभागिताबिना राष्ट्रिय सरकार बन्न नसक्ने खनालले बताए ।

 

 

 माओवादीकै नेत्रित्वमा सरकार बनाउनुपर्ने भन्दै नेपालको नेत्रित्व अस्विकार गरेपछि केपी ओली र नेपालपक्ष आगो भएका थिए । तर ओली र नेपाल पक्षले भने माओवादीहरु सरकार सञ्चालनमा असफल भएकाले एमालेकै नेत्रित्वमा सरकार गठन हुनुपर्ने अड्डि कसे । खनालले त बैठकमा प्रधानमन्त्रीले प्रधान सेनापतीमाथि गरेको कारवाहीलाई पुनर्वहाली गरेर राष्ट्रपतीले असंबैधानिक काम गरेको पनि स्पष्ठै बताएका थिए । अहिले आगामी सरकारको नेत्रित्व कुन गूटले गर्ने भन्ने विषयमा तानातान र हानथाप चलेको छ । केपी पक्ष आफ्नो गूटले नेत्रित्व गर्न नपाए बरु कांग्रेसको नेत्रित्व स्विकार गर्न तयार हुने अवस्था देखिएको छ भने खनाल पक्ष आफुले नेत्रित्व नपाए बरु फेरिपनि माओवादी नेत्रित्वनै स्विकार्ने पक्षमा पुगेको छ ।

 

(बेप्रसंगक, उच्छ्रिङगल, असभ्य भाषा प्रयोग गरिएका, अनावश्यक गालि गलौजले भरिएका प्रतिक्रिया मेटिने छ । संबन्धित लेखमा आफ्ना राय सभ्य र सौम्य भाषामा राख्न तपाईहरुलाई कुनै रोकतोक छैन । लेखक र सबन्धित लेखसँग सहमत वा असहमत दुबै हुन सकिन्छ। आफुले अर्काको सम्मान गरे, आफुले अरुलाई मर्यादा राखे मात्रै अरुलेपनि आफुलाई सम्मान गर्छ, मर्यादा राख्छ भन्ने नभुल्नुस । आफ्ना बिचार तर्कयुक्त र सभ्य तरिकाले राखेरनै अरुलाई आफुसित सहमत गराउन सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

 

 

तपाइँको प्रतिक्रिया