जनमत बनाउनु पर्छ चीन र पाकिस्तानको पक्षमा
- भरत दहाल
पाकिस्तान र भारतका बीचमा युद्ध भड्किने संभावना छ । पाकिस्तानको बलुचिस्तानमा चीनले निर्माण गर्न थालेको एशियाकै ठूलो बन्दरगाहको स्थापनालार्इ जसरि पनि बिथोल्ने प्रयासमा अमेरिका र भारत छन् । यो बन्दरगाहले दक्षिण तथा पश्चिम एशियाको बजार नियन्त्रण गर्छ। चीनले मुखै खोलेर आफू पाकिस्तानको पक्षमा उभिने बतार्इसकेको हुँदा परिस्थितिलार्इ सामान्य रूपमा लिनु हुँदैन।
हामी यी दुर्इ साम्राज्यवादी शक्तिहरूको शिकार भएका छौं । यस्तो अवस्थामा हाम्रा लागि समदूरि र तटस्थताको कुनै अर्थ छैन। पहिलो कुरा त अकारण हाम्रै शत्रुका रूपमा प्रस्तुत भएका अमेरिका र भारतका विरूद्धमा चीन र पाकिस्तानका पक्षमा उभिनु हाम्रा लागि जरूरि छ। दोश्रो कुरा, हिंजो जस्तो आज असंलग्न आन्दोलनको अस्तित्व पनि छैन । यस्तो अवस्थामा बीचमा बस्नु भनेको हमलाकारिहरूको आहार बन्नु हो ।
(दहालको फेसबूकबाट)




