चुनाव हुने कहिलेकहिले छिर्यो गाउँ एमाले
चुनाव हुने टुंगो छैन । चुनाव कहिले गर्ने भन्ने विषयमै दलहरु बिवादित छन् । संविधान संशोधन गर्ने र नगर्ने विषयमै दलहरुबिच बिबाद र टकराव छ । संविधान संशोधन गरेर निर्वाचनमा जाने कि सिधै निर्वाचनमा जाने विषयमै दलहरुको हलो अड्किएको छ । चुनाव जहिलेसुकै होस् । एमाले भने गाउँ छिरिसकेको छ ।
एमालेका नेता र कार्यकर्ताहरु यतिखेर गाउँ छिरेका छन् । नेताहरुले लगभग आफ्नो चुनाव क्षेत्रमा प्रचार प्रसार तिब्र पारेका छन् । त्यो प्रचार खुला छैन । झण्डा, नारा जुलुस र चुनावी नारा त दिएका छैनन् । तर एमालेका नेता गाउँ पसेर जनता भेट्न थालिसकेका छन् । तिनले जनतासित संवाद शुरु गरिसकेका छन् । संसदिय निर्वाचनमा अन्य दलभन्दा बाठा एमालेहरुले निर्वाचनको प्रसंग भने उठाएका छैनन् । अबको निर्वाचनमा हामीलाई मत दिनुहोला पनि भनेका छैनन् । तर गाउँका बाठा, बुझक्की र प्रभावशाली ब्यक्तिहरु छानेर तिसित सम्पर्क बढाउने, गाउँका समस्या सोध्ने र बुझ्ने गर्न थालेका छन् । धारो, पानी, बिजुली, सोलार, साना साना योजनाहरु सकेसम्म सरकार मार्फत सहयोग मागेर दिन थालेका छन् । महिलाहरुलाई सिलाईबुनाई, सांस्क्रितिक कार्यक्रमकालागि पोशाक, कम्प्युटर र अन्य सुबिधाहरु दिन, बाँड्न थालेका छन् । गाउँमा सडक, बत्ती र खानेपानीमा ध्यान दिएका छन् ।
एमालेले आफ्ना सक्रिय, स्थानिय, गाउँमा पहुँच र प्रभाव भएका, लोकप्रिय आफ्ना कार्यकर्ताहरुलाई गाउँ पठाइसकेको छ । ति मार्फत गाउँका समस्या बुझ्ने र तत्काल हल गर्न सकिने भए सरकार मार्फत पहल गरेर हलगरिदिने निति लिएको छ । एमाले सरकार बाहिर भएपनि अन्य दलको तुलनामा उसैले यस्ता कामहरु गाउँमा गरिरहेको छ ।
चुनाव जित्नकालागि के गर्नुपर्छ ? कहाँ कहाँ आफ्नो प्रभाव छ ? कुन क्षेत्रमा सुधार गर्नुपर्ने छ ? कम प्रभावशाली क्षेत्रमा के गरिदिए प्रभाव बढाउन सकिन्छ ? एमालेले त्यो अभियान भित्रभित्रै शुरु गरिसकेको छ । जनता विकास चाहन्छन् भन्ने एमालेको बुझाई छ । त्यसैले एमालेले सानातिनानै किन नहोस् विकासका कामलाई जोड दिएको छ । उसले विकासकै नारा अगाडि सारेको छ ।
कांग्रेस यतिखेर गाउँमा भेला र बैठक, वडा प्रतिनिधी चुन्न ब्यस्त छ । नेपाली कांग्रेसको गाउँ तहसम्म बिवाद र चर्काचर्की देखिन्छ । बिवादले गर्दा ए उटै वडामा साधारण सहा गर्नपनि नेपाल तरुण दललाई मुस्किल परिरहेको छ । सरकारमा सहभागि भएपनि नेपाली कांग्रेसले विकासका काममा खासै प्रभाव जमाउन सकेको छैन । कांग्रेसका कार्यकर्ता विकासका काममा ध्यान दिएर लागेकापनि देखिँदैनन् ।
उता माओवादी सेन्टरका अध्यक्षनै प्रधानमन्त्री भएपनि माओवादी गाउँ पसेको देखिन्न । यि तिनवटै दलको क्रियाकलाप चितवनमा नियाल्ने हो भने माओवादी कांग्रेस भन्दापनि पछाडी छ । आफ्नै नेत्रित्वको सरकार छ माओवादीको । तरपनि तिनले गाउँमा जनताको मन जित्ने केहि काम गर्न सकेका छैनन् । माओवादी केन्द्रका न त नेताहरु गाउँ पसेका छन् । न विकासका काममा ध्यान दिएका छन् । नत कार्यकर्ताहरुलेनै गाउँमा पसेर जनतासित एकाकार हुने गरेका छन् । गाउँमा अहिले एमालेको प्रभाव बढ्दो छ । ‘अबको निर्वाचनमा एमालेलाई मत दिने हो । एमालेनै ठिक हो । केहि गरे एमालेले गर्छ । विकास त एमालेलेनै गर्छ’ भन्ने भनाईहरु धेरैका मुखबाट सुनिन्छ । अन्य दलहरु केन्द्र वा सदरमुकामतिरै हराएको, विकासका केहि काम गर्नै नसकेको, गाउँ नपसेको मौकामा निर्वाचनको गन्धपनि नआउँदै एमालेले गाउँ गाउँ पसेर भब्य तयारि गरिरहेको छ, आगामी निर्वाचनको ।




