आतंकवादीको नाम जोडेर किन चलाईँदै छ कोशी बाँध उडाईदिने हल्ला ?
- मोहन पौडेल
नेपाली जनताहरू बीच अति लोकप्रिय प्रधानमन्त्रीले राजिनामा घोषणा गर्ने बित्तिकै भारतीय संचारमाध्यमहरूमा हर्षबढाईं शुरु भएको देखियो भने नेपालकै अति संवेदनशील वाँध कोशी ब्यारेजको बारेमा देश विदेशमा कुख्यात संचारमाध्यम (आजतक) मार्फत खतरनाक भारतीय संचारमाध्यमहरू स्वतन्त्र छैनन् किनकि मैले धेरै पहिले देखिनै भारतीय संचारमाध्यमहरूको अवलोकन गर्दै आएको छु । तपस्यारत बाल तपस्वीकोको समाचारलाई समेत नेपालका माओवादीहरूले पैसा संकलन गर्नको लागि राखिएको एक पुत्लाको संज्ञा दिनसक्ने कथित भारतीय संचारमाध्यमलाई नेपाली जनताले महाभूकम्पको बेला त राम्रै सँग चिनीसकेका छन् ।
पञ्चायतकालीन समाचारहरूलाई हेर्ने हो भने पनि नेपालका विषयमा भारतीय संचारमाध्यमहरूले स-साना तर भारतको हितमा भएका समाचारहरूलाई नै अतिरञ्जित गरेर आकाशवाणीको नेपाली समाचारमा प्रशारण गर्ने गर्थे । माओवादी युद्धकालमा पनि एकपटक जहाँ माओवादी र नेपाली सेना बसेर छलफलमात्र गरेको स्थान मा ५०० जना माओवादी मरेको झुटो समाचार भारतको सरकारी संचारमाध्यमले नै प्रशारण गरेको थियो जहाँ एक थोपो खुन पनि कसैको निस्किएको थिएन । त्यसैगरी नेपालको सीमा चीनले मिचेको जस्ता अपुष्ट समाचार हुन वा कुनै संसदले भारतको बारेमा टिप्पणी गर्दा नेपाले भारतलाई थर्कायो भनेर अतिरञ्जित गरेका समाचारहरू हुन् यस्ता धेरै उदाहरणहरू मैले देखेको छु । त्यसैले हिजो भारतीय संचारमाध्यमबाट आएको कोशी ब्यारेज सम्बन्धी समाचारमा भारतका यी स्वार्थहरू हुन सक्छन् ।
कोशी ब्यारेज असुरक्षित रहेको भन्दै आसपासका नेपाली जनतालाई हटाएर भारतीय सीमा सुरक्षाबलको दादागिरी विस्तार गरि नेपाली भूमी कब्जा गर्ने ।
पटक पटक नेपालका इन्जिनियरहरूले दिएको सल्लाह अनुसार बाँधको मर्मत गर्न पन्छिएर संभावित क्षतिलाई नेपालको पक्षमा थोपर्ने । अवगत रहोस् सो ब्यारेजको मर्मत लगायतका सम्पूर्ण जिम्मा भारतीय पक्षको छ । पटक पटक नेपाली विज्ञहरूले सो ब्यारेज जीर्ण भएको र पुनर्निर्माण आवश्यक रहेको कुरा भारतीय पक्षलाई जानकारी गराई सकेका छन् ।
नेपालको सुरक्षा स्थिति कमजोर देखाई प्रस्तावित उच्च कोशी बाँध सम्म भारतीय सुरक्षाकर्मीको प्रभुत्व स्थापित गराउँने ।आखिर किन भारतीय पक्ष नेपाल लगायत दक्षिण एसियामा आफ्नो प्रभुत्व देखाउन चाहन्छ ?
लामो समय सम्म अंग्रेजहरूको बुटमुनि परेका भारतीय शासकहरूको मानसिकतामा अझै पनि स्वतन्त्रता र सार्भभौमताको विरुवा टुसाउन सकेको छैन भलै प्रजातन्त्र र लोकतन्त्रको वकालत गरेको धेरै बर्ष होस् तर यीनीहरूको नजरमा नेपाल जस्तो ठाडो शिर गरेर रहेको र अहिले सम्म कसैको गुलामी हुन नसकेको स्वतन्त्र देश अनि त्यसलाई चुनौती दिन सक्ने सगरमाथा जस्ता अडिग गोर्खाली वीरहरू देख्दा भारतीयहरूको मनमा ईर्ष्याको ज्वाला पैदा हुन्छ । त्यसैले पटक पटक बरबराउने गरेका छन्, नेपाल पनि भुटान जस्तो खुशी रहोस् ।
नेपाली जनताहरूले भुलेका छैनन् कि १ लाख नेपाली मूलका भूटानीनागरीकहरूले सहेको दुःख । यसैले नेपालको संवेदनशीलतालाई चुनौती दिनेखालका कुनै पनि समाचारहरूमा हामी डटेर अघि बढ्नुपर्छ । यस्ता हरेक भ्रामक समाचारहरूको पछि रहेको निहित स्वार्थलाई उजागर गर्नु पर्छ ।




