नामर्द नेता किन दिल्ली धाउँछन्

  • शेखर ढुंगेल

Shekhar-Dhungel-00112121इमान्दारीपूर्वक भन्नु पर्दा २०४६ पछिका सबै नेता भारतीय बिर्यका नाजायज सन्तान हुन् । त्यसैले स्वभावत पिताको भुमि प्रति आस्था विश्वास र भरोसा हुने नै भयो । त्यस माथि पनि तिनले चारा हाल्ने हामी भेडा नेपाली नागरिकता बोक्ने कहिले पनि सार्वभौम नागरिक बन्न सकेनौं । आफ्नो बिबेक प्रयोग गर्न सक्ने योग्यता क्षमता देखाउन सकेनौं ।

हामी भेंडा नेपाली नागरिकता धाराकले कहिले पनि व्यक्तिगत स्वार्थ त्यागेर समाज र देश प्रतिको जिम्मेवारी निर्वाह गर्न सक्षम भएनौं । अपराधी लाइ जहाँ भेट्टायो त्यहाँ जुत्ता हान्नुपर्ने ठाउँमा फूलमालाले स्वागत गर्न प्रतिष्पर्धा गर्दैछौं । अनि दोष दिन्छौं कथित नेताहरुलाइ । नेतालाइ गालि गर्नु त आकास तिर फर्केर थुक्नु हो भन्ने मेरो मान्यता छ । आउनुस भोलि देखि बहिष्कार गर्न थालौ २०४६ पछि जन्मेका अनि पुराना तर असफल सबै नेतालाइ । जहाँ देख्नुहुन्छ त्यहि थुक्नुस । नमस्कार नगर्नुस । कतै नाबोलाउनुस । आउनुस एउटा आन्दोलन गरौं । अहिले भएका प्रत्कये दलका असफल, नालायक, भ्रष्ट सिनियर देखि कम्तिमा १५ जनालाइ राजनीतिबाट सन्यास लिन दबाब दिउँ ।

संबिधान संशोधन गरेर NO VOTE र ,RE-CALL को ब्यबस्था अनि प्रत्यक्ष निर्बाचित कार्यकारिणी प्रमुख र २५ प्रतिशत थ्रेस होल्ड ब्यबस्था गरौं । बढीमा ३५ दल मात्र अस्तित्वमा रहने ब्यबस्था गरौ। ५ बिकास क्षेत्रलाइ प्राकृतिक र ऐतिहासिक नाम दिएर प्रदेश बनाउँ । अनि अमेरिकाको जस्तो प्रतक्ष निर्बाचित गभर्नरको ब्यब्बस्था गरौं । खातेपाते पारिका भगौडा अपराधीहरु लाइ मुख्य मन्त्रि ,मन्त्रि बनाएर राष्ट्रिय झन्डाको बदनाम गर्न रोकौ । केन्द्रमा ७ देखि ९ मन्त्रालय मात्र सिमित गरौं । राजनीतिमा आउनको लागि केहि बिस्वब्यापी मान्यता अनुरुपको मोरल क्यरक्टरको सिमा निर्धारण गरौं ।

अनि हेरौ त कुन माइकालाल कसरि बिदेशीको जुत्ता पालिस गरेर, उसको श्रीमतीको भित्रि कपडा धोएर सेवा गरे बापत यो देशको दोहन गर्ने मौका पाउँ दो रहेछ ? हामीले हामी आफूलाई लाइ जिउँदो प्रमाणित गर्ने बेला हो यो । अन्यथा मुर्दा सरि, बिबेकहिन हामी माथि विदेशीका जुत्ता पालिस गर्ने राष्ट्रघातीहरुले हामि जिउँदो रहुन्जेल शासन गर्ने छन् ।

तपाइँको प्रतिक्रिया