के नेपाल मोदी र सुष्माको मौजा हो ? हाम्रा नेता उनीहरुको मतियार हुन् ?

  • तेज कार्की

writer_iconआफुलाई आफ्नै राजनीतिक धरातलमा विश्वास नभएको र जनताको नजरमा गिरेको अवस्थामा मोदीको टिका थाप्न अनेक बहानामा दिल्ली जानु सबभन्दा सजिलो राजनीति गर्ने उपाए भएको छ नेपालमा ।

भारतले ६ महिना नाकाबन्दी गरेर दुख दियो । जनताले भुकम्प भन्दा पनि बडी दुख नाकाबन्दीले दिएको गुनासो गरे । त्यो आलो घाउ नसुक्दै एउटा नेता सरकार गिराउन स्वास्थ उपचारको बहानामा बिन्तीपत्र हाल्न दिल्लीका गल्लि गल्लि चाहारे । जसले त्यत्रो दुख दियो उसकै चाकरी मा लागे । अर्का टेप काण्डका माओबादी नि तिनै गल्लिमा पुगे । अझ मदेशि नेता त लालु यादवकोमा लम्पसारै परे ।

संसारमा बिरलै देश होला जसका नेता सत्तामा जनाको लागि अर्को देशमा बिन्तिपत्र हाल्छन । यो स्वाभिमान, नैतिकता र कुनै पनि राजनीतिक मूल्य मान्यताले दिँदैन । तर नेपालका नेता लाज पचाएर निच दाँत देखाएर औषधीको बहानामा दिल्लीका गल्लि गल्लिमा आफ्नो पदिय हैसियत समेत बिर्सेर बिन्तिगर्दै हिँड्छन । अरुद्वारा परिचालितले स्वाभिमान जोगाउन सक्दैन ।

नैतिकताको अभाव भएको माहोलमा कोहि भन्दा कोहि कम छैनन् । भोलि के पी ओली भारत गएर त्यसै गरेभने आस्चर्य हुने छैन । त्यत्रो राष्ट्रिय अडान लिएको ब्यक्तीले अन्तिममा तिनै भारतको दलाली गर्नेहरुलाई प्रधानमन्त्रिको प्रस्ताव गरे भन्ने समाचार पत्रपत्रिकामा आयो । अरु बेला भारतीय दलालको बिरोध अनि अन्तिममा तिनैको नेत्रितोको सरकारलाइ समर्थन ।

द्विध चरित्र, सैधान्तिक बिचलन र त्यस्तो प्रवृति दण्डित नहुने मुलुकमा स्वाभिमान जोगिँदैन । देश पनि बन्दैन । के हाम्रा नेता साँचीकै स्वाभिमानी नेपाली का सन्तान हुन् ? बिर बलभद्र र भक्तिथापा माथि छक्क परेका होलान ? गोपाल योञ्जनको गीत (म झुक्दै नझुक्ने नेपालको छोरो) गलत झैँ भएको छ ।

अन्त्यमा :

नैतिक हिन, स्वार्थ अनुकुल फोहोरी राजनीति गर्न लाज नमान्ने, अरुलाई भारतीय दलाल भन्ने तर मौका परे आफै दलाली गर्ने दोहोरो चरित्र भएका नेता । जनता लाइ भेडा मान्ने, र जनता चाही सोझा (बिरोध नगर्ने) वा आफ्ना स्वार्थ पूर्ति भए चुप लाग्ने र आफ्नो लोकतान्त्रिक अधिकार माग्ने तर जिम्मेबारी पुरा नगर्ने । यस्तो अवस्था रहेसम्म मुलुकमा नामर्द नेताहरु निर्लज्ज दिल्ली धाउन छाड्नेवाला छैनन् ।

हाम्रो समग्र सामाजिक संस्कार र स्वाभिमानको स्तरको गिरावट (गरिबी र अन्य कारण ले) छ । यस्लाई युवा बर्गमा व्यापक बहसको आबस्यक छ । अब आशा नयाँ युवामा छ । अब कसले कसरि युवा परिचालन, राष्ट्रहित र स्वाभिमानको लागि गर्छ भन्ने आजको अहम प्रश्न हो । तर भेडाको भेषमा ब्वाँसो पस्न पनि सक्छ विचार गर्नुपर्छ ।

(ईमेल बहसमा कार्कीले ब्यक्त गरेको बिचार)

तपाइँको प्रतिक्रिया