सरकार ढाल्ने निरन्तरको खेल र जनताले बुझ्नुपर्ने कुरो
- डा नेत्र पसाद पौडेल
प्रचण्ड र देउवालाई निक्कै गाली गरिएको छ। अरू यस्तै ठूला मानिएका नेताहरूलाई पनि भरपुर सराप गरिएको छ। तर म यस्को कुनै अर्थ नै देख्दिन। यो त सधै जाँड खाएर आउनेलाई, तैले आज किन जाँड खाइस भने जस्तै हो। संसदिय ब्यवस्थाको नराम्रो खेल भनेको नै सरकार बनाउने, सरकार ढलाउने, र फेरि केहि महिनाको लागि अर्को नयाँ प्रधानमन्त्री संसदबाट चुन्ने ।
यहाँ सबैलाई प्रधानमन्त्री हुनु परेको हुन्छ । किनकि एउटा जागिरेले पेन्सन पाउन भनु वा राज्यबाट कुनै सुबिधा पाउन २० वर्ष जागिर गर्नुपर्छ। तर प्रधानमन्त्री, गृहमन्त्री यस्तो पद हो, तपाईं केहि महिनाको लागि नै त्यो पदमा पुग्नुभयो भने तपाईंको जीवनभरिको लागि भत्ता र चाहिने सुविधाहरू सुनिस्चित भयो । संसदिय ब्यवस्थामा पालो गरेर प्रधानमन्त्री हुन मिल्छ । हेर्नहोस सुरुबाट यस्तै भएको छ ।
अहिलेका सरकारहरु बिभिन्न पार्टीहरू मिलेर बनेको गठबन्धन सरकारहरु हुन । यि त जहिले पनि ढल्छन् वा ढालिन्छन्। यस्मा कुनै अच्चम मान्ने र गुनासो गर्ने कुरा नै छैन । अझ यो भन्दा रमाईलो कुरा त के छ भने, यो संसदिय ब्यवस्थामा त कुनै एउटै पार्टीको बहुमतको सरकार पनि कुनै पनि बेला ढल्न सक्छ । यहाँ पार्टीको दोस्रो ब्यक्ति प्रधानमन्त्री हुनको लागि पाँच वर्ष कुर्दैन । उ आफ्नै पार्टीको बहुमतको सरकार कसैगरि पनि ढालेर प्रधानमन्त्री हुन्छ । किन कि संसदिय ब्यवस्थामा यो गर्न मिल्छ, त्यसैले गरिन्छन यस्ता काम । तपाईं हामी सामाजिक संजालमा कराएकोले कुनै अर्थ राख्दैन। संसदिय ब्यवस्थामा यसैगरि सरकार बन्छन् र ढलिरहन्छन् । यो रमिता हेर्दाहेर्दै तपाईं हामी आफै एकदिन ढल्छौं ।
अमेरिका, जर्मनी यस्तै देशहरूमा हेरौं । यहाँ वर्षौंसम्म एकजना नै सरकार प्रमुख छ। त्यसो हुँदा उस्ले बजेट पनि ल्याउँछ र त्यो अनुसार काम पनि गर्न पाउँछ । गरेन भने अर्को चुनावमा जन्ताले उसलाई भोट हाल्दैन्न् । त्यो पार्टी नै नराम्रोसँग हार्छ । तर हामी कहाँ दश महिना सरकारमा हुने दललाई जन्ताले किन काम गरिनस भनि सोध्न सक्ने आधार नै हुँदैन । त्यसो हुँदा नै प्रत्येक जसो चुनावमा कुनै पार्टीको बहुमत आउँदैन । लगभग एउटै समिकरणमा पार्टीहरूले मत प्राप्त गर्छन । अब के गर्ने त ?
अब गर्ने भनेको जहाँ जुन स्तरको नेता भेटिन्छ त्यस्लाई समातेर भन्नुपऱ्यो ‘जन्ताले सिधै चुन्ने सरकार प्रमुख हुने ब्यवस्था हुनु पऱ्यो।’ चाहे त्यो राष्ट्रपतिय प्रणाली होस वा प्रधानमन्त्री नै, तर जन्ताले सिधै भोट हालेर चुन्न पाउनु पऱ्यो । त्यसैले नै चार वा पाँच वर्ष सरकार प्रमुख भएर काम गर्न पाओस । यो कुरामा हामी जन्ताहरू कांग्रेस, ए(माले, माओवादी, राप्रपा वा मधेसी दल भनेर बाँडिनु भएन । सबै जनताले एक स्वर भएर माग गर्नुपऱ्यो ‘हामीले आफै चुनेको सरकार प्रमुख चहैन्छ । म राजनैतिक बिस्लेषक होइन, न त कुनै पार्टीको सदस्य नै । म पनि तपाईंहरू धेरै जस्तै देशलाई माया गर्ने नागरिक मात्र हु । अन्यथा नलिनु होला ।
(पौडेलको फेसबूकबाट लिएको हो)




