ठूलै अनिष्टकारि षडयन्त्र हुनसक्ने संभावनातिर आम नेपालीको ध्यान खिचिन जरुरी

  • भरत दहाल

bharat-dahalपछिल्लो परिस्थितिमा नेपाल र चीनका बीचमा बिस्तार हुन थालेको संबन्धलारई लिएर इण्डीयन, अमेरिकन र यूरोपीयनहरू सकसमा परेका छन् । नेपालमा अर्को अस्थिरता उत्पन्न गरेर यसलाई रोक्ने तिनीहरूको प्रयास सफल हुन सकिरहेको छैन । सरकार परिवर्तनका लागि गरिएको प्रयास सार्थक हुने संभावना क्षिण बन्दै गएपछि इण्डो पश्चिमी शक्तिहरूले अर्को विकल्प पनि खोज्न थालिएको बुझिन्छ ।

एउटा वैधानिकु विकल्पका रूपमा दलहरूबाट स्वतन्त्र रहेको तिनीहरूको पकडको व्यक्तिको नेतृत्वको सरकार हो । दलहरूका बीचमा सहमति नभएको कारण देखाएर आमु सहमतिका रूपमा यस्तो पात्रलाइ अगाडि सारेर चीनसंग भएका संझौताहरू कार्यान्वयन हुनबाट रोक्ने र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बिथोल्ने उद्देश्यले भैरहेको खेलका रूपमा लोकमानसिं कार्कीको नाम चर्चामा ल्याइएको हुन सक्छ ।

यो प्रयास पनि असफल भए साम्राज्यवादीहरूले ठूलै अनिष्टकारि षडयन्त्र गर्नेछन् भन्ने कुरातर्फ आम नेपालीहरूको ध्यान खिंचिन जरूरि छ। त्यो षडयन्त्र हो आइ एस (IS) का नामबाट गरिने बम बिष्फोट । आई एसको निशानाका रूपमा दक्षिण एशियाको चर्चा गर्दै पश्चिमी सरकारि र गैर सरकारि रिपोर्टहरूले नेपालतिर औला फर्काउने संकेत दिएका छन् । खुला सिमाना र साउदीमा रहेका नेपाली यसमा प्रयोग हुन सक्छन् ।

आई एस वा अन्य आत्मघाति दस्ताहरूलाइ तालिम दिने सिआइएको गुप्त थलो साउदी अरब हो। त्यहिं तलिम दिएर सिआइएले विश्वभरि हमलाकारिलाइ पठाउने गरेको छ । भारतसंगको सिमाना खुला राखिएकोले यस्ता मानिसहरू नेपाल पठाउन कुनै कठिनाइ छैन । छलफल र पूर्व तयारि विना चिनियाँ सुरक्षा नेतृत्वका व्यक्तिहरूको आकस्मिक नेपाल भ्रमणले यस्तो आशंकित अनुमानलाइ बल दिंदै गैरहेका छन् ।

चीलतिर औंला देखाएर चल्ला चोर्ने छट्टु स्यालको कथा नेपालमा पटक पटक नै दोहरिइसकेको छ । नेपाललाइ यूरोप बनाउने इशारा गरेर नव उदारवादले नेपाली सबै खाडिमा गलहत्याएको र जनवादतिर औंला देखाएर गरीबहरूलाइ १२ बुँदेको खाडलमा जाकेका तिता अनुभवहरू यहाँ छन् । दलिय सहमति र स्थिरताको बोक्रो देखाएर नेपालभित्र आई एसको मुकुण्डो अवतरण गराइने कुरा अस्वाभाविक हुने छैन ।

 

तपाइँको प्रतिक्रिया