ठुलो रक्तपात टरेछ त्यो दिन
अस्ति मन्त्री परिषदको बैठकबाट माओवादीहरुले प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरे । उनलाई कारवाहि गरेर आइतबार मन्त्रीपरिषदको पत्र थमाईयो । त्यसको लगत्तै कुल बहादुर खड्कालाई प्रधान सेनापती बनाईयो । सोमबार बिहानै राष्ट्रपतीले कटुवाललाई प्रधान सेनापती पदमै काम गर्न पत्र पठाए । यसले देशमा दुई जना प्रधान सेनापतीको अवस्था देखापर्यो । खड्का जन निर्वाचित सरकारले नियुक्ति गरेका । उता कटुवाल राष्ट्रपतीद्वारा बहाल गरिएका । यहिबेला देशमा अति भिषण युद्द र रक्तपात हुन सक्ने अवस्था थियो । धेरै त्यो आशंका गरेका पनि थिए ।
सरकारले बर्खास्त गर्नासाथ बिभिन्न कानुनी र अन्य शक्ति केन्द्र धाउँदै गरेपनि कटुवालले निस्क्रियता देखाइसकेका थिए । तर सोमबार राष्ट्रपतीको पत्र पाउनासाथ कटुवालले बिहानै स्टाफ मिटिङ बोलाएर कमाण्ड लिन सक्रिय भए ।
राष्ट्रपतीको पत्र कुल बहादुर खड्कालाई बुझाउँदा उनले त्यो पत्र लिन आनाकानी गरेका रहेछन् । खड्काले रक्षा मन्त्रालयले आफुलाई नियुक्त गरेकाले आफुनै प्रधान सेनापती भएको दाबी गरिरहेका थिए । तर कटुवाल पक्षले भने राष्ट्रपती नेपाली सेनाको परमाधिपती भएकाले सेनाले राष्ट्रपतीको निर्देशन मान्नुपर्ने बताउँदै आफुले कमाण्डलिने बताइरहेका थिए । यहिँ नेपाली सेनाबिच द्वन्द देखा परेको थियो । कटुवाल र खड्का समर्थक दुइ खेमामा बिभाजित थिए । त्यसमा सेनाका अधिक्रित मात्रै नभएर सैनिकसम्म बिभाजित देखिएका रहेछन् ।
यदि मओवादीले उत्तेजित पारेको भए कुल बहादुर खड्कालेपनि कमाण्ड लिने प्रयास गर्न सक्नेथिए । किनभने उनलाई रक्षा मन्त्रालयले नियुक्ति गरेको थियो । उनका पक्षका सैनिकहरुले लोकतन्त्रमा जन निर्वाचित सरकारको निर्देशन पालना गर्नुपर्छ भन्ने सुझाव दिइरहेका रहेछन् ।
त्यहि बिचमा उनीहरुले हामी हौं जन निर्वाचित सरकारले नियुक्त गरेको,भन्दै उत्रिन सक्थे । तर रक्षा मन्त्रालयको बुद्दिमत्ताकै कारण भन्नुपर्छ उनिहरुले त्यसो नगरि बसिरहे । अथवा माओवादीहरु प्रधान सेनापती खड्का जस्तै उत्तेजित भएको भए खड्का र कटुवालपक्षबिच तानातान हुन्थ्यो । माओवादीहरुले रक्षा मन्त्रालयको निर्देशन मन्नु पर्छ भन्दै सेनालाई अगाडि बढाउनपनि सक्थे आफ्नो पक्षमा । त्यसले दुई पक्षबिच साँच्चै भिडन्त गराउँथ्यो ।
जन निर्वाचित सरकारको निर्णयलाई राष्ट्रपती डा रामवरण यादवले चुनौति दिएपछि यसैपनि समानान्तर सरकार निर्माण गरेको अवस्था थियो । प्रजातान्त्रिक बिधिलाई लत्याएर सैन्य बिकल्प खोज्नासाथ माओवादी नेत्रित्वको सरकारलेपनि हामी त जन निर्वाचित हौं भन्दै सैन्य उपाय रोज्न सक्थे । कुल बहादुर खड्कालाई नियुक्त गरेपछि धेरैले त्यहि अवस्था हुन्छ भन्ने अनुमान पनि गरेका गरेका रहेछन् । राष्ट्रपती र कटुवालले झैं उनीहरुले पनि सैन्य भिडन्तबाट समस्याको समाधान निकाल्छौं भनेर अगाडि बढ्न सक्थे । नेपाली कंग्रेसलेझैं सेनालाई उक्साउन मात्रै खोजेको भए त्यो स्थिति टाढा थिएन । जन निर्वाचित सरकारले बर्खास्त गरेका सेनापतीलाई पुन बहाली गर्ने अधिकार आलंकारिक राष्ट्रपतीको हुँदै होइन भन्दै त्यसका बिरुद्द सेनालाई उतार्न सक्ने अवस्था थियो माओवादीको । रक्षा मन्त्रालयले आदेश दिएको भए त्यो हुनपनि सक्ने थियो । त्यसले देशमा अति ठुलो रक्तपात निम्त्याउने थियो । यदि प्रधान मन्त्री प्रचण्डले तुरुन्तै राजिनामा दिएर बुद्दिमता नपुर्याएको भएपनि दिपक्षिय सैनिकहरुबिच द्वन्द हुन सक्ने संभावना थियो । रक्षा मन्त्रालय, कुलबहादुर खड्का, प्रधानमन्त्री प्रचण्ड र बहाल गरिएका प्रधान सेनापती रुक्मांगत कटुवालको सुझबुझ नै भन्नु पर्छ, कम्तिमा हत्या र हिंसाको ठुलो निष्ठय टर्नुमा ।




