गणतन्त्रको फाईदा कैदी र नेतालाई, जनतालाई केहि न केहि

constitution-e1373371211576

राजतन्त्र फालेर गणतन्त्र घोषणा भएको आठ वर्ष पुग्यो । यो आठ वर्षमा गणतन्त्रले फाईदानै नदिएको पक्कै होइन । हरेक वर्ष गणतन्त्रको अवशर पारेर केहि अपराधी छुट्छन् । बन्दीहरुले जेलको सजायँबाट आममाफी पाउँछन् । यो पारा पञ्चायततकै हो । राजाले त्यसै गर्थे, आफ्नो जन्मदिवशका दिन । गणतन्त्र फेरियो तर चिन्तन फेरिएन । अहिले गणतन्त्रको अवशरमा आफ्ना निकटका, चाटुकारहरुले सुझाव दिएका, कमिशन पाएका कर्मचारी, पार्टीका कार्यकर्ताले आफ्नाहरु छुटाउँछन्, राष्ट्रपतीलाई सुझाव दिएर ।

गणतन्त्रको फाईदा त्यतिमै सिमित छैन । गणतन्त्र पछि नेपाली नेताले जनतालाई धेरै आश्वाशन दिए । देश स्विजरल्याण्ड बन्ने सम्मको लोभ देखाए । तर गणतन्त्र आएको आठ वर्ष पुग्यो । जनताले के पाए ? दुख । भारतीय नाकाबन्दिको सास्ती पाए । देशले आत्मनिर्भर बन्ने कुनै उपाय खोजेनन् । नेताहरुले भने सुबिधाको इन्धन लिए । सुबिधा लिए । महँगा कारमा हुइँकिए ।

गणतन्त्रको फाईदा नेताले लिए । संसदबाट भत्ता लिए । सुबिधा थापे । देश बिदेशको भ्रमण गरे । राष्ट्रिय ढुकुटीमा मासिक तलब लिए । त्यो तलब जनतालाइ सुबिधा दिने, राष्ट्रलाई सम्ब्रिद्द गराउने नाममा लिए । तर जनाताले केहि पाएनन् ।

बुझक्की, जन भावनाको कदर गर्ने, राष्ट्रिय सोच, चिन्तन बोकेको राष्ट्रवादी नेताले कहिल्यै पनि जनताको स्तरभन्दा बढि सुबिधा लिँदैन । समाजवादी, साम्यवादी नितिको त कुरै गर्नु परेन । पूँजिवादी देशका नेतालेपनि लिँदैनन्, लिएका छैनन् धेरै देशमा । तर हाम्रो देशमा ? गणतन्त्रले स्थापित गरेका नेतालेनै त्यसलाई लत्याए । जनताको जिवनस्तर, जिवन धाउन्ने मेसो ख्याल गरेनन् । तर आफ्नो स्रुख, सुबिधा, तलब, भ्रमण र भत्तामा भने एक चिम्टि घट्न दिएनन् बरु बढाए ।

राष्ट्रियताका मुद्दामा केपी ओलीको सरकार केहि सकारात्मक देखिएको छ । तर बचन र नारामा ऊ अगाड्, आकर्षक देखिएपनि कार्यक्षेत्रमा ब्यवहारिक, सक्रिय देखिन सकेको छैन । जनताका दैनिक समस्याको पहाड चुलिँदो छ । जनताका आशा मर्दा, हराउँदा छन् । देश सम्ब्रिद्द बन्ला भन्ने आशा साँघुरिँदो छ । गणतन्त्र आएपछि देश स्विजरल्याण्ड बनाउँछौं भनेर बाचा गर्ने नेता बदनाम भएका छन् । ति नेताका आँगान, घर, जिवनशैली, सोच स्विजरल्याण्डका जनताको भन्दा माथि पुगेको छ, तर जनताको हालत भने गिरेको छ। त्यसैले गणतन्त्रका बारेमा जति खुशियाली मनाएपनि जनताकालागि यसको उति ठूलो अर्थ छैन, महत्व राख्दैन । किनभने गणतन्त्रले चखाएका गुलिया शब्दहरु नक्कली साबित भएका छन् ।

गणतन्त्र नेपालका नेताले  चाखेका छन् । राष्ट्रपती, मन्त्री, सभासदलाई आएको छ । त्यसका नाममा तलब, भत्ता, सुख सुबिधा लिएका छन् । देशबिदेशको यात्रा गरेका छन् । राजनितिक पहुँच उठाएका छन् । यिनले हिजोपनि लिएका थिए  । बदुदलिय प्रजातन्त्रकालमापनि लिएका, मस्ति गरेकाहरुनै आज गणतन्त्रको रस चुसिरहेका छन् । अझ कति त पञ्चायतकालदेखिनै राज्यको सुख र सुबिधा लिनेहरु छन् । जनता भने उस्ताको उस्तै । तिनका लागि दैनिक जिवनका आवश्यकताको खाँचो उस्तै छ । जनताले गणतन्त्र र बहुदलियकाल, पञ्चायतकालबिचको भिन्न महसुस गर्न पाएका छैनन् । त्यसैले प्रश्न उठ्छ, यो गणतन्त्र कसका लागि हो ? केकालागि हो ? नेता, कार्यकर्ता, मन्त्री, सेनाका जर्नेलहरुकालागि हो भने तिनको मस्ति हिजोपनि थियो । गणतन्त्र किन चाहियो ? जनताकोलागि हो भने खै त जनताले अलिकति राहत महसुस गर्न पाएको ?

जबसम्म जनताका माग, दुखका कहानी, दैनिक जिवनका अप्ठेरा पुरा हुनेतर्फ गणतन्त्रले पाइलो चाल्दैन तबसम्म गणतन्त्र जनताकालागि घाँडो हो । ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तो । गणतन्त्रले नेतालाई पो तलब, भत्ता, सुबिधा र भ्रमण दिन्छ जनतालाई  के दियो ? के पाएकाले जनता खुशि हुने गणतन्त्र दिवश भन्दै ?

तपाइँको प्रतिक्रिया