सन्दर्भ बुद्द जयन्ति : मार्क्सवादसित बुद्द दर्शनको नातो

  • राम बहादुर गुरुङ / बेल्जियम

ram-bahadur-gurung-belgium-1212आज २५६०औं वुद्ध जयन्ती, वुद्ध प्रती आस्था र सम्मान राख्ने तथा वौद्धमार्गीहरुले संसारभरी मनाउँदैछन । कपिलवस्तुका राजकुमार सिदार्थले त्यसवेला समाजमा व्याप्त असमानता,भेदभाव र गरिवीवाट आम मानिसले मुक्ति पाउन सकिन्छ भन्ने विषयमा यती चिन्तनशिल भएकी राजदर्वारमा पाउने सुख सुविधा,वावु आमा र आफ्नै प्यारी पत्नी र भर्खर जन्मेको छोरालाइ समेत त्यागे । मुक्ति मार्गको खोजीमा निस्के । सुरुमा उनले परमपरागत ढंगले मुक्तिको मार्ग खोज्ने प्रयत्न गरे । तर वषौं पछिसम्मपनि सफल भएनन् । अन्तमा आफैले अन्वेषण गरेको विधि द्धारा मुक्तिको मार्ग पत्ता लगाए ।

त्यसपछि राजकुमार सिदार्थ गौतम वुद्ध कहलिए । उनले अनेक अनुभव र चिन्तन द्धारा संसारमा व्याप्त सवै दुखवाट मुक्ति पाउन आठवोटा मार्ग जस्लाइ ‘अष्टमार्ग’ पनि भनिन्छ । त्यो पत्ता लगाए । अष्टमार्ग निम्नवमोजिम छन ।

भूमिका : संसार दुखै दुखले भरिपूर्ण । दुखको कारण छन । दुखको कारण पत्ता लागे पछि त्यसको समाधान पनि हुन्छ ।

१ : सवै भन्दा पहिला दुख हामीले वोल्ने वचनवाट निसकन्छ त्यसैले ठिक वचनको प्रयोग गरौं

२ : दोश्रो दुख हामीले गर्ने कर्म अर्थात कामवाट निसकन्छ त्यसैले ठिक कर्म गरौं

३: तेश्रो दुख यो संसारमा वांच्न वा गृहस्थ चलाउन गरिने जिविका वा व्यवसायवाट पनि निसकन्छ त्यसैले ठिक जिविका गरौं । ठिक जिविकाको लागी वुद्ध दर्शनमा तिन किसिमका व्यावसायलाइ कडाइका साथ वंचित गरिएको छ ती हुन : हतियारको व्यवसाय, कसाइको व्यवसाय ( पशु पंक्षीको वध गरेर गरिने व्यवसाय ) र नशालु पदार्थ सम्वन्धि व्यवसाय ।

उपरोक्त तिनवोटा ठिक मार्गलाइ कायम राख्न गर्नु पर्ने अन्य दुइ ठिक कर्म छन । ति हुन :

४ : ठिक प्रयत्न । उपरोक्त तीन कर्मवाट विचलित हुन नदिन ठिक ढंगवाट प्रयत्नशिल रहने ।

५ : ठिक तत्परता । उपरोक्त चार मार्ग वाट विचलित नहोस भनेर हरपल तत्पर भइरहने ।

उपरोक्त पांचवोटा विधी भित्रनै पंचशिल पर्दछ । पंचशिल भनेको निम्न वमोजिम छन :

१ :  कुनै पनि प्रकारको हिंसा नगर्नु

२ : झुठो नवोल्नु

३ : चोरी नगर्न

४ :  व्याभिचार नगर्नु

५ : नशालु पदार्थको प्रयोग नगर्नु

वुद्धले मानव जातिले अशल गृहस्थी जीवन व्यतित गर्न कम्तिमा पनि उपरोक्त पंचशिलको पालना गर्नु पर्दछ भनेका छन ।

६ : ठिक समाधी । उपरोक्त पांचवोटा ठिक मार्गको अवलम्वन पछि मात्र ठिक समाधीको मार्गमा जान सकिन्छ । त्यो भनेको उपरोक्त पंचशिलको पालना पछि हाम्रो मन वा चित्त हावा नलागेको दियो जसरी सिधा वलिरहन्छ । भन्नाले पंचशिलको पालनाले चित्तलाइ स्थिर वनाउँछ ।

७ : ठिक संकल्प । ठिक समाधीको मार्गसम्म आए पछि मात्र ठिक संकल्प गर्न सकिन्छ ।

त्यो भनेको यस अवस्थामा मानिसको चित्तमा समभाव अर्थात निष्पक्ष भावको विकास हुन्छ । अर्को अर्थमा उसलाइ कुनै पनि प्रकारको दुख वा सुखले छुँदैन । किनभने यतिवेलासम्म संसारका हर वस्तु हरपल परिवर्तन भइरहेको छ भन्ने उसलाइ ज्ञान हुन्छ । त्यसैले उ कुनै पनि दुखवाट विचलित हुँदैन किनभने त्यो अनित्य वा अस्थायी छ भन्ने थाहा हुन्छ । त्यस्तै गरेर उ कुनैपनि सुखमा टाँसीदैन किन भने त्यो पनि अस्थायीनै छ भन्ने थाहा हुन्छ । सवै वस्तुलाइ वा त्यसमा आउने परिवर्तनलाइ स्वाभाविक ठानी नविर्सी समभावले उसले हेरिरहेको हुन्छ । त्यसवाट प्रभावित हुँदैन ।

८ : ठिक प्रज्ञा । उपरोक्त सात मार्गको अवलम्वनवाट ठिक ज्ञान प्राप्त हुन्छ भन्ने वुद्धको ठम्याइ हो ।

विपश्यना ध्यानका विपश्वीहरु भन्छन वुद्धले विपश्यना ध्यानको मार्ग वाटनै परिनिर्वाण प्राप्त गरे यसको अर्थ उनि संसारका दुख र सुख वाट मुक्त भएर उनले यो विधी आफ्ना अनुयायीहरुलाइ सिकाए ।

भनिन्छ, वुद्धको मृत्यु पश्चात करिव पांचशय वर्षसम्म वुद्ध दर्शन सही ढंगले एसियाको धेरै देशमा लागु भयो । तर कालन्तरमा वुद्धका अनुयायीहरुलेनै वुद्ध दर्शनमा विभिन्न फेरवदल ल्याए । फलस्वरुप अहिले आएर वौद्ध दर्शन महायानी, हिनयानी र वज्रयानी आदी सम्प्रदायमा विभक्त भएका छन ।

             वुद्ध दर्शन र विपश्यना ध्यान 

वर्माको कुनै एउटा वौद्ध मठमा वुद्धको मृत्यु पश्चात गुरु शिष्य परम्परामा विपश्यना ध्यानको अभ्यास जीवीतै रहेको अवस्थामा भारतिय संभ्रान्त व्यापारी सत्यनारायण गोयन्काले आफैले सो ध्यान सिकी उनका गुरुको निर्देशनमा भारतमा विपश्यना ध्यानको प्रचार प्रसार गरे । त्यो अहिले विश्वव्यापी जस्तै वन्दै गइरहेको छ । यसो भनिरहने पंत्तिकारले विपश्यना ध्यान वारे थाहा पाएर पनि अहिले सम्म प्रयोग नगरी कोरा गफ गरिरहेको भान आफुलाइ लागीरहेको छ । त्यसैले निकट भविष्यमानै नेपालमा यो ध्यानमा जाने संकल्प गरेको छु । इच्छुक महानुभावहरुले युट्युबमा सत्यनारायण गोयन्काको दश दिने विपश्यना ध्यान शिवरमा दिइने सम्पूर्ण प्रवचन सुन्न सकिन्छ ।

                  मार्क्सवाद र वुद्ध दर्शन 

वुद्धले संसारमा सुख शान्ति कायम रहोस भन्ने उद्धेष्यले उपरोक्त दर्शनको प्रतिपादन गरेका थिए । त्यसवेलाको परिस्थीतीमा वुद्ध क्रान्तिकारी थिए । उनले आफ्ना सिद्धान्तको प्रयोगले समाजमा भएका असमानता र भेदभावको धेरै हदसम्म अन्त गराएका थिए । उनका समकालिन धेरै राजाहरुले आफुलाइ पूर्णरुपमा परिवर्तन गराएका थिए जस्ले गर्दा देशमा सुशासन कायम थियो । वुद्धकालिन कथाहरु पढदा अनेक क्रुर राजा र समाजका अनेक क्रुर र अराजक मानिसहरु वुद्ध दर्शन द्धारा प्रभावित भएर आफुलाइ पूर्णरुपमा परिवर्तन गराएका थिए । उदाहरणको रुपमा राजा अजात शत्रु र कुख्यात डांकु अंगुलीमाल हुन ।

वुद्ध दर्शन र मार्क्सवाद

तर हजारौ वर्ष पछि संसारमा धेरै कुरामा परिवर्तन आएको छ । विज्ञान र प्रविधीको विकासले अहिले संसारलाइ वुद्धकालिन संसार भन्दा निक्कै भिन्न वनाइदिएको छ । तर पनि समाजमा असमानता र भेदभाव वांकीनै छ । मात्र हिजोको जस्तै रुपमा नभइ भिन्न रुपमा देखा परेको छ । यसवाट संसारले मुक्ति पाउन माक्र्सवादको प्रयोग नगरी सुखै छैन । अहिले सम्म पनि कार्ल माक्र्सको सिद्धान्तलाइ संसारका कुनै पनी वादले नकार्न सकेको छैन । दिगो शान्ति र सुखको लागी वैज्ञानिक माक्र्सवाद अपरिहार्य छ ।

 

तपाइँको प्रतिक्रिया