ओ एन एफको अधिवेशन र हाम्रा स्वाभाविक चिन्ताहरू

– चन्द्र शर्मा / बेल्जियम
chandra-sharmaपार्टी नदि हो भने हाम्रो प्रवासी नेपाली मंच खोला हो । खोला निरन्तर नदिसंग भेट्ने लक्ष लिएर अगाडी बढी रहन्छ । पानि खोलाको नै हो तर त्यसको धर्म समुद्र प्राप्तिको लागि बगिरहनु हो । किनारामा ठोक्किएर कहिले त्यो पानि बिचमा आउछ र कतिबेला किनारा मै पुग्दछ । तर त्यो निरन्तर बगी रहन्छ । त्यस्तै अधिवेशन वा सम्मेलनमा कार्यकर्ताको आउनेजाने क्रम चलि रहन्छ ।भूमिका कहिलेकाही केन्द्रमा हुन्छ त कहिलेकाही कार्यकर्ताको रुपमा किनारमा । किनारमा ठोक्किएर बाहिर जाने कुरा सोच्न पनि सकिदैन । त्यो प्राकृतिक प्रक्रियासंग किन डराउने ? त्यो त संगठनलाई जिबन्त राख्ने पध्दति हो ।

त्यस्तै सभा सम्मेलन र अधिवेसनमा प्रतिक्रिया केहि बढी आउछन । केहि नया सम्भावना,नया तौरतरिका र सोचहरु पनि आउछन । राम्रा सोच ,इमान्दार भावना र जन हितका हाम्रा कर्महरु इतिहास बनेर बस्दछ्न नराम्रा प्रवृतिहरु नामेट भएर जान्छन । अहिले कोहि नया भूमिका सहित आउदा संगठन बिग्रने होकी भन्ने सोच केहि साथिहरुमा पाइञ्छ, केहि कुरा विभिन्न माध्यामबाट बाहिर पनि आएका छन् कार्यकर्ताको त्यस प्रकारको चिन्ता स्वाभाविक पनि हो । संगठन बनाउदा बगेका पसिनाहरू खेर नजाउँन भन्ने चिन्ताको सम्मान हुनु पर्छ । तर ब्याक्तिगत लाभ हानिको अभिलाषा,पूर्वाग्रह ,र आत्माकेंद्रित सोचबाट आएका कृतिम चिन्ताहरू रोग हुन् । रोगि चिन्ताले कसैको हित गर्दैन । संगठनलाई जिवन्त बनाउन फेरी पनि प्रतिक्रियाहरु आइरहनु पर्दछ । बगेको खोला सुसाइ रहन्छ जुन जिबंतताको प्रमाण हो । सकारात्मक चिन्ताको उचित सुनुवाई र नकारात्मक चिन्ताको सल्यक्रिया गर्ने पर्छ । त्यो सबै कार्यकर्ताले सकभर आफै र प्रक्रियागत रुपमा आलोचना मार्फत संगठन भित्र गरिने प्रक्रिया हो ।
संगठन ब्याक्ति हैन त्यो समूह हो त्यहा सामुहिक निर्णय ,प्रक्रिया र कार्यान्वोयनको मात्र सम्बोधन हुन्छा संगठनमा अहिले केहि भएकै छैन नेतृत्व मात्र फेरिएको हो । प्रक्रियागत रुपमा नया नेतृत्व आउनै पर्दथ्यो र चाहना राख्ने कमरेडहरुको क्षमताको पारखी हुनै पर्दथ्यो । भएको त्यहि हो । यदि बाबुको बिडो थाम्न मात्र हामि नेतृत्वमा आएका रहेछौ भने आउने जाने मात्र हुन्छ तर नया भिजन सहित आएका रहेछौ भने बेल्जियमको प्रभावकारी संगठनको अझै गरिमा बढाएर जान्छौ । त्यो त समयावधि समाप्तिको समयमा पक्कै मुल्यांकन हुने नै छ । संगठनको प्रक्रियालाई कसैले पनि समस्याको रुपमा बुझ्नु हुदैन ।
अर्को कुरा अधिवेसन संगठनको सर्बोच्च निकाय हो । क्षमताको मुल्यांकन गर्ने ,आफ्नो अभिमत जाच्ने र रुचि र अभिलाषालाई अनुमोदन गराउन प्रयत्न गर्ने गराउने ठाउ नै त्यहि हो । त्यहा कसैका अभिमत र रुचिहरु अनुमोदन हुन्छन कसैलाई कार्यकर्ताले बिशेस भूमिका दिएर कार्य क्षेत्रमा पठाउछ कसैलाई अर्को पटक प्रयत्न गर्नुहोला भनेर रोकेर राख्दछ । रिजर्ब राख्नु हार्नु हैन पर्खनु हो ,विचारबाट पलायन हुनु ,निरास हुनु ,रिजर्ब बस्न गरेको कार्यकर्ताको अनुरोधलाई लत्याउनु र अराजक बन्नु हार्नु हो । यो अधिवेसनमा कोहि हारेको छैन लाइनमा बस्दा अगाडी पछाडी भैएको मात्र हो । जितेका भनिएका साथीहरुले पनि त्यो अनुभब गर्नु हुदैन ।नया सोच ,नया जीवन,र कार्यशैली मार्फत संगठनलाइ गुणात्मक रुपमा हाक्न सकिएन भने कार्यकर्ताबाट गल्लीगल्लीमा हुने आलोचनालाई कसैले रोक्न सक्दैन । जितेको केवल प्रकियाले हो अधिवेसन सफल भयो कार्यकर्ताले आफ्नो नया चाहनाको सम्बोधन र परिक्षणमा अभिमत दिए । यो सबैको जित हो ।
हामि त परिक्षणको लागि हलमा प्रवेस पाएका मात्र छौ ।रिजल्ट सकारात्मक आयो भने जितेको गर्भ अनि गरौला अन्यथा ठाडो सिर लिएर कामरेडहरु संग गरेको अनुरोध घोप्टो सिर बनाएर माफी मागी फर्कौला । मैले त यो अधिवेसनलाइ त्यसरी नै बुझेको छु । र सबैले त्यसरी नै बुझ्न जरुरि छ । कुनै पनि कमरेडहरुको भूमिका र योगदानलाइ अधिवेसनको परिणामले संकुचित गर्न पनि सक्दैन । सक्रिय कमरेडहरुले आफ्नो भूमिका स्वयम् निर्माण गर्दै संगठनको साखलाइ अझ उचो बनाउन सक्छन । धकलेर मात्र गाडा अगाडी बढ्न सक्दैन अत अनुभवले खारिएका संगठनलाइ छातीमा राखेर निस्वार्थ भावले खट्ने मित्रहरु संगठनका प्रकास पुञ्ज हुन् । तिनीहरुको भूमिका सदैब अग्रिणी हुन्छ ,हुनुपर्छ र त्यो भूमिका कसैले खोसेर खोसिन्न ।
अधिवेसन सम्बन्धमा अर्को महत्वपुर्ण कुरा के भने त्यो प्रजातान्त्रिक अभ्यासको उच्चतम निकाय हो । त्यो निकायमा कार्यकर्ताको अभिमतलाइ निरास बनाउन पाइदैन । त्यहा ब्यापक छलफल हुनु जरुरि हुन्छ, त्यसले सबै कार्यकर्ताको अभिमत र बिचार प्रकट गर्ने ठाउ पाउछ । यो अधिवेसनको सवालमा अलिक छलफल नपुगेकै हो । बहस छलफल र नेतृत्व चयनको उत्कर्समा अधिबेसनले बृहद छलफलको माग गर्दछ । विभिन्न प्रस्तावहरु आउछन त्यसलाई छलफलले टुन्याउनु पर्छ । खुल्लार मैत्रीपुर्ण बहसहरु उत्कर्समा पुगेपछि अलिक तिता र टर्रा पनि हुन पुग्दछन । संगठनको जीवनसँग कार्यकर्ताको पसिना जोडिएको हुन्छ । उनीहरुका सबै राय सल्लाह सुझाव र तर्कहरुको उचित ब्याबस्थापन भएन भने संगठनमा दरार पैदा हुन्छा अत छलफल कहिलेकाही लम्बिन्छ र लम्ब्याउनै पर्ने हुन्छ त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । मिडियामा आएको विभिन्न चासोले संगठनको यो प्रक्रियालाई नबुझेको जस्तो देखियो । बेल्जियमको ओ एन यफ अहिले पहिले जस्तो सानो आकारको छैन । यो बल्जियमको सबै भन्दा ठुलो संगठन भएको नाताले यसको अधिवेसनको ब्याबस्थापन र छलफल छोटो समयको पावबंदी भित्र नसकिनु स्वाभाविक हो । मिडियाले हिजोकै पाराले हाम्रो संगठनलाई हेरिदिनु भएन भन्ने मेरो गुनासो मात्र हो ।
म फेरी पनि मेरा प्रिय कमरेडहरुलाई भन्दछु हाम्रो संगठनमा कोहि हारेको छैन ,ढुक्क हुनुस कमरेडहरु तपाइँ हाम्रो आस्थालाई हराउन सक्ने यो दुनियामा कोहि जन्मेको छैन । यो त प्रक्रियाको तलमाथि मात्र हो खोलाको पानि जस्तै । यहि प्रक्रिया माथि खेल्न कसैले हार जितको प्रचारबाजी गर्छ भने त्यो हाम्रो संगठनको भावना नबुझेको प्रतिक्रियाबादी हो जसबाट हामि साबधान हुनु जरुरि हुन्छ । मार्क्सबाद् लेनिनबाद र जनताको बहुदलिय जनबाद ज़िन्दाबाद!
(लेखक प्रबासी नेपाली संघ बेल्जियमका महासचिब हुनुहुन्छ ] 

तपाइँको प्रतिक्रिया