ग्रिहयुद्द लड्नै पर्थ्यो अहिलेनै लड्छौं-कांग्रेस नेता पौडेल

ramchandra-paudel-nc-leader-274530उत्पन्न परिस्थितिका बारेमा सबै दलले आआफ्नो बैठक बस्ने नै भए । कसैलाई प्रधानमन्त्री चाहिएको छ । कसैलाई ग्रिह मन्त्री बन्ने दाउ होला । कोहि रक्षामन्त्री बन्न खुट्टा उचालेर बसेका होलान् । कसैलाई बिदेशी आड चाहिएको छ । कोहि सेनाको निर्देशनबिना एक पाईलो यताउति चल्दैन । सेनालाई नसोधी कुनै निर्णय गर्दैनन् ।

 

अहिले उत्पनन परिस्थिति र भावी सरकार गठनबारे मूल्यांकन गर्न बसेको नेपाली कांग्रेसको बैठकमा देशका बिरुद्द गम्भिर अपराध गर्ने मनशायले नेपाली कांग्रेसका एक नेताले आफ्ना अभिब्यक्ति राखेका छन् । कांग्रेसको बैठकमा अबको सरकार कसरि चलाउने र माओवादीले गर्न सक्ने आन्दोलनलाई कसरि चिरेर अगाडि बढ्ने भन्ने छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अब देश ग्रिहयुद्द तिर गएको बताएका थिए । कांग्रेसका थुप्रै नेताहरुको त्यहि धारणा थियो ।

 

छलफलका क्रममा नेता पौडेलले देश यसै उसै ढिलै भएपनि ग्रिह युद्दमा जाने ठोकुवा गरेका थिए । नेपालप्लसले अज काठमाडौंमा सम्पर्क गरेको स्रोतका अनुसार नेता पौडेलले बैठकमा यसैपनि हामीले ग्रिह युद्द लड्नै पर्थ्यो। लड्नै पर्ने भएपछि अहिले देखिनै लड्छौंभनेर हाकै राखेका थिए । यो लडाईमा कांग्रेस नेताहरुले सकभर सिंगो एमालेलाई संगै हिडाउनुपर्ने र नसकेको अवस्थामा केपी ओली लगायतकाको साथ लिएर जानुपर्ने तर्क राखेका थिए ।

 

(मैले माओवादीका एक केन्द्रिय नेतासित काठमाडौंमा फोन सम्पर्क गरें। उनीसँगको कुराकानी केहिबेरमा हेर्नुहोला-ददि, नेपालप्लस)

तपाइँको प्रतिक्रिया