राष्ट्रपती कर्फुको घेराभित्र, एमाले नेता सम्पर्क बाहिर, कांग्रेसीले पुच्छर लुकाए

                माओवादीको सचिवालय बैठकले अब के निर्णय गर्ला ?

 

 

तत्कालै देशको अवस्था बुझ्न मन लाग्यो । अनि के गर्ने ? उहि पत्रकार साथीहरुलाई सम्पर्क गर्ने । फोन रिँगाएको त जनआस्था साप्ताहिकमा ठ्याक्कै लाग्यो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई खोजें । फोनमा ब्यस्त रहेछन् । फोन उठाए सिताराम बरालले । भटाभट सोधें लौन के छ अवस्था भनेर । साँच्चिकै देशको अवस्था निकै बेहाल भएको र अझ डरलाग्दो स्थितितिर जाने संकेत गरे उनले ।

 

सेना र दरबारका बारेमा समाचार दिन त जनआस्था एक नंबरनै मानिन्छ । अनि एमाले र माओवादी समाचारकालागिपनि कसैको भन्दा कम छैन उनीहरुको स्रोत । निकै भित्रि समाचार ल्याउँछन् यिनले । त्यसैले सोध्ने प्राथमिकतामा परे उनिहरु । के छ राष्ट्रपतीको अवस्था भनेको त सिताराम बरालले बिजोक छ भन्दै सुनाए । राष्ट्रपती अहिले पुरै कर्फुको घेराभित्र बसेका रहेछन् । चारैतिरबाट कर्फु लगाइएको छ रे । देश र जनताको पक्षमा गद्दारी गर्नेहरु सामान्य सुरक्षा घेरामा त बस्न सक्ने कुरै भएननै ।

 

अहिले माओवादीहरुले राष्ट्रपतीको कुबिरुद्द सर्बोच्च अदालतमा पनि रिट दिएका रहेछ्न । अब सर्बोच्च अदालतके के निर्णय दिने हो यसै भन्न सकिने अवस्था छैन अहिलेनै माओवादीको सचिवालय बैठक पनि बसिरहेको रहेछ । त्यसले राष्ट्रपती डा रामवरण यादव र कटुवाल बिरुद्द देशभरि सशक्त आन्दोलन घोषणा गर्ने संभावना रहेको पनि बरालले बताए ।

 

माओवादीले राष्ट्रपतीलाई महाभियोग लगाउनु पर्ने माग गर्दै संसदमा महभियोगको प्रस्ताब दर्ता गराउन लागेका रहेछ्न् । महाभियोग भनेको कुनै ब्यक्तिका लागि निकै कालो दाग लाग्नु हो । संसदमा बहुमत माओवादीको अब रहेन । त्यसैले त्यो महाभियोग पास त नहोला नै, तर कुनै ब्यक्तिमाथि संसदमै महाभियोग दर्ता हुनु भनेको निकै गम्भिर आरोप हो । अन्य देशममा भए त्यसरि महाभियोग दर्ता भएपछि तुरुन्तै पदबाट राजिनामा दिने प्रचलन छ । तर बिदेशी ईशारा र सैनिक उक्साहटमा लागेर संबिधान र जनताको सर्बोच्चतालाई लत्याउने हाम्र राष्ट्रपतीले त के राजिनामा देलान् र !

 

सरकार सहज ढंगले बनाउन र चलाउन सक्ने अवस्था भएको भए नेपाली कांग्रेसले एमालेलाई किन दिन्थ्यो सरकार बनाउन ? भन्दै थिए जनआस्थाका पत्रकार सिताराम बराल । आफुले सहज ढंगले चलाउन सकिन्न भनेरै एमालेलाई प्रस्ताब गरेका रहेछन् कांग्रेसले । एमालेले सरकार चलाउने संकेत पाएपनि एमाले भित्र माधव नेपाल र झलनाथ खनाल बिचमै को प्रधान मन्त्री हुने भन्ने होड चल्ने पनि उनले उल्लेख गरे । त्यहि माथि उताबाट केपी ओलीको पेलान त छँदै छउनी भन्दै थिए के सहज हुनु सरकार चलाउन ?’

 

कांग्रेसीहरु चाहिँ लाजले टाउको लुकाएर हिँडेका छन् । ओंठ तालु सुकेको छ, लाजले टाउको देखाउनै नसक्ने भएका छन् भन्ने पनि सुनाए सितारामले । एमालेका नेताहरु भने अहिले पुरै सम्पर्क बाहिर रहेछन् । उनीहरुले आआफ्ना मोबाईलहरु पुरै बन्द गरेर सम्पर्क बाहिर बसेका रहेछन् । यो पनि उनिहरुको नालायकिपनकै कारण ले होला । यो अवस्थाको जिम्मेवार को भनेर सोध्दा जनतालाई के जवाफ दिने ?

 

प्रधानमन्त्री प्रचण्डले देशबासीलाई आफ्नो राजिनामा सुनाउँदा चहिँ निकै मानिसहरु भावुक बनेका थिए रे । उनले अहिलेको अवस्थाबारे स्पष्ठरुपमा जनताका अगाडि राखेर गम्भिर मुद्रामा राजिनामा सुनाएछन् । त्यसले निकैलाई प्रभाव पारेछ पनि ।

 

(म आज दिन भर टेलिफोन सम्पर्कमा छु । त्यसैले नेपालप्लस हेर्दै गर्नुहोला । नयाँ घटना केहि हुनासाथ अपडेट गरिहाल्छु । केहिबेरमा माओवादीका एक केन्द्रिय नेतासँग फोनमा सम्पर्क गरेर केहि लेख्ने पक्षमा छु-ददि, नेपालप्लस)

तपाइँको प्रतिक्रिया