प्रधानमन्त्री प्रचण्डले दिए राजिनामा
(प्रचण्डले कटुवाललाई बर्खास्त गरेपछि भारतिय टिभीले दिएको समचारको भिडियो यहाँ क्लिक गरेर हेर्नुस)
अपडेट: सरकारमा सहभागि दलहरुले आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पचण्डले आफ्नो पदबाट राजिनामा दिएका छन्। भर्खरै उनले राष्ट्रका नाममा गरेको संबोधनमा सता साझेदार दलले समर्थन फिर्ता लिएको र मुलुकमा दोहोरो सत्ता सञ्चालन भैरहेको अवस्था रहेकले सरकारमा बसिरहनु उचित नभएको भन्दै राजिनामा दिएका हुन् । राजिनामा आजैबाट लागू हुनेपनि उनले घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपतीले समानान्तर शक्तिकेन्द्र स्थापना गर्न खोजेको, बिदेशीको इशारामा नाचेर देशलाई ग्रिह युद्दमा धकेल्न खोजेको आरोप उनले लगाएका छन् । आफ्नो देशमा सरकार गठन गर्न नेपाली जनताको जनमत होइन बिदेशीको आशिर्वाद र निर्देशन पर्खेर बस्न राजनितिक दलहरु लागेको तर आफ्नो पार्टी देश र जनताका बिरुद्द कुनैपनि हालतमा बिदेशीको अगाडि घुँडा नटेक्ने प्रतिबद्दता प्रचण्डले गरेकाछन् । अहिलेको कदम सेनालाई नागरिक सर्बोच्चता भित्र राख्न नदिने षडयन्त्र भएको पनि उनले बताए । राष्ट्रपतीले असंबैधानिक कदम चालेकाले त्यसलाई सच्याउनुपर्ने प्रचण्डले औंल्याएका छन् ।
राष्ट्रपतीको कदम १९ मा ज्ञानेन्द्रले तानाशाही ब्यवस्था लादे सरहको भन्दै अहिले माओवादीका कार्यकर्ताहरु काठमाडौंका ठाउँ ठाउँमा नारा र जुलुस गरिरहेका छन् । उनीहरुले राष्ट्रपतीलाई महाभियोग लगाउनु र्ने माग पनि गरिरहेका छन् । उता नेकपा माओवादीले पनि राष्ट्रपतीको कदम राष्ट्र र राष्ट्रियता प्रतिको गद्दारी भन्दै महाभियोग लगाउने प्रयास गर्ने बताएको छ ।





