पूर्ण समानुपातिक प्रतिनिधित्वको डिङ हाँक्ने पार्टी आफु चाहि समानुपातिक समावेसी हुनु पर्दैन ?

– इन्द्रजित लामा

indrajit-lama

“राजदूत नियुक्तिमा परराष्ट्र बाट सबै ८ जना एकै जातीबाट सिफारिस भएपछि प्रमुख सत्ताधारी एमाले सित साह्रै रीस उठ्यो । फेरी त्यो कमल थापाको मन्त्रालय भएर होला भन्ने सोचेर चित्त बुझाइयो ।  त्यसपछि एमालेले आफ्नो पार्टीबाट गरेको सिफारिस हेरेँ । ६ जनामा १ जना जनजाती र १ जना मुस्लिम । बाँकि ४ जना सबै फेरि उहि जाती । एमाओवादी बाट त्यस्तै । यो त अति नै भयो । मेरो जातीको त झन नाम निशानै छैन । अब एमाओवादी र एमालेको घनघोर बिरोध गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ । सोचेँ अब संघिय समाजवादी फोरममा लाग्नुको बिकल्प छैन । त्यहि नै हो पूर्ण समानुपातिक प्रतिनिधित्वको मसिहा पार्टी ।

एमाले पार्टी समावेशीताको घोर बिरोधी पार्टी भएको स्टाटस लेखेँ । मनमनै आफुलाइ संघिय समाजवादी फोरमको कार्यकर्ता बनाएँ । २/४ ठाउँमा संघिय समाजवादी फोरम पार्टीको समर्थन गरेको आशयको कमेन्ट लेखेँ । त्यसपछि संघिय समाजवादी फोरम पार्टीको अध्ययनमा लागेँ । केन्द्रीय पदाधिकारीहरूको नाम खोजेँ । पूर्ण समानुपातिक जनजाती पार्टी भएकोले सबै जनजातीलाई मिलाएर नै बनाइएको होला भन्ने सोचेँ । १६ जनाको केन्द्रीय पदाधिकारी रहेछ । नामहरू हेरेँ र जिल्ल परेँ । जनजातीको साझा पार्टी भनिएको छ तर १६ जना पदाधिकारीमा १ जना पनि तामाङ छैन, १ जना पनि मगर छैन, १ जना पनि गुरुङ छैन,१ जना पनि शेर्पा छैन । २/३ जातीको मात्रै एकछत्र उपस्थिति छ ।

सबै क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्वको डिङ हाँक्ने पार्टी आफु चाहि समानुपातिक समावेसी हुनु पर्दैन ? अनि एमाले काँग्रेस भन्दा कसरि फरक भयो ? यस्तो असमावेसी पार्टीले समावेसीताको नारा बोक्नु मिल्छ ? त्यसैले मैले फेरी बिचार परवर्तन गरेँ । एमाले भन्दा पनि असमावेसी पार्टी रहेछ समाजवादी फोरम भन्ने निष्कर्षमा पुगेँ । र आफ्नो एमाले बिरोधि स्टाटस डिलेट गरेँ । यो आजैको कुरा ।

यस्तो रहेछ संघिय समाजवादी फोरमको १६ सदस्यीय केन्द्रिय पदाधिकारी टीम –
१) अध्यक्ष उपेन्द्र यादव
२) वरिष्ठ नेता अशोककुमार राई
३) सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ
४) उपाध्यक्ष लालबाबु राउत
५) उपाध्यक्ष रकम चेम्जोङ
६) उपाध्यक्ष रेणुकुमारी यादव
७) उपाध्यक्ष हेमराज राई
८) उपाध्यक्ष युवराज कार्की
९) महासचिव रामसहाय प्रसाद यादव
१०) महासचिव रणध्वज कन्दङ्वा
११) उपमहासचिव अभिषेक प्रसाद साह
१२) उपमहासचिव दानबहादुर विश्वकर्मा
१३) सचिव रत्नेश्वरलाल कायस्थ
१४) सचिव पर्शुराम बस्नेत
१५) कोषाध्यक्ष विजय यादव
१६) केन्द्रीय निर्वाचन समिति सभापति दुर्गामणि देवान”

(स्रोत – लामाको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया