कहिलेसम्म चल्ला त यो भद्दा खेल ?

  • राम बहादुर गुरुङ / बेल्जियम

ram-bahadur-gurung-belgium-1212हाम्रो देश प्राकृति स्रोतले धनि छ भन्ने दाइलाइ चिठ्ठीमा उत्तर
आदार्णिय दाइ,
सेवाढोग ।

तपाइको पत्रमा हाम्रो देश अपार प्राकृतिक स्रोतले भरिपूर्ण छ । एकदिन त पक्कै हामी पनि धनी बन्छौं भन्ने मिठो कल्पना गरेको पत्र पढदा पढदै मलाइ चाहीँ कता कता नमिठो अनुभव भयो । किन भने यसो भन्दा भन्दै हाम्रो कति पिढी विति सके तर अवस्था त झन झन नाजुक वन्दै अहिले अस्तित्वनै खतरामा पर्न गएको होकी भन्ने अनुभूती वढदै गएको छ । त्यसैले, मैले चाहीं यस्तो कल्पनामा डुवुल्की लगाउँदै आत्मरती लिन छाडेको धेरै भइसक्यो । हामीले हाम्रो अवस्था कल्पनामा होइन वास्तविक वस्तुगत ढंगले विश्लेषण गर्दै अगाडी वढेमा ढिलो चांडो हामी गनतव्यमा पुगौंला । होइन भने हामी जहाको तही मात्र होइन अझ धेरै तल खस्दै जाने छौं ।

दाइ, प्राकृतिक स्रोतमा धनि केही अरेवियन मुलुकरु वाहेक अन्य शायदै धनि देश होला । स्रोतले देश धनी र विकसित हुने भन्ने होइन रहेछ । एसियाको जापान र युरोपका देशहरु जो संसारमै विकसित र धनि छन अहिले आएर अपवादमा चिन पनि । तर उनिहरुको देशमा प्राकृतिक स्रोत एकदम नगण्य छ । तर पनि उनिहरु संसारमा अगाडी छन । त्यसैले आज २१ औं शताव्दीको संस्लेषण केहो भने परिष्कृत मानविय संसाधननै प्रमुख विषय रहेछ । यदी कुनै पनि देशका जनता हरेक दृष्टिकोणले शुसक्षम छन भने त्यो देशमा प्राकृतिक स्रोत नभए पनि जहांकहीवाट जुटाएर आफ्नो देशलाइ धनि र विकसित वनाउने रहेछन भन्ने कुरा हामीले यी विकसित देशका वासिन्दाहरुवाट सिक्न जरुरी छ जस्तो लाग्छ ।

नकरात्मक उदाहरणको लागी अफ्रिकी महादेशलाइ लिन सकिन्छ जहांका अधिकाश भुभागहरु प्राकृतिक स्रोतले भरिपूर्ण छन । तिनै देशका असंख्यै नागरिकहरु भोकै नागैं देखिन्छन । तिनैको हिरा जवाहरत कौडीको मुल्यमा किन्छन । आफ्ना आधुनिक हतियारहरु महंगोमा उनिहरु विचनै वेचेर उनिहरु विचनै लडाउंछन । जव आफु आफु विचनै युद्ध हुन्छ भने त्यो देशमा विकास र सुख कसरी हुन्छ र ? आज मध्यपूर्वका देशहरुको पनि यही नियती छ । कही धर्मको लागी युद्ध भइरहेछ भने कहिं जातिको नाममा । तर ति ठांउहरुमा कहिं कतै वर्गिय युद्ध छैन । वर्गिय युद्ध साम्यवादी विचारले मात्र लडने हो तर उनीहरुलाइ साम्यवादी विचारको यस्तो नकारात्मक हौआ खडा गरिदिएको छकी त्यो त एकदम तानाशाही व्यवस्था हो । जवकी आफु आफ्नै देशको तानाशाहको सिकार भइरहेको छ,उनीहरु सोच्दैननकी राज्यसत्ता आफैमा अधिनायकत्वमा अडेको हुन्छ, मात्र वर्गको फरक हो भनेर ।

आखिर यस्को फाइदा सात समुन्द्र पारी वस्ने गोरे भैयाहरुले मज्जाले लिइरहेको छ । जव सम्म वर्गिय चिन्तन धाराको विकास हुंदैन यी र यी जस्ता हाम्रा मुलुकहरुले मुक्ती कहिल्यै पाउँदैनन र धनि र विकसित पनि हुने छैनन ।

हाम्रो देशको हकमा भन्ने हो भने के छैन हाम्रो देशमा ? हिजो माओवादी पहिलो पल्ट सरकारमा जांदा भन्ने गरिएको जल,जमिन,जडिवुटी र जनता । र अहिले देशमा चलिरहेको हल्ला सत्यतामा परिणत भयो भने खनिज र तेल पनि त नेपालमा प्रशस्तै रहेछ भन्ने हुन्छ । तर के गर्ने नदिनाला भारतलाइ सुम्पिएर उतै वाट विजुली किन्न हाम्रो सरकारलाइ लाज लाग्दैन । असमान सन्धिले कतैवाट केही व्यापार शुरु गरम केहिगरि कर पाउँदैनन । तर पनि त्यो असमान सन्धि खारेज गर्दा त आफ्नै जहाज डुव्ने देख्छन नेताहरु ।

प्रकृतीले दिएकै कुरा गर्ने हो भने नेपालको भूमी प्रयोग नगरी भारतले नत विजुली उत्पादन गर्न सक्छ नत सिंचाइको लागी वाँध वाँध्न सक्छन । यसरी हाम्रो हात माथी हुंदा पनि जानी जानी हाम्रा नेताहरु उनिहरुको टांगमुनी छिर्छन । होइन यो दास मनेवृत्ती नभए अरु केहो त ? हाम्रै भूमी र जल प्रयोग गरी उत्पादित विजुली उसैको मुल्यमा किनेर यो देशलाइ कता लान खोजेको प्रस्टै छ नी ! त्यसो गरे पछि यो देश औधोगिकरणमा अगाडी वढदैन । कृषिमा क्रान्ति हुनै कुरै भएन । अनि जनता वेरोजगार वन्ने भैहाले। सरकारले यो वेरोजगार मानव फौजलाइ अरवको खाडी र मलेसिया नपठाए कता पठाओस त ? तिनैको रेमिटान्सले अरवौंको खाद्यान्न र विलासी सामान मगाउंछन यो गरिव देशले । अनि भेडा वाख्रा जसरी पठाएका जनता वाकसमा वन्द भएर फर्किन्छ दिनदिनै । तै पनि होस खुल्दैन यहाँ फेरीइरहने सरकारको । उनिहरुलाइ त मात्र सरकार वनाउनु छ । जनतालाइ वारम्वार उल्लु वनाएर चुनावमा जितिएर फेरी त्यही सत्ताकै फेरो समाएर सरकारमा उक्लिनु छ । यो भन्दा भद्धा खेल नेपालमा अरु के भइरहेको छ र ? कहिलेसम्म चल्ला यस्तो ? अव अर्को आंधी वेहरी नआए सम्म यस्तैमा रमाउने राजनीतिक दल र त्यसका नेताहरुको घैंटोमा घाम लाग्ने छैन भन्ने देखिएको छ अहिले सम्मको अवस्था हेर्दा ।

यथास्थितीवादी र प्रतिगामीहरु यत्तिखेर रोमको निरो शासक जस्तै वनिरहेको छ । तर तिनीहरुलाइ थाह छैन तिनका एयासी वांसुरीका धुनहरुलाइ छिचोल्दै फेरी अर्को भयानक हुरी वतास आउँदै छ । यो समाज विकास क्रमको नियम हो । मुठ्ठिभर शासकहरुको इच्छामा समाज जहिंको तहि वसी रहँदैन । समाज विकासक्रमले मात्रात्मक मात्र हैन छलांग पनि मार्छ । त्यतीवेला यीनीहरुले जनताको कठघरामा खडा भएर जवाफ दिनु पर्ने हुन्छ । आशा गरौं त्यो दिन धेरै टाढा छैन । यती भन्दै पत्र टुंग्याउंछु । हस बाँकी अर्को पत्रमा ।
परदेशी भाइ,
रामवहादुर गुरुङ

तपाइँको प्रतिक्रिया