आधा दर्जनले जोगाएको कांग्रेसी राष्ट्रवाद
ब्यक्ति, पार्टी, नेता र दलहरुको बास्तविक पहिचान अप्ठेरो परेको बेला थाह हुन्छ । देश र जनतालाई आपत परेका बेला, चुनौति थपिएका बेला वा संकट पर्दा तिनको भूमिका हेरेर बास्तविक परिक्षण हुने हो । युरोपेली युनियन र भारतका तर्फबाट संयुक्त बिज्ञप्ती जारी गरेर नेपालमाथि हस्तक्षेप गरेका बेला धेरै लेखक, पार्टी, दल र नेताको परिक्षण भयो । सबैभन्दा ठूलो परिक्षण देशकै सर्वाधिक ठूलो पार्टी नेपाली कांग्रेसको भयो । कांग्रेस पार्टीको असली राष्ट्रवादको मुकुण्डोपनि उघ्रियो । यो पार्टीका नेता कति भारतीय बिकाउ र दलाली गर्ने रहेछन् भन्नेपनि देखियो ।
ईयु र बहरतको संयुक्त बिज्ञप्ती को दफा न १७ मा नेपालको आन्तरिक मामिलामा नांगो हस्तक्षेप छ । लाटा, राजनिति नबुझ्ने भन्ने ठानिएका नेपालीलेपनि सर्वत्र त्यसको बिरोध गरे । तर कांग्रेसका नेताहरुभने कोहि चुपचाप बसे । कोहिले काईते, घुमाउरो र नक्कली बोलीमा मौन समर्थन गरे, बचे । कोहि कांग्रेसी नेताले भने ठाडै समर्थन् गरे ।
कांग्रेसमा पदका लागि मौका कुरेर, ढुकेर बस्ने नेता शेखर कोइरालाले त हाकाहाकी भारतीय हस्तक्षेपको समर्थन गरेर आफूलाई भारतीय पाल्तुनै देखाइदिए । सार्वजनिक मञ्चबाट ‘नेपालको सार्वभौमसत्ताको पुनर्परिभाषित गर्न जरुरी छ’ भन्ने भारतीय राजदूत रन्जित रेको भनाईलाई समर्थन गर्दै हिँडे । नेता रामचन्द्र पौडेलले जिब्रो चपाएर काईते भाषामा पन्छिए । कांग्रेसका सभापती शेर बहादुर देउवा मौन बसिरहेछन् । मेडियाका ढोका चहार्दै हिँड्ने धेरै कांग्रेसी नेता भारत ईयु बिज्ञप्तीका बारेमा बोल्नुपर्ला भनेर गुपचुप भए । धेरैले समर्थन जनाए ।
नेपालको सार्वभौमिकता किन परिभाषित हुनुपर्ने ? रन्जित रेको आशय नेपाललाई सिक्किमिकरण गर्ने दुष्ट आकांक्षा बुझ्न गाह्रो छैन । नत्र नेपालको सार्वभौमिकताका बारेमा भारतीयले किन उपदेश दिने ? एक सार्वभौमसत्ता मुलुकलाई ?
देशको सबैभन्दा ठूलो पार्टी । राष्ट्रवाद, प्रजातन्त्र र जनवाद कांग्रेसको मूल आदर्शपनि भन्छन् । राष्ट्रियतामाथि बिदेशीले हस्तक्षेप गर्दा चुँपनि बोल्न नसक्ने, बरु समर्थन गर्ने पार्टी कसरि राष्ट्रवादी हुन सक्छ ? राष्ट्रगहतीको समर्थन गर्ने पार्टी कस्तो हुन्च ? कांग्रेस पार्टी समग्रमा कस्तो छ ? यसका नेता के चाहन्छन् भन्ने यसैबाट झर्लङ्ग हुन्छ ।
हुन त नेपाली काकंग्रेसलाई मात्रै के दोष दिनु ? छद्मभेषी भारतीयहरु हाम्रै पार्टीमा पनि देखेका छन् । आफ्नै सरकार भएका बेला र प्रधानमन्त्री केपी ओलीले अडान राखेका बेला उनैको पार्टीका नेता माधव कुमार नेपाल भारतीय स्वार्थकै लागि डुकुराएका छन् । लेखकहरु घुमाईफिराई त्यहि भारतीय हस्तक्षेपका पक्षमा बोली मिलाएका छन् । तर समग्रमा चाहिँ सिंगो नेपाली कांग्रेस भारतीय हस्तक्षेपकै पक्षमा देखियो । यो देशका लागि ठूलो बिडम्बना हो । हाम्रो राष्ट्रियता र सार्वभौमिकताकालागि नराम्रो संकेत हो ।
कांग्रेस पार्टीलाई भित्र भित्रै लेण्डुपेहरुले धमिराले झैं खोक्रो पारिसकेका छन् । यसभित्र केहि राष्ट्रवादी हुँदै नभएका होइनन् । युवा नेता गगन थापाले ईयु भारत संयुक्त बिज्ञप्तीको बिरोध गरे । कांग्रेसका पार्टीकै नेता धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार र गुरुराज घिमिरेले बिरोध जनाएर कांग्रेसीहरुको नाक रकहिदिएका छन् । कांग्रेस पार्टी पुरै लेण्डुपेहरुको मात्रै होइन, केहि राष्ट्रवादीपनि छन् भन्ने बिउ तिनैले जोगाईदिए । कांग्रेसका राष्ट्रघातीहरुबिच राष्ट्रियताको अलिकति सञ्चार गराउने, कांग्रेसलाई पुरै राष्ट्रघाती हुनबाट जोगाउनेपनि यिनै हुन् । बरु अब यिनले कांग्रेसभित्र नेपालको सार्वभौमिकताका बारेमा नहाँ बहस र परिभाषाको खाँचो औंल्याउनुपर्छ । कांग्रेसको सार्वभौमिकता के हो ? अडान के हो ? नेपाली कांग्रेस कस्तो सार्वभौमिकताक अपक्षमा हो ? यि नेताहरुले बहस गराउनु, पार्टीमा हस्तक्षेप गर्नु जरुरि छ ।




