कटुवाललाई हटाएपछिको परिस्थिति
एमालेले सरकार छोड्ला ?
* अन्तत: सरकारले प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरेको छ छ । सरकारको स्पष्ठिकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनलाई आज मन्त्रिपरिषदको बैठकबाट बर्खास्त गरिएको हो । उनलाई बर्खास्त गर्ने क्रममा नेकपा एमाले, नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमले बिरोध जनाएकोपनि फोरमले अन्तत सेनापती कटुवालमाको कारवाहीमा समर्थन जनाउने बताइएको छ । नेपाली कांग्रेसले त्यसको बिरोध गर्दै संघर्ष गर्ने बताएको छने भने एमालेले सरकारबाट छोड्ने निर्णय सार्वजनिक गरेको छ ।
* सरकारले नयाँ प्रधान सेनापती नियुक्ति गरेको पत्र सहित कुलबहादुर खड्का सैनिक मुख्यालय पुग्दा कटुवाल (फोटोमा दाहिने पूर्व प्रधान सेनापती कटुवाल र नयाँ सेनापती कुलबहादुर खद्का) मुख्यालमै थिए र उनले बर्खास्ति पत्र बुझ्न अस्विकार गरेका थिए । तर पछि उनले रक्षा सचिव मार्फत उक्त पत्र बुझेपनि त्यसका बिरुद्द सर्बोच्च दालत जाने निर्णय गरेका छन् ।
* नेकपा माओवादीले कटुवाललाई कारवाही गर्ने निर्णय गर्नासाथ मन्त्री मन्त्री परिषद बैठकबाट नेकपा एमालेका मन्त्रीहरु त्यसलाई अस्विकार गर्दै बाहिरिएका थिए ।
एमालेको यो निर्णयसँगै एक हप्ता भित्रमा माओवादी नेत्रित्वको सरकार बिरुद्द अविश्वासको प्रस्ताब दर्ता भइ नयाँ सरकारको लागि नयाँ समिकरणका खेलहरु हुनेछन् ।
* कटुवाललाई कारवाही गरेमा त्यसको पालना नगर्ने अन्य सेनाका उच्च अधिकारीहरुलाई कटुवालले उक्साईरहेको वा निर्देशन दिएको भनिएपनि अहिले माओवादीले नियुक्त गरेका नयाँ सेनापती कुलबहादुर खड्कालाको नेत्रित्वलाई नेपाली सेनाले पूर्णरुपमा स्विकार गरेका छन् । यसबाट नेपाली सेना कुनै एक व्यक्ति विशेष भन्दापनि सरकारको आदेश पालना गर्न कटिबद्द रहेको देखिएको छ । कटुवाललाई कारवाही गरेपछि राजधानीमा जुन अनिष्टय देखिने शंका गरिएको थियो त्यो पनि टरेको देखिएको छ ।
* तर स्रोतहरुका अनुसार मन्त्रि परिषदको निर्णयलाई हुबहु पालना गर्नुपर्ने राष्ट्रपती रामवरण यादवले मन्त्री परिषको उक्त निर्णयलाई अस्विकार गर्न सक्ने स्रोतहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपतीले उक्त असंबैधानिक निर्णय गरेमा देशमा झन् संकट पैदा हुन सक्ने अवस्था स्रिजना हुन सक्छ ।
* कटुवाललाई कारवाही गर्ने मन्त्री परिषदको निर्णयपछि उत्पन्न हुनसक्ने अनिष्टयलाई प्रतिकार गर्न भन्दै नेकपा माओवादीका कार्यकर्ताहरुले दिउँसो तिन बजेदेखि रिङ रोडलाई चारैतिरबाट घेरामा पारेका छन् । उनीहरुले कटुवालामथिको कारवाहीलाई समर्थन गर्दै चारैतिर नाराबाजी जुलुस गरिरहेका छन् ।
* कांग्रेसले एमालेको यो निर्णय संगै अहिलेको सरकार संकटमा परेको छ । तर एमाले र कांग्रेस बाहेक अन्य झिना मसिना दलले माओवादीको कटुवाल कारवाहीमा समर्थन गर्ने संभवना रहेको र फेरि पनि नयाँ सरकारकालागि मओवादीले अर्को प्रयास गर्ने बताइएको छ । अहिले माओवादीले तिनै साना दलहरुसित छलफल तिब्र रुपमा चलाईरहेको छ ।




