नेपाली कासंग्रेसको भात्रि संगठनमा फर्जी, कियाशील र बिदेशी नागरिकहरु
– डेभीड श्रेष्ठ
नेपाल र नेपाली जनतालाई स्वतन्त्र अधिकार सपन्न र शुनिश्चित गर्न नेपाली कांग्रेस पार्टीले नेपालको प्रजातान्त्रिक ईतिहासमा विभिन्न कालखण्ड पुरा गर्दै सात दशक लामो ईतिहासको पृष्ठ भुमि बोकेको नेपाली कांग्रेस पार्टीले समय सापेक्षित विभिन्न जनआन्दोलनहरु २००७ साल २०३६ साल २०४६ साल र २०६२/६३ निरंकुसताको बिरुद्धको लडाईको सधै नेतृत्व गरि मुलुकलाई राजनीतिक दासत्वबाट मुक्त बनाएकोछ। १०४ बर्ष पुरानो निरंकुस जहानिया राणा शासनलाई २००७मा कांग्रेसको सब्बल नेतृत्वले मुख्य भूमिका गरी हटाएको थियो। २००७ सालमै नेपालमा जनप्रतिनिधिद्वारा लिखित संबिधान नेपाली जन चाहना ईच्छा र आकांक्षाको आवाज उठेको थियो। २०७२ सालमा नेपाली कांग्रेसका सभापति शुसिल कोईराला नेतृत्वको सरकारले संघिय गणतन्त्र नेपालको लोकतान्त्रिक संबिधान २०७२ जारी गरी नेपाली जनताको चाहनालाई पुरागरेकोछ। तत्कालिन राष्ट्रपति महामहिम श्री डा रामवरण यादव द्वारा जारी गरिएको नेपालको संबिधान सोही मिति देखि नेपाली जनता र नेपालको रक्षा गर्ने गरी घोषणा गरिएकोले देश बिदेशमा रहने सम्पूर्ण नेपाली नागरिकहरुको समान हक अधिकार र जन्म शिद्ध नैसर्गि अधिकारहरु धर्म,जातजाती,लिङ्ग,वर्ग र क्षेत्रलाई प्रदान गर्ने संसदमा राष्ट्रपतिले घोषणा गरेकाथिए।
नेपाली कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको संबिधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेस पार्टीको काधमा आएकोले नया नेपालको संबिधानका पिता भनिने स्व शुशिल कोईराले गणतन्त्र नेपालको लोकतान्त्रिक संबिधान २०७२ लाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसलाई हुनु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै लोकतान्त्रिक पद्धतिलाई मजबुद बनाउन संविधानको रक्षार्थ आफु पराजित हुने निश्चित हुदा हुदै पनि प्रधान मन्त्रीको उम्मेदवार भएको बताउने गर्थे। दुर्भाग्यबस शुसिल कोईराला अहिले भौतिक रुपमा नेपाली जनताको अगाडीबाट अस्ताईसकेकाछन।
मुलुकको सबै भन्दा ठुलो राजनीतिक पार्टी नेपाली कांग्रेसका पार्टी सभापति रहेका स्वर्गीय शुशिल कोईरालाको अनुपस्थितिमा नेपाली कांगेस १३ महाधिबेसनको तयारीमा जुटेकोछ। देश बिदेशमा कांग्रेसहरुको महाधिबेसनको रौनाहट धेरै ठुलो र धेरै विवादित पनि भएका विभिन्न समाचारहरु माध्यम र सामाजिक संजालमा आईरहेकाछन। लोकतान्त्रिक पद्धितिमा प्रतिष्प्रदाबाट नया नेतृत्वले स्थान पाउनु स्वच्छ नेतृत्वको विकासमा दक्ष,कार्यकुशल,क्षमतावान व्यक्तिहरु नया कार्यक्रम र योजना सहितको भिजनरी नेतृत्वको विकास हुनु पर्दछ भन्ने सबै कांग्रेसजनहरुको बुलन्द आवाज चर्किरहेकोछ।
नेपाल तथा विदेशमा गरी करिव आधा मिलियन (५ लाख )पार्टीका क्रियाशील सदस्यहरु रहेको नेपाली कांग्रेसको अधिकारिक वेव साईडमा विष्तृत विवरण सहित उल्लेख गरेकोछ। समय समयमा बिधान संशोधन गरी नेपालको हरेक जातजाती, धर्म,बर्ग,लिङ्ग र क्षेत्रको सामाजिक समानुपातिक नेतृत्व हुनुपर्दछ भन्ने मान्यताले १२ औ अधिबेसनबाट बिदेशमा रहने कांगेसका क्रियाशील नेता तथा कार्यक्रताहरु आबद्ध नेपाली कांग्रेसको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समितिलाई पार्टीको महाधिबेसनमा सहभागी हुनपाउने प्राबधान गरेकोछ। बिदेशमा रहने गैर आवासीय नेपालीहरु कस्तो किसिमको उसको विदेश बसाईको स्टाटस व्यक्तिहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यहुन पाउने वा नपाउने भन्ने बारेमा पुरा उल्लेख गरेकोछैन अन्योल अवस्थानैछ। नेपाली कांग्रेसको बिधानमा साधारण तथा क्रियाशील सदस्य ग्रहण गर्न नेपाली नागरिकहरुले मात्र पाउने व्यवस्था गरेकोछ। नेपाली कांग्रेस पार्टीको साधारण वा क्रियाशील सदस्य पार्टीको नेतृत्वको जिम्मेवारी देखि लिएर नेपालको संविधानिक महत्वपूर्ण पदहरु नितिनियम निर्माण गर्ने अथवा संविधानको रक्षार्थ राष्ट्रपती वा राष्ट्रको कार्यकारिणी प्रमुख प्रधान मन्त्रिको स्थान सम्म पुग्न सक्दछ। त्यसैले नेपाली कांग्रेसको १३ औ महाधिबेसनमा पार्टीको नेतृत्व चयन गर्ने अधिकार पनि नेपाली नागरिकलाई मात्र हुनुपर्दछ।
विदेशमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरु गैर आवासिय नेपालीहरुलाई नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिमा आबद्ध भएर संगठित भएकाछन। नेपालमा रहदा नेपाली कांग्रेसमा सक्रिय भूमिकामा रहेकाहरु देशको बदलिदो भूराजनीतिक परिवर्तनका बाबजुत पनि विदेश बाटै नेपाली कांग्रेसको राजनीतिक गर्ने गर्दछन। धेरै बर्ष युरोप अमेरिका अष्ट्रेलिया मा बस्नेहरुले नेपाली नागरिकतालाई परित्याग गरी आफ़ुबसेको देशको नागरिकता लिईसकेकाछन। अमेरिका क्यानाडा अष्ट्रेलिया र युरोपको कतिपय देशहरुमा दोहरो नागरिकता राख्ने प्राबधान संगै नेपाली नागरिकतालाई क्यान्सिल गर्न आवश्यक पर्दैन र साथमा नेपाल सरकारलाई यसको जानकारी समेत पनि दिएको हुदैन। यस्तो अबस्थामा नेपाली मुलका बिदेशी नागरिकहरुले नेपालमा रहदा नेपाली नागरिकता र बिदेशमा रहदा सम्बन्धित देशको नागरिकता प्रयोग गर्दै आएको सधै जानकारीमा आईरहेकोछ। तर नेपालको नया संबिधान संघिय गणतन्त्र नेपालको लोकतान्त्रिक संबिधान २०७२ ले नेपालमा दोहरो नागरिकताको व्यवस्था गरेकोछैन।
नेपालको संबिधानले व्यवस्था गरेको हक अधिकार
गणतन्त्र संघिय नेपालको लोकतान्त्रिक संबिधान २०७२को “भाग २ नागरिकता” शिर्षकमा धारा न. १४मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने सकिने पृष्ठ न.९२ मा लेखिएकोछ। ” विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निजको बाबु वा आमा बाजे वा बज्यै नेपालको नागरिक रही पछि बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघिय कानुन बमोजिम आर्थिक, सामाजिक र सांकृतिक अधिकार उपयोग गर्न पाउने गरी नेपालीको गैर आवासिय नागरिकता प्रदान गर्न सकिनेछ।” नेपालको संबिधान बमोजिम गैर आवासीय नेपालीहरुलाई प्रदान गरिने गैरआवासिय नेपालीको नागरिकतामा सामाजिक आर्थिक र सांस्कृतिक उल्लेख गरेकोछ। तर राजनीतिक अधिकार सहितको नेपालमा दोहरो नागरिकताको प्राबधान नभएको स्पस्टसित उल्लेख गरेकोछ।
नेपाली कांग्रेसको आसन्न १३ औ महाधिबेसनमा क्रियाशील सदस्यहरु नेपाली मुलका बिदेशी नागरिकहरु रहेकाछन। बिदेशी नागरिकता प्राप्त गरेका नेपालीहरुको बोलबाला रहेकोछन। बिदेशमा वितरण गरेको क्रियाशील सदस्यताको फारममा स्पस्ट संग नखुल्लाएको हुनाले बिदेशमा बस्ने नेपाली भाषा मात्र बोल्ने हुनेहो वा नेपाली नागरिक नै हुनु पर्ने हो वा नेपाली मुलको बिदेशी नागरिक हो यसमा स्पस्टता छैन। नेपाली कांग्रेसको विधानमा नेपाली नागरिक मात्र नेपाली कांग्रेसको साधारण वा क्रियाशील सदस्य बन्न पाउने भएता पनि व्यवहारमा त्येसो गरिएकोछैन। संघिय गंत्रतन्त्र नेपालको लोकतान्त्रिक संबिधान २०७२ र नेपाली कांग्रेसको बिधान बिपरित बिदेशमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता जो कसैको नाममा पनि बनाउने गरिन्छ।
बिदेशमा कसरि नेपाली कांग्रेसको क्रियाशील सदस्य बनाउने गरिन्छ?
नेपाली कांग्रेसले १२ औ महाधिबेसन देखि ५०० जना क्रियाशील सदस्यहरु भएको देशमा ३ जना महासमिति सदस्यहरु र ४ जना महाधिबेसन प्रतिनिधिहरु लाई महाधिबेसनमा सहभागी गरी एक चुनाब क्षेत्र बराबरको मान्यता दिने गरेकोछ। कतिपय देशमा नेपालीहरुको जनसख्या ५ सय भन्दा पनि कम भएका देशहरु उत्तर युरोपमा पर्दछ। स्काण्डोनाभियन देशहरुमा नेपालीहरुको बसाई अति नै पातलोछ। नर्वे,स्विडे, फिनल्याण्ड र डेनमार्कमा नेपालीहरुको जनसख्या चार पाच सय भन्दा तल छ। सबै नेपालीहरुको सहभागीयता हुदा पनि एन आर एन ए को सदस्यहरु ५ सय जना छैन। त्यस्तै जर्मनी,स्पेन पर्चुगल, बेल्जियम ,नेदरलाण्ड र बेलायतको पनि हालत एउटैछ। नेपाली जनसम्पर्क समितिका सभापतिहरुले आफ्नै घरको कोठामा बसेर नेपालीहरुको नाम संकलन गरी कांग्रेसको क्रियाशील सस्द्स्यको फारम फर्ने चलन भएकोले क्रियाशील सदस्यमा हस्ताक्षेर पनि उस्तै उस्तै हुन्छ। सामाजिक संजाल फेस बुक र ट्वीटरबाट सम्बन्धित व्यक्तिको तस्बिर र ठेगाना संकलन गरिने भएकोले सम्बन्धित व्यक्तिको ठेगाना स्पस्ट हुदैन साथमा सम्पर्क नम्बर पनि हुदैन। नम्बर भएको खण्डमा सम्पर्कै हुनसक्दैन। नेपाली कांग्रेसको क्रियाशील सदस्यहरुलाई यस बारे जानकारी नै गराईएको हुदैन। किन कि यिनीहरु सबै नेपाली कांग्रेसका फर्जी क्रियाशील सदस्यहरु भएकोले पार्टीको केन्द्रिय कार्यालयको बारे थाहै हुदैन। कुनुनी भाषामा भन्दा पुरै जालसाजी गरि धोकबजी गरेको भन्ने बुझिन्छ। यस्तो काम गर्न युरोप तथा अमेरिका को कानुनको बिपरित भएकोले कुनै कसैले पनि कानुनको सहयोग लिएका खण्डमा दोषीलाई सम्बन्धित देशको कानुन बमोजिम सक्त कडा कारबाही हुनसक्छ।
क्रियाशील सदस्यहरुको छानबिन समिति
नेपाली कांग्रेस पार्टीको महाधिबेसन ४ बर्षमा हुन पर्ने थियो तर हुनसकेन। समय अबधि सधै बढाउदै बढाउदै लगियो। तर पनि औपचारिकता पुरा गर्न पर्ने भएकोले क्रियाशील सदस्यहरुको छानबिन समिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन कानुन मन्त्रि नरहरि आचार्यको संयोजकत्वमा एउटा समिति बनाएकोथियो। नेपालको गाउ नगर हरेक ठाउँबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यको बारेमा धेरै विवाद भएकोथियो। जिल्ला पार्टी कार्यालय, केन्द्रिय पार्टी कार्यालय देखि लिएर शिर्ष नेताहरुका घर आगनमा सम्म कार्यक्रता तथा नेताहरुको बिरोध तथा रिले अनसन बसेकाथिए यो सबै कांग्रेसजनले अझै भुलेका छैनन। गुट बन्दीका कारण पार्टीका ईमान्दार सच्चा सेनानीलाई क्रियाशील सदस्यबाट बन्चित गरियो भन्ने माग थियो। आखिर पार्टीको केन्द्रिय कार्यसमितिको बैठक र शिर्ष नेताको निर्णयले यो समस्याको समाधान भएको थियो। विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरुको जम्मा क्रियाशील सदस्यहरुको सख्या करिव १२ हजारछ। करिव १२ हजार क्रियाशिल सदस्यहरु र विभिन्न देशहरुमा रहेका नेपाली जनसम्पर्क समितिहरुबाट एक पनि उजुरी परेको थिएन। किनकी करिव १२ हजार क्रियाशील सदस्यहरु मध्ये ७५ % क्रियाशील सदस्यहरु फर्जी र बिदेशी नागरिकता लिएका नेपाली मुलका बिदेशी नागरिकहरु क्रियाशील सदस्यहरु भएकोले कुनै विवाद नभएको हो भन्ने स्पस्ट हुन्छ। छानबिन समितिलाई दिएको दबाब र पूर्वाग्रही महत्वकांक्षीका कारण न त क्रियाशील सदस्यहरुको हस्ताक्षेर नै जाच गरियो नत ठेगाना नै पुरा हेरियो नत कसैले दिएको सम्पर्क न. बाट टेलेफोंन गरि जाच नै गरीयो। केवल औपचारिकता मात्र पुरा गरेर क्रियाशील सदस्य छानबिन समितिले पास गरेको स्पस्ट हुन्छ।
महाधिवेशनमा प्रतिनिधिहरु चयन गर्दा नेपाली जनसम्पर्क समितिहरुमा किन विवाद?
युरोप अष्ट्रेलिया र अमेरिका मा क्रियाशिल सदस्यहरुबाट सस्दस्यता दस्तुर लिने गरिदैन। किन कि सामाजिक संजाल र ट्वीटरबाट बनाएका क्रियाशील सदस्यहरु सित कहाँ दस्तुर खोज्न जाने प्रत्यक देशले ५०० जना क्रियाशील सदस्यहरुको रकम करिव १० लाख नेपाली रुपैया महाधिबेसनमा सहभागी हुन जाने महाधिबेसन प्रतिनीध तथा महासमिति सदस्यहरुबाट नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा चुक्ता गरिने गरिन्छ। युरोपियन देशहरुमा २ हजार युरो प्रतिव्यक्तिले तिरेकाछन। भने बेलायतमा १२ सय पाउन्ड प्रति व्यक्ति बाट जम्मा गरिएकोछ। भने अमेरिका र अष्ट्रेलियामा २ हजार डलर प्रतिव्यक्तिले तिरेकाछन। नेपाली कांग्रेसको आसन्न १३ औ महाधिबेसनमा भागलिन जाने पैसा भएका व्यक्तिले मात्र मौका पाएकाछन। तर उनीहरु ७५ % सबै बिदेशी राहदानी लिई सकेका नेपाली मुलका बिदेशी नागरिकहरुछन। नेपालमा बस्दा नेपाली कांग्रेसका कार्यक्रता तथा नेता भई पार्टीमा क्रियाशील भएका व्यक्तिहरुछन।बिदेशी नागरिकता लिएर बर्षै बिदेशमा बस्दा पनि नेपालको माया र नेपालीको कांग्रेसको सिद्धान्त र पार्टीका प्रजातान्त्रिक आदर्शहरु अझै जलन्त भएकोले बताउदै पार्टीको महाधिबेसनमा प्रतिनिधि भएर जान चाहने सोच भएको देखिन्छ। तर सहभागीको सख्या जम्मा ७ जना भएकोले पूर्वाग्रही र महत्वकंक्षीहरुले विवाद गरेको हुन भन्ने गर्दै आएको कुरा नेपाली जनसम्पर्क समितिहरुका नेतृत्वले स्वीकारछन। बिदेशमा भएका नेपाली जनसम्पर्क समितिहरुमा १३ औ महाधिबेसनको नजिकै आउदा प्रतिनिधिहरु छनोट गर्दा धेरै ठुला विवाद भएकोले नेपाली कांग्रेसका केन्द्रिय कार्यालयका मुख्य सचिब ऋषिकेशेष तिवारीले प्रत्यक देशमा क्रियाशील सदस्यहरुलाई भेला बोलाई सबैको सहमति वा लोकतान्त्रिक पद्धतिबाट महाधिबेसन प्रतिनिधि वा महासमिति सदस्यहरुको चयन गर्नु भन्ने निर्देशन गरेकाथिए। केन्द्रिय कार्यालयबाट आएको यस्तो परिपत्रत्मक निर्देशनलाई कुनै नेपाली जनसम्पर्क समितिले पालना गर्न सकेनन किनकी उनीहरु सित बास्तविक क्रियाशील सदस्यहरु ५ सय छैनन त्येसैले भेला बोलाउन सकेनन। असन्तुष्ट पक्षलाई यो एउटा मुख्य कारण पनि अहिले बनेकोछ। सबै जसो नेपाली जनसम्पर्क समितिहरुमा सहमतिबाट ६,७ जनाको समूह बसेर भागबन्डाको आधारमा महाधिबेसन प्रतिनिधि र महासमिति सदस्यहरु चयन गरिएकोछ। नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको भातृसंगठन नेपाली जनसम्पर्क समितिहरुले लोकतान्त्रको सिर नै काटी दिएकाछन।
फर्जी कियाशील र बिदेशी नगरिकहरुको सहभागीयता
युरोपबाट नेपाली जनसम्पर्क समितिका ७ देशहरुले नेपाली कांग्रेसको आसन्न १३ औ महाधिबेसनमा ४९ जना सहभागीहरु हुदैछन। बेलायतलाई छाडेर अरु सबै देशका जनसम्पर्क समितिहरुले फर्जी क्रियाशील सदस्य बनाएको हामी सित प्रत्यक्ष प्रमाणहरुछन। नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो र ईतिहसिक पृष्ठ भुमि भएको पार्टी भएकोले सत्य र तथ्य खोज तलास गरि दोषीलाई कारबाहीको दाहेरामा ल्याउनु आफ्नो कर्तब्य र जीम्मेवारी पनि हुनआउछ।जानी राखौ कुन देशबाट के कति फर्जी र बिदेशी नागरिकहरु क्रियाशील सदस्यहरुछन। बेल्जियम ५६% स्पेन ८० % डेनमार्क ८५% जर्मनी ७५% नेदरलाण्ड ८० % पर्चुगल ३५% छन।
विदेशबाट नेपाली कांग्रेसको १३ औ महाधिबेसनमा भाग लिन जाने सम्पूर्ण प्रतिनिधिहरु गुट तथा उपगुटमा बाढीसकेकाछन। त्यसैले केन्द्रिय नेताहरुले वोट ब्यांकको रुपमा नेपाली जनसम्पर्क समितिलाई प्रयोग गर्न सक्ने भएकोले मैचुप तैचुप भएकाछन। अमेरिका बाट आउने ७ जनामा ६ जना अमेरिकन नागरिक भैसकेकाछन। बेलायतमा विबादितछ। दुई ग्रुपमा एक ग्रुपको ७ जना बेलायती राहदानी वाला छन भने अर्को ग्रुपमा ५ जना बेलायती नागरिक भएका नेपाली मुलका बेलायतीहुन। अष्ट्रेलियाको पनि तेस्तै बिबादित तर पनि ६ जना प्रतिनिधिहरु अष्ट्रेलियन नागरिक लिएका नेपाली मुलका अस्ट्रेलियन नागरिकहरु नेपाली कांग्रेसको महाधिबेसन प्रतिनिधि र महासमिति सदस्य भएर सहभागी हुदैछन। त्यस्तै बेल्जियममा पनि विवादछ तर बेल्जियमको नागरिक भएका नेपाली मुलका बेल्गिग नागरिकहरु ६ जनाले नेपाली कांग्रेसको महाधिबेसनमा महाधिबेसन प्रतिनिधि वा महासमिति सदस्यको रुपम भागलिदैछन। स्पेनबाट ७ जनामा ४ जना स्पेनिस नागरिकता लिएकाछन। पर्चुगलबाट ७ जना मध्ये ४ पर्चुगिज पासपोर्ट वाला नेपाली मुलका छन। जर्मनीबाट ७ जनामा ५ जना जर्मन पासपोट वाला नेपाली मुलका जर्मन नागरिकछन। नेदरलाण्डबाट ७ जनामा ६ जना नेदरलाण्डको पासपोर्ट लिएका नेपाली मुलका डच नागरिकछन। तर जापान र बैदेशिक रोजगारमा गएका गल्फ मलेसिया कोरिया र भारतवाट प्रतिनिधित गर्ने नेपाली जनसम्पर्क समितिका सिफारिसमा नेपाली कांग्रेसको १३ औ महाधिबेसनमा महासमिति सदस्य तथा महाधिबेसन प्रतिनिधीहरु सबै नेपाली नागरिक नै भएको पुस्टि हुन्छ।
नेपाली मुलका बिदेशी नागरिकलाई कसरी रोक्न सकिन्छ ?
नेपाली कांग्रेसको आसन्न १३ महाधिबेसनमा सहभागी हुन आउने प्रतिनिधिहरु देश विदेशबाट आउने क्रम जारि रहेको अबस्थामा विदेशबाट नेपाल आउने बिदेशी नागरिकता ग्रहण गरेका प्रतिनिधिहरु सित सम्बन्धित देशको राहदानीमा प्रवेश आज्ञा लिएर मात्र नेपाल भित्र प्रवेश गर्नेछन। नेपालको प्रबेस द्वारमा राहदानीमा एराईभल भन्ने एउटा स्टिकर टासेर छाप लगाउने गर्दछ। राहादानीमा सम्बन्धित देशको भ्यालिट भिसा र प्रबेस द्वारमा टासेको एराइभल स्टिकर भएको राहदानीको छानबिन गरेर मात्र विदेशबाट आउने नेपाली कांग्रेसको १३ औ महाधिबेसनको महाधिबेसन प्रतिनिधि र महासमिति सदस्यहरुलाई सहभागी गर्नु पर्दछ। बिदेशी नागरिकता ग्रहण गरेका सबै नेपाली मुलका बिदेशीहरु सित नेपाली नागरिकता साथमै हुने गर्दछ। युरोप अमेरिका र अष्ट्रेलियाको नागरिकता लिदा कुनै पनि व्यक्तिले आफ्नो जन्म देशको नागरिकता फिर्ता दिनु पर्ने प्राबधान नभएकोले सबै बिदेशी नागरिकता लिएका नेपाली मूलका बिदेशी नागरिकहरुसित नेपाली नागरिकताको प्रमाण पत्र यथावत भएको कारणले नेपाली नागरिकताको प्रमाण पत्र देखाएर विभिन्न देशहरुबाट नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गरी आउने प्रतिनिधिहरुलाई सहभागी गराउनु हुदैन। यो नेपाली कांगेसको बिधान र संघिय गणतन्त्र नेपालीको लोकतान्त्रिक संबिधानको बिपरित हुनेछ।
नेपाली कांग्रेस लोकतन्त्रको मेरुदण्डको रुपमा भएको पार्टीको बिधान र संघिय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानको भावना मर्म बिपरित हुने कुनै पनि कार्य गर्न हुदैन। नेपाली कांग्रेस जस्तो नेपालीको प्रजातान्त्रिक ईतिहासको पृष्ठ भुमि भएको पार्टीले आफ्नो विधानको परिधि भित्र रहेर संविधानको रक्षा गर्नु पर्दछ। गौरबशाली इतिहास, अनुकरणीय वर्तमान अनि आशा लाग्दो भविष्य बोकेको मुलुकको लोकतान्त्रीक पार्टी नेपाली काँग्रेस यतिबेला १३ औं महाधिबेसंन संघारमा आइपुग्दा पार्टीले एकजना आफ्नो अभिभावक पार्टी सभापति शुसिल कोईरलालाई गुमाएको छ। स्व शुशिल कोईरालाको अनुपस्थितमा पनि उहाको नेतृत्वको सरकार द्वारा घोषणा गरेको कार्य नेपालको संघिय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानको कार्यान्वयन गर्ने काम नेपालका सबै राजनीतिक पार्टीहरुसित सहमति र सहकार्य गर्दै पुरा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काधमा आएकोछ।




