आदीवासी जनजातिको चाडपर्वको महत्वलाइ कसरी वुझ्ने ?

—रामवहादुर गुरुङ्ग / बेल्जियम

ram-bahadur-gurung-belgium-1212आआफ्नो देशको धार्मिक तथा सांस्कृतिक आस्था र मान्यताहरु हुन्छन । सोही अनुशार ती देशका जनताले आ आफ्ना चाढपर्व मनाउने गर्दछ । त्यो मनाउंने तरिकाहरु राज्यको स्वरुपमा भरपर्ने गर्दछ । वहुजाति,वहुधार्मिक तथा वहुसांस्कृतिक देश नेपालले पनि यो देशको राज्यसत्ताको स्वरुप अनुशार आफ्नो धर्म,संस्कृतिलाइ मान्ने रुपलाइ वदल्दै आइरहेको छ । तात्कालिन राजनितीक तथा ऐतिहांसिक परिवेशको आवश्यकता अनुरुप पृथ्विनारायणशाहले सैनिक वलमा आफ्नो राज्यको विस्तार गरेका थिए । करिव अढाइसय वर्ष अगाडी सम्म नेपालको पाहाडी भुभागमा कविला (जातिय) तथा कविला भन्दा उच्चस्तरका राज्यप्रणाली अपनाइरहेका केही राज्यहरु थिए । जस्लाइ नेपालको इतिहांसमा वाइसे चौविसे राज्य भनेर भन्ने गरिएको छ । त्यो समयमा युरोपमा औधोगिक क्रान्ति भइसकेको र युरोपका देशहरु आफ्नो व्यापारको लागी वजार विस्तारको साथै कच्चा पदार्थ र सस्तो मानव श्रमको लागी निर्धन देशहरुलाइ कुटनितिक तथा सैन्यवलको आधारमा उपनिवेश वनाउंदै आफ्नो साम्राज्य फैलाउंदै विश्वका विभिन्न भुभागमा अगाडी वढिरहेको समयमा वेलायती साम्राज्यले भारतमा पहिले व्यापार गर्ने भनि स्थापना गरेको इस्ट इन्डिया कम्पनीको हैसियतलाइ वढाउंदै अन्त्यमा राज्यमा हस्तक्षेप गर्ने अनि आफुले हस्तक्षेप गरेको स्थानिय राज्यमाथी वेलायती झन्डा फहराउंदै कालान्तरमा तात्कलिन विशाल भारतलाइनै आफ्नो उपनीवेश वनाइ छाड्यो । हिमालयको तल्लो वेल्टमा जस्लाइ भौगलिक भाषामा कछाड भेग पनि भनिन्छ त्याहां सम्म भारतमा आएको परिवर्तन ढिलै भए पनि त्यसको प्रभाव नपर्ने कुरै भएन ।

विशाल छिमेकी देशमा उत्पादनको साधन,उत्पादन सम्वन्ध र उदपादक शक्तिमा आएको परिवर्तनले पनि नेपालको पाहाडी भुभागको कविला स्तरका भुरे टाकुरे राज्यहरुको अस्तित्व संकटमा पर्दै गयो । राज्यको स्तर सम्म विकास भइसकेका ती कविला राज्यहरु भारतमा आएको परिवर्तनलाइ आत्मसात गर्न नसकी क्रमस कमजोर हुदै गएकाले कुनै न कुनै हिसावले यस्ता कविला राज्यहरुको अन्त हुनु स्वभाविकै थियो । नेपालको यहीं ऐतिहांसिक राजनितिक उथल पुथलको घडीमा तिनै भुरे टाकुरे कविला राज्यहरु मध्ये शाह वंशिय राजाहरु आफ्नो राज्य विस्तार गर्न अगाडी आउनु स्वभाविकै थियो जुन कार्यको टुंगो पृथ्वीनारायणशाहले लगाए । तात्कालिन परिस्थितीमा यो परिवर्तन अपरिहार्य भएकोले पृथ्वीनारायणशाहले नगरेको भए पनि अरु कुनै व्यक्ति वा वंशले निश्चित रुपमा यो राज्य विस्तारको कार्य सम्पन्न गर्नेनै थियो । पृथ्वीनारायणशाहको यहीं राज्य विस्तारको अभियानलाइ इतिहांसमा पछि नेपालको एकिकरणको नाम दिइयो ।

पृथ्वीनारायणशाहले आफ्नो राज्य विस्तारको क्रममा गरेका अनावश्यक नरसंहार र ज्यादतीहरु पनि अहिले आएर ज्यादतीमा परेका समुदायले उजागार गर्ने गरेका छन । यसको मतलव पृथ्वीनारायणशाहको राज्यविस्तार केवल भुगोलमा आफ्नो शासनको कव्जा जमाउनुनै थियो भन्ने वुझिन्छ । जित्नेको इतिहांस लेखिन्छ भने झै उनको राज्यविस्तारलाइ महिमामण्डित गरेर इतिहांसकारहरुले ऐतिहांसिक एकिकरणको नाम दिए ।

ल मानिलिउं त्यो राज्यविस्तार एकिकरणनै थियो भने पनि भौगलिक एकिकरण थियो । र त्यो भौगलिक एकिकरणलाइ एकक्षत्र हिन्दु राज्यको रुपमा वांधी राख्न उनले र उनका वंशजहरुले तात्कालिन पाहाडी भुभागमा रहेका राज्यस्तर सम्म विकसित विविध धर्म,भाषा र संस्कृतिलाइ कुल्चेर समग्र देशको एउटै भाषा,एउटै धर्म र एउटै संस्कृति लागु गरेको विषयमा त कसैको विवाद नहोला । तर के यो न्यायपूर्ण कार्य थियो ? कदापी थिएन । यदी पृथ्वीनारायणशाहको राज्यविस्तारलाइ ऐतिहांसिक कदम मान्ने हो भने उनले अन्य धर्म,भाषा र संस्कृति माथी गरेको दमनलाइ पनि नकरात्मक हिसावले ऐतिहासिक कलंक किन नभन्ने ? पृथ्वीनारायणशाहको भौगलिक एकिकरणको यो देश नेपालका उत्पिडित आदीवासी जनजातिहरु पृथ्वीनारायणशाह भन्दा अगाडीका उनका पूर्खा देखी उत्पिडित हुंदै आइरहेको समुदायको समस्याको समाधानको लागी जातिय (आन्तरिक राष्टियता ) स्वायत्तशासनको अवधारणालाइ नेपालको राज्यसत्ताको शासन प्रणालीमा समेटिनुपर्ने भनि हिजो जनयुद्धकालमा नेकपा माओवादीले आफ्नो प्रमुख मागको रुपमा अघि सारेको थियो जुन माओवादी शान्ति प्रक्रियामा आएपछि पनि पहिलो सम्विधानसभा सम्म जोडदार रुपले उठ्यो । यो मुद्धाले राज्यपुनर्सरचनामा प्रमुख स्थान पायो । यो मुद्धा राज्यपुनर्सरचना समितीमा वहुमत हुनाले नै पहिलो सम्विधानसभालाइ तुहाइएको जगजाहेर छ । यिनै ऐतिहासिक विवेचना संग गांसेर हिजो सम्म उत्पिडित समुदायको आफ्नो धर्म,भाषा, संस्कृती र चाडपर्वको स्थिती कस्तो थियो र राज्यले अहिले कसरी लिइरहेको छ भन्ने प्रमुख विषय हो । र यस्को निष्पक्ष विश्लेषण पनि हुनुपर्दछ ।संम्विधान अनुशार राज्यको शासन प्रणाली वन्ने हो । के अहिले घोषणा गरेको सम्विधानले यि मुद्धाहरुको समुचित सम्वोधन गरेको छ ?

नेपालमा अहिले उठिरहेको मधेसको आन्दोलन, थारुवानको आन्दोलन र आदीवाशी जनजातिहरुको आन्दोलननै यो प्रश्नको उत्तर हो । हिजो यिनै मुद्धा उठाउने मध्यको अग्रपंक्तिमा रहेका नेताहरुलेनै आफ्नो सवै जनताका पक्षका मुद्धाहरुलाइ त्यागी संसदवादीहरुसंग हातेमालो गरेपछि यो जनताको अधिकारलाइ कुण्ठित वनाइएको सम्विधान जारी भएको छ । हिजो आफुले कोरेका राज्यपुनर्सरचनाका विषयलाइ धोती लगाइ दिएको छ । वरावरी कहां छ ? अहिले पनि हिजोको राज्यसत्ताले राष्टिय चाडको रुपमा राखेको दशै र तिहारको लागी राज्यले छुट्याएको विदालाइ अन्य विदासंग तुलना गर्ने हो भने अझै पनि हिजोकै झल्को आउंछ । दशैं तिहार देखी विविध समुदायको चाडपर्वलाइ दिइने सार्वजनिक विदा पनि व्याभारिक देखिदैन । यो व्याभारिक देखिनको लागी राज्यको पुनर्सरचना पनि हिजो छुट्याइए जस्तै जाति (आन्तरिक राष्टियता) तथा क्षेत्रको आधारमा छुट्याइएको प्रदेशको आधारमा संघिय राज्य वन्न आवश्यक छ । जुन समुदायको चाडपर्व हो सोही समुदायको प्रदेशमा लागु गरेमा अन्य समुदायले मनाउन आवश्यक देखिदैन र मनाउन व्याभारिक पनि देखिदैन ।

अहिले त राज्यले छुट्याएका केही जनजाति समुदायको चाडलाइ जवर्जस्ती राष्टिय चाड वनाइएको भए पनि विदाको अनुपात आकास जमिनको अन्तर हुनाले अहिले पनि दशैं र तिहारनै हावी हुन्छ अरु चाडपर्वको दांजोमा भने राज्यले आखीर के गर्दै छ ? यो हिसावले पनि राज्यको विभेद अहिले पनि कायमै होइन र ? यदी आदीवासी जनजातिहरुको आआफ्नै स्वायत्त राज्य हुंदो हो त कतिदिन मनाउंने उनिहरु आफैले निर्धारण गर्छन यस्ले अरुलाइ टाउको दुख्ने कुरो पनि भएन । अव अर्को निर्णायक क्रान्ति नभएसम्म गए यि सव सपनाहरु ।

हाम्रो चाडपर्व हामीले मनाउनेकी अरुको झन्डा मुनी मनाउने ? यो विषयमा जसरी अहिले राज्यले केही जनजाति समुदायको चाडको राष्टिय विदा दिइएको छ करिव त्यस्तै हो । तमुले मनाउने एकदिने ल्होसारको लागी सवैलाइ एक दिन मनाउन वाध्य पारिएको छ भने दशैं र तिहारको लामो विदा दशैं तिहार नमान्ने समुदायले पनि वाध्य भएर मनाए पनि नमनाए पनि मानेर त वस्नु पर्यो, के यो न्यायोचित हो ? आखिर घाटा आदीवासी जनजातिलाइनै हुन्छ किनभने उस्को चाडपर्व एकदिनको हुन्छ सक्कि गो । आफुले मान्न नपर्ने चाडपर्वको लागी लामो विदा हुन्छ भने कालान्तरमा त्यसको असर त पक्कै पनि उनिहरुमा पर्छ । यसको मतलव आफ्नो चाडपर्वको महत्व कम अरुको वढि स्वत हुंदै जान्छ । यस्को पुष्टिको लागी वहुदल आए पछि दशैंमा लगाउन छाडेको टिकालाइ फेरी कतिपय तमु लगायत गैर हिन्दुहरुले लगाउन सुरु गर्दै गरेको वाट पनि प्रमाणित हुन्छ । यस्कारण यस्को न्यायोचित निराकरण जातिय स्वायत्त शासननै हो । प्राथमिकता केलाइ दिने ? आदीवासी जनजातिहरुले अर्को विकल्प नहुन्जेल के गर्ने भन्ने प्रश्न खडा हुन सक्छ । यो समस्या समाधानको लागी सरल उपाय के हो भने आफ्नो समुदायको चाडपर्व आफ्नै समुदाय भित्र संगठित भएर मनाउने जस्ले गर्दा आफ्नो चाडपर्वको महत्व र आन्तरिक राष्टियताको भावनालाइ वलियो वनाउन मद्धत पुर्याउंछ । तर यदी विश्रृखलित भएर जो संग पनि वा जस्को व्यानर मुनी पनि मनाउंदा आफ्नो चाडपर्व र आफ्नै जातिय पहिचानको अवमूल्यन हुने शिवाय अरु केही हुंदैन ।

तपाइँको प्रतिक्रिया