मधेशवादको रहस्य : प्रदेश मागेको नभइ नेपालको संबिधानलाईनै तराइ अलग्याउन आधार बनाउने खेल

– मदन बज्राचार्य

writer_iconभारतलाई नभैनहुने पानी बिजुलीको पर्याप्त स्रोत समेतेको नेपालको तराईलाई इन्दिरा गान्धिको समयमा सिक्किम जस्तै भारतमा मिलाउने योजना बनेको थियो । यो कुरा भारतकै गुप्ट्चर संस्था “र” को पुर्व अधिकारिले आफ्नो कितावमै उल्लेख गरेकाले आज सबैले जानिनै सके भारतको स्वार्थ । २००७ साल पछी नेपालमा नागरिकहरुले बिस्थापित गर्न खोजेको मोहन शम्शेरकै नेत्रित्वमा काङ्रेस राणाको मिलिजुली सरकार लाद्यो । र अनेक सर्त राखेर भारतले नेपाल माथि सन् १९५० को सन्धि लाद्यो । कोशी, गण्डकीमा आफ्नो आधिपत्य् जमायो । भारतमुखीनेताहरु मात्रै प्रधान मन्त्री बन्न सक्ने अवस्था शिर्जना गरेर महाकाली सन्धि पनि गरायो । बिहारबाट तराइ पसेका लाखौं बिहारिलाई नेपालको नागरिकता समेत् दिलायो। यि सबै कुरालाई बिचार गर्ने हो भने कास्मिर जस्तै सेना प्रयोग गरेर कब्जा गर्न नेपाललाई नसकिने भएकोले भारतमा बिलय् हुन चाहनेको बहुमत बनाएर तराईलाइ नेपालबाट अलग्गिन सकिने अवस्थामा पुर्याउने षड्यन्त्र २००७ साल देखिनै रचेको देखिन्छ ।

सन १९४५ अघि ५५० भन्दा बढी भिन्न भिन्न जात समुदायको राज्यहरुलाई आफ्नो आफ्नो अधिनमा राखेर अङ्रेजको इस्टैइण्डिया कम्पनीले हुकुम मात्रै चलाऊँदै आएको थियो । इस्ट ईण्डियकम्पनिले हुकुम चलाएको त्यो भुभागलाई छुट्टै देश भनेको थिएन। तर त्यहि अङ्रेजले हिमाल पहाड तराइ समेतेको नेपाललाई बेलायत जस्तै स्वतन्त्र देश भएको मानेर सन्धि समेत् गरेको थियो । सन १९४५ मा मात्रै अङ्रेजले आफ्नो अधिनमा रहन मानेको ५५० भन्दा बढी राज्यहरुको नेपालको तराइलाई सित जोडेको भुभागलाई भारत भन्ने नाम दियर राष्ट्रसंघको सदस्य् बनाएर आजको भारत देश निर्माण गरेको हो । सन १९४७ मा अङ्रेज भारतबाट फर्के पछी भारतको सत्ता सम्हाल्ने नेताहरुले तराइ समेतेको नेपाल देशलाई कास्मिर जस्तै सेना मार्फत कब्जा गर्नु पर्ने भनेका थिए । सन १९५०को सन्धिमा नेपाल बेलाईत जस्तै स्वतन्त्र देस हो भनेर सन्धि गअर्ने बेलयत सित नेपालले गरेको सबै सन्धिहरु रद्द हुने भनेबाट आजको भारतले अङ्रेजले पनि आफ्नो अधिनमा राख्न नसकेको स्वतन्त्र देश नेपाललाई भारतले आफ्नो अधिनमा रहेको मुलुकमा दर्याउन चाहेको देखाउँछ । भारतको त्यस्तो कुत्सित चाहनालाई भारतपरस्त भएकाहरुको नेत्रित्व्मा सरकार बन्दा आफ्नो बल बुत्ताले भ्याएसम्म पुरा गर्नमा कुनै कसर बाँकी राखेनन् । तेसै कारणले भारतलाई पाल्न सक्ने श्रोतको धनी आज चुल्हो बाल्न र् टुकिको बत्ती बाल्नपनि भारत आश्रित बनेको हो ।

पहिले यस्तो कुरा केही नेताहरुले मात्रै बुझ्थे । नागरिकहरुले उती बुझेनन् । त्यसैले त्यतिबेला भारतको कुनियत बुझेको नेताहरुलाई मात्रै बिस्थापित (सखाप भनु कि नभनु?) गर्दै लगे । तर अहिले साधारण भन्दा साधारण नागरिकहरुले पनि कुरा बुझ्न् थाले । यसै कारणले तराइमा भारतीय स्वार्थको बिरोध नगर्ने समुदायको बहुमत बनाउन नेपाल पसेजति सबै बिहारिलाई सजिलै नेपालको नागरिकता दिलाउन लागे । मधेशी हारे भारत हार्छ भन्नेको माग पुरा गराउन दवाव दिएको हो ।

नेपालको भन्दा ५० गुणा ठुलो भारतिय् जनसंख्याको लागि आबस्यक पानी र् बिजुलीको ब्यबस्था गर्न भारतमा श्रोत छैन । हाम्रो तराइमा छ । तर तराई नेपालको भुभाग भएको नक्सा देखाए स्थापना भएको भारतले नेपालको तराईको श्रोत आफु खुशी प्रयोग गर्न पाउँदैन । त्यसैले नेपालमा भारतमुखी नेता तथा दलकै नेत्रित्वमा सरकार बनाउन टिकाउन खोज्दै आएको हो भारतले । तराइको श्रोतमा भारतको आधिपत्य हुने सन्धिहरु गर्ने भारतमुखी नेताहरु नेपालको प्रधानमन्त्री हुँदा तराइलाई मधेश बनाउनु पर्ने कुरा उठेन । तर गिरिजाप्रसाद कोइरालाले टनकपुर भरतलाई सुम्पने सन्धि गरेकोमा नेपालमा भएको बिरोधले अब नेपालमा गिरिजा जस्तै अर्को कुनै नेता प्रधान मन्त्री बन्न सक्ने देखेन भारतले । तव गिरिजाकै पालामा माओबादीले माग्दै नमागेको जातिय पहिचानको आधारमा संघिय राज्य बनाउने सन्धि दिल्लिमा गरायो । तराईलाई मधेशीको मधेश बनाउन सकिने आधार बनायो। तराईलाई मधेसिको मधेस बनाउन दिने सन्धि गरायो। ४० सौ लाखौं बिहारिलाई संबिधान कानुन मिचेर नेपालको नागरिकता दिन लगायो । अहिले हुँदैगरेको मधेसी आन्दोलनको छद्म् शुरुवातपनि उसैले गरेको स्पस्ठ हुन्छ ।

अहिले भारतसित सिमाना जोडिएको तराइको सबै भुभागलाई समेटेर स्वायत्त मधेशप्रदेश बनाउनु पर्ने, उनिहरुलाई राष्ट्रिय आत्मनिर्णय (भोली नेपालबाट अलग्गिने अधिकार)को अधिकार दिने, मधेसी जातकै अलग्ग सेना हुनु पर्ने र त्यो सेनाको कामपनि मधेसिकै हुनु पर्ने, कानुन पनि उनिहरुलेनै बनाउन पाउने, तराईमा भएको श्रोतहरुमा बिदेश अर्थात भारत सित सन्धि सम्झौता पनि उनिहरुलेनै गर्न पाउने आदी मागहरु संविधानमै लेखिनु पर्छ भनेका छन् । यसबाट “मधेसीले हारे भारत हार्छ” भन्ने मधेशबादीहरुले प्रदेश मागेको होइन नेपालको संबिधानलाईनै तराइ नेपालबाट अलग्याउने आधार बनाउन खोजेको हो ।

तपाइँको प्रतिक्रिया