अस्तित्वमै नभएको मधेश र मधेश आन्दोलनको राष्ट्रघाती योजना

  • मदन बज्राचार्य

writer_iconअंग्रेजको विस्तारवादको बिरोध नै दोश्रो बिश्वयुद्धको कारण थियो । दोश्रो बिश्वयुद्धमा अंग्रेजको विस्तारवाद नीति पुरै हारेको थियो । यसै कारणले अंग्रेजले आफुले कब्जा गरेको अनेकौं जात धर्मका ५५० भन्दा बढी “मध्यदेस”हरुको भूमिलाई मिलाएर सन् १९४५ मा संयुक्त रास्ट्र संघमा दर्ता गर्‍यो । त्यसैबाट आज भारत भनिने देश स्थापना गरेका हुन् । यसले भारत भनिने देशनै बिस्तारबादको नमुना मुलुक बनेको छ । भारतबाट फर्केको अंग्रेजले विस्तारवादी नियत त्यागे । तर अंग्रेजले विस्तारवादको नमुना मुलुकको रुपमा निर्माण गरेको भारतले विस्तारवादी नीति त्यागेन । आजको भारत नेपाल, श्रीलंका, सिक्किम, भुटान, कास्मिर, बंगलादेसको निमित्त अंग्रेजको भारत जस्तै आफ्नो देशको सार्वभौम सत्ता र अखंडताको निमित्त खतरनाक मुलुकनै बन्यो ।

आज उहिलेको भारतसित सबैभन्दा घनिष्ट संवन्ध रहेको मुलुक नेपालनै हो । तर नेपालीप्रति भारत कहिले पनि मित्र रहेन भन्ने कुरा उसले सिक्किम र भुटानबाट नेपाली लखेटेको घटनाले देखाउँछ । दार्जलिंग र आसाममा नेपालीप्रति गरेको ब्यबहार र अहिले उसैको आडमा उफ्रने मधेशवादिले तराइबाट नेपालीलाई लखेट्ने, पहाडसित नजोडिने भनेबाटै स्पष्ठ हुन्छ ।

पाकिस्तान र चीनसितको लडाईमा नेपालीले भारतको निम्ति रगत बगायो । नेपालको कोशी नदि बिहारको निम्ति दुखको नदि बनेकोले कोशीनै भारतलाई दियो । बिहार भारतको सबैभन्दा दरिद्र प्रदेश हो । त्यसलाई समृद्ध बनाउन नेपालले गण्डकी र महाकालीपनि दियो । तरपनि भारत नेपाल र नेपालीको निमित मित्र बनेन ।

नेपालले भारतलाई जहिलेपनि सम्माननै गरेको छ । भारतमा पालिएको, जन्मेकोलाई नेपालले ठुलो भन्दा ठुलो मान दियो । तर भारतले नेपालीलाई के दियो ? के गर्यो र के गर्न खोज्दैछ भन्ने कुराको प्रमाणहरु तराइमा भारतले मिचेको सिमाना, अन्तरास्ट्रिय कानुन मिचेर बनाउँदै आएको नेपालीको भुमि डुवानमा पार्ने बाँधहरु र नेपालीलाई भोकै राख्ने नकाबन्दिले देखाउँछ । नेपालीलाई उपचारबिहिन गराएर मर्नुपर्ने अवस्था आउने नाकाबन्दिहरु पटक पटक गरेबाट स्पष्ठ हुन्छ ।

जावो सहसचिव तहको भारतको राजदुतलाई अरु देशको राजदुतलाई भन्दा मान दिएकोमा ऊ त नेपालको गभर्नर जस्तै बन्न खोज्छ । भारतमा जन्मे हुर्केकालाई नेपालको नेता बनाउँदा नेपालमै जन्मेहुर्केको राष्ट्रवादीलाई अपमान मात्रै होइन कि “……..” नै गर्छ।  भारतको बिहारमा पनि नबिक्ने र नसहिने बिहारीलाई नेपालको तराइमा गाँस र बासको अवसर र नेपालको नागरिकता समेत दिएको छ । नेपालले हामीलाई बिहारमा नपाउने मानव भएर बाँच्ने मौका दिएको भनेर धन्यबाद दिनु त कता कता उल्टै तराइबाट नेपालीलाई लखेटेर सास्ति दिन्छ । तराईलाई मध्यदेश नामको सानो बिहार बनाउन खोज्छ र भारतले उनीहरुलाई नै साथ दिएर नेपालमाथि नाकाबन्दी गर्न सघाउँछ ।

मधेशवादिको माग मनाउन आज भारत निर्लज्ज बनेर प्रस्तुत भएकोछ । मधेशबादको नाममा आज जे हुँदै छ त्यो राजनैतिक हक अधिकारको निमित भएको होइन भारतको स्वार्थ लाद्न भएको हो । आफुलाई मधेसी भन्नेले पहिले आफुलाई नेपाली मानेको भए, मधेशी आन्दोलन नेपाली र नेपालीको लागि गरेको भए उनीहरुले ‘मधेसीहरुले हारे नेपालीले हार्छ’ भन्थे । तर उनीहरुले ‘मधेसी हारे भारत हार्छ’ पो भने । यसैले प्रमाणित गर्छ यो कथित मधेशबाद र मधेसको आन्दोलन भारतको षड्यन्त्रनै हो । मधेसी आन्दोलन तराइवाशी नेपालीलाई अधिकार सम्पन्न र तराईलाई बिकाश गर्नको निमित्त गरेको आन्दोलन होइन । नेपालको अखंडतामा मधेसीबर्दी लगाएको भारतको अघोषित सैनिकको हमला हो ।

मधेश भनिने भुमि न भारतमा छ न नेपालमा । मधेसी भनिने जाति न भारतमा छ न नेपालमा तराइ सब्द्नै थारु भाषामा समतल मैदानलाई थार भनिने शब्दबाट बनेको हो । उहिले तराइ घना जंगल र मानववस्तीको निमित्त पायकनपर्ने भुमि रहेको बेला त्यहाँ थारु लगायत अरु जुन जनजातिका नेपालीहरु बस्थे तिनीहरुमा कुनैपनि आफूलाई मधेसी भन्ने जातका थिएनन् । अहिले तराइ बहुजातीय प्रदेश बनेको छ । अहिले तराइको ऐतिहासिक, सांस्क्रितिक पहिचान मेटाएर, तराइमा बसोबास गर्ने नेपालको अन्य जातिकालाई तराइबाट लखेटेर, आफुलाई मधेसी नमान्ने तराईकै आदिबाशी जनजातीलाइ जवर्जस्ती मधेशीमा दर्ज्याउन खोजिँदै छ । त्यसपछि तराईलाई “मधेसी हारे भारत हार्छ” भन्ने मधेशीको मधेश बनाउन दिन भारतले दवाव दिएको छ । मधेसीलाई दस गजामा उभ्याएर नाकाबन्दी गरेको छ ।

बिश्व समुदायले नागरिकहरुको सामुहिक संहार हुने हतियार युद्धमा पनि प्रयोग गर्न निषेध गरेको छ । युद्धमा पनि नागरिकहरुको बस्तीमा आक्रमण गर्न पाईन्न । ‘मधेसी हारे भारत हार्छ’ भन्ने समुहलाई दस गजामा उभ्याएर जुन नाकाबन्दी नेपालमाथि भएको छ त्यो नाकाबन्दीको कारणले नेपालको करोडौं नेपाली नागरिकहरुलाई भोकै र बिना उपचार मर्नुपर्ने अवस्थामा पुर्याउन सक्छ । त्यसैले नाकाबन्दीलाई बिश्वले प्रतिबद्ध गरेको सामुहिक संहार हुने हतियार जस्तै हो । भारतले यस्तो सामुहिक संहार हुने नाकाबन्दीको हतियार पटक पटक गरेको भारतको विदेशमन्त्री आफैले पनि स्विकारेको छ । के अहिलेपनि भारतको लेण्डुप दोर्जे र नेपालको तानाशाह मोहन शमशेर मार्फत् भारतले नेपालमाथि लादेको त्यो सन् १९५० को सन्धि खारेज नगर्ने ?

तपाइँको प्रतिक्रिया