सत्तामा हुँदा भारतकै चाकरी, बाहिर हुँदा बाह्य शक्तिको प्रभाव
स्व गिरिजा प्रसाद कोइरालाकै छोरी सुजाता कोइराला । यतिखेर नेपाली कांग्रेस सरकार बाहिर छ । त्यसैले यसका धेरै नेता फत्र्याक फत्र्याक परेका छन् । सुजाता सायद सबैभन्दा बढि भोकाएकि छन् कुर्सीको मोहले । कांग्रेस सरकारमा हुन्थ्यो भने यिनले केहि न केहि पड्काइहाल्थिन् । पद नदिएसम्म कांग्रेस पार्टीको उछित्तो काटिरहन्थिन । सभापती र आफूमाथिका नेताको हुर्मत लिईरहन्थिन् । तर यतिखेर उनले बिदेशी शक्तिको खुब बिरोध गरेकि छन् । यिनको अहिलेको बोली सुन्दा सार्है राष्ट्रवादी नेता जस्तो लाग्छ । तर आफू सरकारमा हुँदा बिदेशीको सबैभन्दा चाकरी गर्ने मध्येमा थिईन् यि पनि ।
मेशिन रिडेबल पासपोर्टको लागि सरकारले टेन्डर आव्हान गर्यो । सस्तो, राम्रो, भरपर्दो कम्पनीलाई पासपोर्ट चाप्न दिनुपर्नेमा टेन्डरहरुको गोप्यता भंग गर्ने र भारतलाईनै दिनुपर्छ भनेर जबर्जस्ति गर्ने यिनै सुजाता थिईन । यि परराष्ट्र मन्त्री हुँदा यिनले राज्यलाई दिएको उपहार हो यो ।
यिनैका बाउ गिरिजा प्रसाद कोइरालाले नेपालका धेरै कलकारखाना धराशायी बनाए । भारतीयलाई बेचे । टनकपुर सन्धी गरे भारतसित। तर संझौता भनेर ढाँटे । पछी सर्बोच्च अदालतले टनकपुर संझौता होइन सन्धी भो भनिदियो । त्यो बेला ‘नेपालबाट सित्तैमा बगेर जाने पानी भारतले प्रयोग गर्दा के भो त ?’ भनेर नदीनाला भारतलाई सुम्पिन तयार बन्ने यिनै हुन् । बाउले देशमाथि गरेको गद्दारीमा सधैं साथ दिनेपनि यिनै हुन् ।
नेपाली कांग्रेस बहुदलिय प्रजातन्त्र आएपछि निरन्तर सत्तामा छ । २०४६ सालपछि प्राय कांग्रेसकै छ सरकार । १५ वर्षभन्दा बढि सरकार चलायो । यो अवधीमा देश झन संकटग्रस्त बन्दै गयो । भएका कलकारखानाबन्द गराइए । बेचेर खाए । धरासाई बनाएर छोडे । देशलाई झन परनिर्भर बनाए । एउटापनि उध्योग र कलकारखाना बनेनन्, बरु भएका सत्यानाश पारियो । कांग्रेसले दिर्घकालकालागि भनेर राष्ट्रिय हितको देखिने एउटा काम गरेन । अधिकांश समय नेपाली कांग्रेस पार्टीको मूल नेत्रित्वकर्तापनि गिरिजा प्रसाद कोइरालानै थिए । यि सुजाता कांग्रेस सरकारमा हुन्जेल केहि न केहि पदमै बसिन् । तर खै त यत्रो समयमा देश र जनताको पक्षमा केहि राम्रो काम गरेको ।
देशमा बहुदलिय प्रजातन्त्र आएपछि, कांग्रेस सरकारमा बसेपछिपनि हाम्रो सुस्तामा भारतले जमिन मिचिराख्यो । यिनै सुजाता हुन् ‘भारतले कहिँ कतै हाम्रो जमिन मिच्या छैन’ भनेर भारतको चाकरी गर्ने, नेपालमाथि गद्दारी गर्ने । त्यति धेरै ठाउँमा सिमा मिचिँदा कांग्रेसले बोलेन, सुजाताले समर्थन गरेरै बसिन् । नेपाली भूमीमा हाम्रा चेली कुटिए भारतीय सुरक्षाकर्मीबाट । तर यि सरकारमा हुँदा चुँक्कपनि बोलिनन् ।
सुजाताले सरकारमा हुँदा कहिल्यै बिदेशी शक्तिको बिरुद्दमा बोलेको क्षण छैन । बिदेशी शक्तिको चाख र चलखेल नेपालमा हाकाहाकी भित्र्याउने पनि नेपाली कांग्रेसनै हो । भारतीय नेतालाई बोलाएर पञ्चायत फाल्न गणेशमान सिंको चाक्सीबारीस्थित घरमा भाषण गराउने । त्यसमा चन्द्र खेरले खुलेरै नेपालमाथि नाकाबन्दि लगाउने उद्घोष गरेका थिए । कांग्रेसले नाकाबन्दि लगाउन आफैंले निम्ता गरेर भारतीय नेता नेपाल ल्यायो । त्यसैले बिदेशी दबाब र प्रभुत्व बढ्न थालेको नेपालमा अहिले मत्रै होइन । धेरै वर्ष भयो । सत्तामा हुँदा यिनले कहिल्यै बिरोध गरिनन् ।
तर अहिले सत्ता बाहिर हुनासाथ बाह्य शक्तेको प्रभाव ले मुलुक कमजोर देख्छिन् यिनि । यो देखाई सत्ताको मोह हो । पद र पहुँच नपाउँदा गुम्सिएको मोह बाहिर निस्किएको हो । नेपाली कांग्रेसको सरकार भोलिनै बन्यो र यिनलाई पद दिने हो भने यि भारतलाई जेपनि दिन तयार बन्छिन् । तत्कालै बिदेशी शक्तिको प्रभाव कहिकतै छैन भन्न थालिहाल्छिन् । अहिले यिनले गरेको बक बक सत्ता नपाउँदाको कुण्ठा मात्रै हो ।





