रुसको नाकाबन्दिबाट हामीलेपनि केहि सिक्ने कि ?
- जिवा लामिछाने
१.दोश्रो बिश्व युद्धमा सोभियत संघको दोश्रो प्रमुख शहर लेनिनग्रादले ८७२ दिनसम्म नाजी नाकाबन्दी सामना गर्नु परेको थियो ! झन्डै ३ बर्ष शहर प्रवेस गर्ने जल-थलका नाकाहरु नाजी सेनाद्वारा पूर्णरुपले बन्द गरिएका थिए ! लेनिनग्राद शहरलाई बिश्व मानचित्रबाटै निमिट्यान्न पार्नु भनेर हिटलरले दिएको उर्दी बमोजिम उसका सेनाहरुले बम बर्षाद्वारा शहर ध्वस्त पारेका थिए ! खानेकुराको नाममा सरकारले बडो मुस्किलले प्रत्येक व्यक्तिलाई दिनमा १२५ ग्राम पाउरोटी उपलब्ध गराउथ्यो ! मानिसहरुले लाश समेत खान थालीसकेका थिए भन्ने कुरा ईतिहासमा पढ्न पाइन्छ ! शहरमा बिजुली, पानी र ग्यासको आपूर्ति बन्द थियो ! माइनस ३० डिग्रीको जाडोले कठ्याङ्ग्रिएर सन् १९४२ को जनवरी महिनामा मात्रै १ लाख मानिस मरेका थिए ! ८७२ दिन सम्म चलेको त्यो नाकाबन्दीमा परि १२ लाख लेनिनग्रादबासीले ज्यान गुमाएका थिए !
२. दोश्रो विश्वयुद्द सकिए पछी पश्चिमी मुलुक र सोभियत संघ बीच शितयुद्द सुरु भयो ! सोभियत संघले अमेरिका र पश्चिमी मुलुकसंग सैन्य शक्ति र अन्तरिक्ष बिजयी अभियानमा ठुलो प्रतिस्प्रधा गर्यो ! तर मानिसका दैनिक उपभोग्य सामग्रीहरुको उत्पादनमा भने उनीहरु निक्कै पछी परे ! शितयुद्ध कालमा अमेरिका र पश्चिमी मुलुकहरुले आफ्नो देशमा उत्पादित दैनिक उपभोग्य सामग्रीहरु (बिशेसगरि ईलेक्ट्रोनिक सामानहरु ) सोभियत संघको बजारमा प्रवेशका लागि प्रतिबन्ध लगाएका थिए ! यो क्रम गोर्बचोबले ग्लासनोस्त र पेरेस्त्रोइका नामको सुधारबादी नीति सुरु गर्दासम्म कायम रह्यो !
३.पश्चिमी मुलुकहरुबाट रुसमाथि लगाइएको बर्तमान नाकाबन्दी सम्बन्धि कुरा अर्को पोस्टिंगमा !
(फोटो : नाकाबन्दीको मारमा परेका लेनिनग्रादबासीहरु सन् १९४२ मा नेभ्सकी प्रस्पेक्टको बाटो मुनि पानी खोतल्दै )
ईतिहासका बिभिन्न काल खण्डमा रुसी जनताले पश्चिमी मुलुकहरुको नाकाबन्दी पटक पटक भोग्दै आएका छन् ! धेरै जसो यस्ता नाकाबन्दीहरु बिदेशी आक्रमण र युद्धको समयमा भएका छन् ! तर कतिपय अबस्थामा छिमेकी मुलुकहरुसंग रुसको बिग्रदो सम्बन्धका कारण पनि नाकाबन्दी भई रहेको देखिन्छ !
सन् २०१४ मार्चमा क्रिमिया प्रायद्विपले जनमत संग्रह गरी रुसी महांसघमा गाभिने निर्णय गर्यो ! रुसले क्रिमिया लिएको र पूर्वी युक्रेनमा रुसी मुलका युक्रेनी बिद्रोहीहरुलाई समर्थन गरेको आरोपमा अमेरिका, युरोपियन संघ र अस्ट्रलिया,क्यानाडा लगायत देशहरुले रुसमा आंशिक नाकाबन्दीको घोषणा गरे ! यो नाकाबन्दी सयुक्त राष्ट्र संघले ईरानमा लगाएको जस्तो आर्थिक नाकाबन्दी थिएन ! क्रेमलिन नजिकका केहि ब्यापारिक घराना, उनीहरुसंग आवद्द कम्पनिहरु, केहि निजि तथा सरकारी बैंक लगायत सिमित ब्यरोक्र्याटहरुमाथि अहिले नाकाबन्दी लगाइएको छ ! उनीहरुलाई ती मुलुकको भ्रमणमा रोक लागाईएको छ भने उनीहरु आवद्ध बिदेशी बैंक खाताहरु रोक्का गरिएका छन् ! रुसले त्यसको प्रत्युत्तरमा नाकाबन्दी लगाउने मुलुकहरुबाट खाद्यान्न आयातमा प्रतिबन्ध लगायो !
आर्थिक नाकाबन्दी र तेलको मुल्यमा आएको भारी गिरावटले रुसको अर्थतन्त्रलाई नराम्रोसंग हल्लाई दियो ! डेढ बर्षको यो अबधिमा रुसको राष्ट्रिय मुद्रा रुबल सतप्रतिशत अबमुल्यन हुन पुगेको छ ! नाकाबन्दी हुनु अघिसम्म एक डलर बराबर ३२ रुबल रहेको सटही दर अहिले ६६ रुबलमा पुगेको छ ! दैनिक उपभोग्य बस्तुको मुल्यमा वृद्धि भएता पनि बरिस येल्त्सिनको समयमा जस्तो हाईपर ईन्फ्लेसन भने अझै भईसकेको छैन ! पश्चिमी मुलुकहरुबाट खाद्यान्न आयातमा प्रतिबन्ध लगाइए पनि रुसी बजारमा खाद्यान्न अभाव देखिएको छैन ! रुसमा खाद्य सामग्री आपूर्ति गर्दै चिन, भारत, पाकिस्तान, ब्राजिल लगायत केहि देशहरुले पश्चिमी मुलुकहरुसंगको नाकाबन्दीबाट प्रत्यक्ष आर्थिक फाईदा लिईरहेका छन् ! नाकाबन्दीपछी रुसबाट ठुलो मात्रामा पूजी पलायन भएको छ भने बैदेशिक लगानी यस बिचमा निक्कै घटेको छ ! यो बर्ष रुसको कूल गृहस्थ उत्पादन -३.५ प्रतिशतसम्म पुग्ने अर्थविदहरुले अनुमान गरेका छन् ! डेड बर्षमा बिदेशी मुद्रा रिजर्व ५०० अरबबाट घटेर ३६५ अरब डलरमा झरेको छ ! अप्ठेरो समयमा मात्र उपयोग गर्नका लागि भनेर सन् २००४ देखि जम्मा गरेको स्थिरीकरण कोष (stabilization fund) बाट समेत ठुलो रकम उपयोग गरि सकिएको छ !
रुसले खाद्यान्न आयातमा प्रतिबन्ध लगाएपछी बिकशित मुलुकहरुमा त्यसले खासै असर नपारे पनि बुल्गेरिया, पोल्याण्ड, हंगेरी, चेक रिपब्लिक, ग्रिस आदि देशहरुलाई भने त्यसले ठुलो असर पारेको छ ! डेड बर्षमा ती देशहरुले रुससंग झन्डै १०० अरब डलर व्यापार घाटा व्यहोरीसकेका छन् ! रुस संगको व्यापारबाट ठुलो नोक्सानी बेहोरेका जर्मनी र फ्रान्सका केहि कम्पनिहरु आफ्नो सरकार मार्फत आर्थिक नाकाबन्दी खोल्नका लागि दबाब दिईरहेका छन् !
नाकाबन्दीले रुसको अर्थतन्त्रलाई निक्कै ठुलो असर पारे पनि यस अबधिमा रुसी जनता बीच देखिएको अभुतपुर्व एकता र देश प्रेमलाई भने सकारात्मक पक्षका रुपमा लिन सकिन्छ ! रास्ट्रपति भ्लादिमिर पुटिन अहिले आफ्नो लोकप्रियताको शिखरमा छन् ! एक महिना अघि गरिएको जनमत सर्वेक्षणमा रुसी रास्ट्रपति भ्लादिमिर पुटिनलाई ८९ प्रतिसत रुसी जनताको समर्थन रहेको थियो !
(गैह्र आवाशिय नेपाली संघका पूर्व केन्द्रिय अध्यक्ष र हालमा मुख्य संरक्षक जिवा लामिछानेको यो लेख उनैको फेसबूकबाट लिईएको हो)






