भोट हाल्न नजान्ने को हुन् ति दश नक्कली सभासद ?

vice-president-election-nepal

बिरालोलाई खास्टोमा बेरेर लुकाएर राखेपनि केहि समयपछि म्याउँ गरेपछि खास्टोभित्र लुकाएको बिरालोको भेउ खुल्छ भन्ने नेपालीहरुको किंबदन्ति र भनाई छ । यो भनाईलाई नेपालका, हाम्रा, हामीलेनै मत दिएर जिताएर पठाएका भनेर विश्वाश गर्दै आएका सभासदहरुले सिद्द गरेका छन् । हाम्रो मत कति खेर गएछ । कस्ता ढुस र भुस भन्दापनि सस्ता ब्यक्तिलाईमत दिएछन् नेपालीले । अनि मत हाल्नै नजान्ने ब्यक्ति कसरि सबहसद भए ? ति नक्कली थिए कि बुथ कब्जा गरेर जितेका थिए भन्ने आशंकापनि उब्जाएको छ, अहिले भएको उपराष्ट्रपती निर्वाचनको मतदानले ।

एमाओवादीका पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ सत्तारुढ गठवन्धनको तर्फबाट र नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादव उपराष्ट्रपतीको उम्मेदवारमा उठेका थिए । माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित भए । उनले ३२५ मत पाए ।

शनिबार भएको मतदानमा ५४७ मत खस्यो । १० मत बदर भयो । कसरि १० जना सभासदले मत बदर गरे ? सभासदले आफ्नै पार्टी र समूहको उमेदवारलाईपनि मत दिन कसरि जानेनन् ? आफैंले सभासदमा जितेका । जनताको मत लिएर । कसरि आफैंले मत दिन नजानेका ? तिनले कसरि जनतालाई मत दिन सिकाए ? सभासदको निर्वाचनमा तिनले आफ्नै मतपनि राम्रोसित दिए भनेर अहिले बिश्वास गर्न सकिन्न । किनभने संसदमा तिनको मत बदर भएको छ ।

आफैंले भोट हाल्न नजान्ने ति सभासद को थिए ? कुन पार्टीका थिए ? तिनको खोजि हुनुपर्छ कि पर्दैन ? संसदमा मत दिन नजान्ने ति सभासदले कि त बुथ कब्जा गरेर जितेका हुन् । कि तिनले ठगेको, भ्रस्टाचार गरेको पैसो खर्च गरेर, मत किनेर जितेका हुन् । ति सभासद जनताका हुनै सक्दैनन् । तिनले जनमतको कदर गर्न सकेनन् । मत हाल्न नजान्ने सभासदबाट जनताले के आशा गर्ने ?

यसमा मधेशी मोर्चाका सबहसदलाई भने दोष लगाउन मिल्दैन । किनभने मधेसी मोर्चासहितका केही दलले निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिएनन् । तिनले उपराष्ट्रपति चुनाव बहिस्कार गरेका थिए ।

शनिबार भएको उपराष्ट्रपतीको मतदानमा ५४७ मत खस्यो । १० मत बदर भयो । प्रजातान्त्रिक, गणतान्त्रिक वा लोकतान्त्रिक ब्यवस्थामा निर्वाचन र मत हाल्नु भनेको न्युनतम मापदण्ड हो । तर यहि ब्यवस्थामापनि मत हाल्नसम्म नजान्ने ब्यक्ति कसरि सभासद बन्न, हुन सक्छ ? राज्य ब्यवस्थाको न्युनतम मापदण्डनै नबुझेको ब्यक्ति कसरि सभासद बन्न सक्छ जनताको ? त्यति मात्रै हो र ? राष्ट्रपती पदमा भएको मतदानमा भोट बिगार्ने आठ जना सभासद थिए ।  उपराष्ट्रपति चुनावमा भोट बिगार्ने १० सभासद भए । तिनलाई पत्ता लगाएर संवन्धित पार्टीले पदबाट हटाउनु पर्दैन ? जनताका अगाडि तिनलाई चिनाउनु पर्दैन ? जनताले तिनलाई चिनेर बहिस्कार गर्नु पर्दैन ?

तपाइँको प्रतिक्रिया