लोकतन्त्रको नाममा लेण्डुपेतन्त्र लाद्ने देशमा ?
- मदन बज्राचार्य
सन १९५०को सन्धिमा नेपाल भारतको सिमाना खुला रहने र् भारतीयहरु नेपालमा मात्रा बसोबास गर्न सक्ने ब्यबस्था गरेकोछ । तराईको सिमाना भारतको अत्यन्त अराजक अबिकशित् बिहार सित जोडिएको हुनाले बिहारमा पनि नबिक्ने बिहरीहरु हाम्रो तराईमा बसाई सर्न थाले । बिहार फर्कन्न पनि नचाहने नेपालमा बसे पनि नेपाल नस्विकार्ने तिनै बिहारिहरुले अहिले आफुलाइ मधेसी हौ भन्दै तराइलाई मधेसिको मधेश खोज्दै छन र भारतले नेपालको सरकारमाथि तिनिहरुको माग मान्न दवाव दिन नाकाबन्दी गर्दै आएकोछ । त यि भारतको भुमिमा बसेर भारतको सुरक्षा प्रहरिको साथ लिएर सम्पूर्ण पहाडी हिमाली र नेपालमै जन्मेको नेपाललाईनै आफ्नो देस मान्ने मधेसी लगायत तराइको जन्जाती आदिबाशी नेपालीलाई भोकै र उपचार बिहिन बन्ने अवस्था पुग्ने गरी नाकाबन्दी गर्ने मधेशवादी नेताहरु र तिनिहरुको मतियारहरु नेपालको अङ्गिक्रित नागरिकताको युनिफर्म लगाएको भारतको सेना नै हुन । अहिले हुँदै गरेको नाकाबन्दी भरतको अघोसित नाकाबन्दि भएजस्तै यि अङ्गिक्रित नागरिकता लिएकाले भरतको भुमिमा बसेर नेपालमा गरेको नाकाबन्दी भारतले गरेको अघोसित हमला नै हो । भारतले सिधै सैनिक कार्यवाही गरेर नेपालको तराई कब्जा गर्न नहुने भएकोले नेपालको संबिधानलाईनै तराइ नेपाल बाट अलग्ग्याउँदै पछी भारतमा सिक्किम जस्तै गाभ्न यिनिहरुलाई प्रयोग गरेको हो ।
भारतले यसरी नेपालको अङिक्रित नागरिकता लिएकालाई आफ्नो स्वार्थ पुरा गराउन प्रयोग गर्न सकेको मुल कारण नेपालको नागरिकता कानुन फितलो बनेकोलेनै हो । नेपालको अङ्गिक्रित नागरिकता लिनु भनेको नेपाल, नेपालको संस्क्रिति, संबिधान र् कानुन स्विकार्नु हो । अरु मुलुकहरुमा अङ्गिक्रित नागरिकहरुले त्यहाँको समाज र कानुन नमानेमा तिनिहरुलाई दिएको अङिक्रित नागरिकता खोसिन्छ । देसबाट निकाला गरिन्छ । नेपालमा पनि त्यस्तै कानुनी ब्यबस्था हुनुपर्ने थियो । त्यस्तो ब्यवस्था अबपनि गर्न सकिन्छ । वास्तवमै भन्ने हो भने तराइमा बस्ने तराइबाशिको अवशर लुट्ने यिनै अङ्गिक्रित नागरिकता लिएरआफुलाइ मधेश भन्ने बिहारिहरुनै हुन । यिनिहरुकै कारणले नेपालीहरु नेपालमा बेरोजगार भएको हो। यिनिहरुलाई तराइमा बस्ने यिनिहरुकै जात र थरकाले इयिनिहरुलाई संबिधान सभाको चुनावमा भोट नदिएको स्पष्ठ देखिन्छ । भारतको समर्थनको गोला बारुद देखाएर यस्ताले तर्साउन दवाउन खोज्दैमा हामी किन तर्सिने दविने ?
नुन तेल भारतमै मात्रा पाउने बस्तु होईन । भारतमा बनेको सामानमा नेपालले भन्सार काम गरेकोले मात्रै तेस्रो मुलुकमा बनेको सामान भन्दा सस्तो भएको हो । यदी भन्सार बारावर गर्ने हो भने भारतमा बनेको सामान भन्दा अरु मुलुकमा बनेको उच्च गुणस्तरको सामान अझै सस्तोमा पाउन सकिने पनि हुन्छ । अहिले भारतबाट आयात गरिने कयौ सामानहरु नेपालमै बन्न सकिन्थ्यो । रिक्सा साईकल कृषि औजार, भाँडाकुँडा, बस्त्र, जुत्ता, औषधी, बिस्कुट आदी दैनिक उपयोगमा आउने बस्तुहरु के हामीले बनाउन नसक्ने हो ? भारतमा पनि बनिने सामानहरु उत्पादन हुने जस्तै जुटमिल, सिमेन्ट, मुस्ताङ कार बनाउने उद्द्योगहरु नेपालीले चलाऊनै नसकेर बन्द भएको हो ? नेपालको इन्जिनियरले चन्द्रशम्शेरको पालामै बेलाईतले बनाउने भन्दा राम्रो हतियार, गाडी, रेल बनाईसकेको थियो । त्यतिबेला बेलायतलाई खुशी बनाउन जसरी चन्द्र इन्जिनियर गेहेन्द्र शम्शेरलाई दुर्त्शाहित गरे राणा पछीको नेताहरुको सरकारलेपनि भारतलाई खुशी बनाउन नेपालको इन्जिनियर उद्द्योगपतीहरुलाई दुरुत्शाहित गरेकोले नै नेपाल भारत आश्रित मुलुकमा दरिएको हो । अहिलेको नेताहरु सचेत भएर् आँट गरे अझैपनि नेपाल आत्म निर्भर बन्न सक्छ । बन्न किन प्रयत्न नगर्ने ?
तराइको भुमिलाई पुराण, रामायण र् ईतिहासमा कहीँकतै कुनै बेलामापनि मध्यदेश भनिएको छैन । मधेशवादिका कयौं नेताहरु भारतको बिहारमै जन्मे हुर्केको बिहारिहरु हुन । उनिहरु पछीमात्रै नेपाल पसेको थियो । बिहारमा हुन्जेल यिनिहरुले आफुलाइ मधेसी भनेका थिएनन्। अहिले यिनिहरु कसरी मधेसी भयो ? यिनिहरु अहिले नेपालको तराइ उहिले (कहिले?) भारतको बिन्द्याचलसम्मको भुमी मध्यदेस थियो भन्छन । तर भारतको बिहारको बिन्द्याचल सम्मको भुमिलाई भारतमै मध्यदेश भनिँदैन। नेपालको तराइ कसरी मध्यदेश हुन्छ ?
नेपालीहरु लोकतन्त्र चाहन्छन । त्यसैले नेपालीहरुले लोकतन्त्रको लागि पटक पटक संघर्ष गरे । तर ती सबै संघर्षहरु असफल भयए । त्यस्को कारक तत्व पनि भारतनै हो । पच्छिलो प्रमाण दिल्ली सम्झौतामा मरेको माओबादिको संघर्ष हो । दिल्ली सम्झौताहरुले नेपालमा लेण्डुपतन्त्र लादियो । दिल्लीमुखी नेताहरुले नेपालको राजनैतीक दलहरुलाई अपांग बनायो । नेपाललाई भारत आश्रित मुलुक बनायो । त्यस्ता लेङ्दुपे नेताहरुले नै सन १९४५ मा मात्रै स्थापना भएको भारत भनिने देशसित हजारौ बर्षदेखी नेपालको संवन्ध रहेको भन्ने झुठो हल्ला फैलाउँदै भारत मात्रै नेपालको मित्र हुन सक्ने भनेर नेपालीलाई झुक्याए । तेस्ता लेण्डुपेहरुको शासन चलेको बेला नेपालको सिमाना पनि मिचे । नेपालको श्रोतहरु पनि लुटे । आज पनि नेपालमा तेस्तै लेण्डुपेतन्त्र चलोस र् लेण्डुपे नेताहरुनै नेपालको प्रधान मन्त्री राष्ट्रपती बनुन भनेर चाहे । त्यसैले अस्ति संबिधान सभामा ८९ प्रतिशतले नागरिकहरुको प्रतिनिधिहरुले बनाएको संबिधानलाई बदल्न नेपाललाई दवाव दिँदै भारतको सिमाना सित जोडिएको नेपालको तराइको सम्पूर्ण भुभागमा पहाडसित नजोडेर आफुलाइ भारतमुखी हौ भन्ने मधेशवादीको मधेश बन्न नदिएसम्म् नाकाबन्दी नखुल्ने भने । नेपालमा लोकतन्त्रको स्थापना गर्नमा राजा बाधक बनेन । भारत र लेण्डुपेहरु बाधक बने । लोकतन्त्रको शत्रु भारत र लेण्डुपेले नुन तेल बन्द गरे भन्दैमा संबिधान सभामा ८९ प्रतिशतको बहुमतबाट बनेको संबिधान बदलेर फेरीपनि लोकतन्त्रको नाममा लेण्डुपेतन्त्र लाद्ने देशमा ?




